पोखरा । विष्णु पादुका क्लब पोखरा महानगरपालिका–२५ हेमजाको आयोजनामा हुने ११ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको आकर्षण आलुको पहाड निर्माणार्थ आलु सङ्कलन भइरहेको छ ।
यही चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा निर्माण गरिने आलुको पहाडका लागि आलु सङ्कलन भइरहेको कृषक परिचालन उपसमिति संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए ।
हालसम्म ५० केजीको पाँच सय ५० बोरा आलु सङ्कलन भइसकेको जानकारी दिँदै उहाँले अब ५० बोरा सङ्कलन गर्न बाँकी रहेको बताए । हेमजामा आलुको उत्पादन घटेको भए पनि महोत्सवका लागि यहाँको आलुले पुग्ने उल्लेख गर्दै उहाँले बाहिरी आलु ल्याएर महोत्सव गर्न लागिएको भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे । आलुका साथै अन्य तरकारी बिक्री स्टल राख्नुपर्ने उनको भनाइ छ ।
महोत्सवलाई कृषकको महोत्सव बनाउन कृषि विकास निर्देशनालय गण्डकी प्रदेशलगायत कृषि ज्ञान केन्द्र तथा कृषि सञ्जालसँग छलफल भइरहेको महासचिव वसन्तकुमार श्रेष्ठले बताए । कृषि महाशाखाको पहलमा कृषि विशेषज्ञ र कृषकबीच कृषि साझा सवाल आयोजना गरिने जानकारी दिँदै उहाँले महोत्सवका लागि विभिन्न कृषि निकायसँग समन्वय भइरहेको र आलुका साथै रैथाने बालीको प्रदर्शन गरिने बताए ।
महोत्सवको समायावधि नजिक आइरहँदा बुधबारसम्म स्टल निर्माणसँगै बुकिङ भइरहेको स्टल तथा रेष्टुराँ उपसमिति संयोजक राजेन्द्र थापाले जानकारी दिए । उनका अनुसार केही कृषि तथा रेष्टुराँका स्टल बुकिङ भइसकेको छ ।
‘सुन्दर ठाउँ हेमजा जाऊँः आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ गर्न लागिएको महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रियस्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता आदि हुने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...
पौष १३ गते, २०८२ - ०८:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...
पौष १३ गते, २०८२ - ०८:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...
पौष १३ गते, २०८२ - ०८:१५
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो। बैठकमा समानुपातिक उम्मेद्वारको अ...
पौष १३ गते, २०८२ - ०७:५५
काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ। सम्झौता...
पौष १३ गते, २०८२ - ०७:४७
म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...
पौष १३ गते, २०८२ - ०७:३९
मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...
पौष १३ गते, २०८२ - ०७:३४
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...




प्रतिकृया लेख्नुहोस्: