Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रदेश नामाकरणमा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच झडप : डीएसपीसहित १९ जना घाइते

खबरडबली संवाददाता

काठमाडौं ।  प्रदेश १ को नामकरण कोशी राखिएको भन्दै पहिचान पक्षधरहरूले मंगलबार पनि आन्दोलन गरेका छन्।

  विराटनगरको रोडशेष चौकस्थित विग होटल अगाडि मुख्य राजमार्गमै पहिचान पक्षधरहरूले आन्दोलन गरेका हुन्। गत चैत ५ गते आन्दोलनका क्रममा लाठी लागेर घाइते भएका धरान १५ बस्दै आएका पदम लिम्बू लाजेहाङको चैत १० गते मृत्यु भएपछि पहिचान पक्षधरहरू थप आन्दोलित बनेका हुन्।

मंगलबार दिउँसो १ बजेबाट सुरु भएको आन्दोलन दिउँसो ३ः३० बजेसम्म जारी रह्यो। आन्दोलनका क्रममा प्रहरीले २९ राउण्ड हवाई फायर गरेको छ। आन्दोलनमा सूरक्षाकर्मीसहित १९ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

नेपाल प्रहरीका डीएसपीसहित ६, सशस्त्र प्रहरी बल ६ र आन्दोलनकारी १३ जना घाइते भएका छन्। घाइते हुनेहरूमा एन के दर्नाल, शिव आङ्देम्बे, उदय नेम्बाङ, ज्ञानप्रसाद राई र सुरज राई रहेका छन्। त्यस्तै, सरोज लिम्बू, अशोक राई, पदम लिम्बू, विशाल राई, रेसम राई, रोयल राई, बिमल किराँती र आस्था राई रहेका छन्। यीबाहेक सूरक्षाकर्मीहरू पनि घाइते भएका छन्।

उनीहरूको विराटनगरस्थित कोशी हस्पिटल र पारस हस्पिटलमा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावग्रस्त बनेको हो।

प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर अगाडि बढेपछि झडपको अवस्था सृजना भएको थियो। प्रहरीले स्थिति नियन्त्रण लिन २९ राउण्ड हवाइफायर र ४४ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ। जसमध्ये १७ राउण्ड हवाइफायर नेपाल प्रहरीले र १३ राउण्ड हवाइ फायर सशस्त्र प्रहरीले गरेको बताइएको छ।

प्रदर्शनकारीको भीड नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयबाट आएको सवारी साधनबाट पानीको फोहरासमेत प्रहार गरिएको थियो। प्रदेश नं। १ पुनः नामांकन संयुक्त संघर्ष समितिले प्रदेशको नामकरण कोशी स्वीकार नहुने भन्दै आन्दोलन जारी राखेको जनाएको छ।

यसैबीच झापाको दमक नगरपालिकामा पहिचान पक्षधरहरूले तालाबन्दी गरेका छन्। मंगलबार बिहान दमक नगरपालिकाको कार्यालय पुगेर पहिचान पक्षधरहरूले तालाबन्दी गरेका हुन्।

ताला लगाउने क्रममा प्रहरी र पहिचान पक्षधरबीच झडप हुँदा नगरपालिकाका झ्यालका सिसा समेत फुटेका छन्। यसअघि प्रदर्शनकारीहरुले मोरङको उर्लाबारी नगरपालिकाको प्रवेशद्वारमा पनि तालाबन्दी गर्दै एक वडाअध्यक्षमाथि कुटपिट गरेका थिए।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies