Ntc
Khabar Dabali २३ जेष्ठ २०८० मंगलवार | 6th June, 2023 Tue

सात दिनभित्र सवारी अनुमति पत्र दिने तयारी गर्दैछौं –उपप्रधानमन्त्री श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौं। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमति पत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन्। आफूले मन्त्रालय सम्हालेको तीन महिना नाघेका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अबको आठ महिनापछि तीनदेखि सात दिनभित्र सवारी चालक अनुमति पत्र दिने कार्ययोजना निर्माण गरिरहेको जानकारी दिए।

हाल सेवाग्राहीले सवारी चालक अनुमति पत्र लिन झन्डै एक वर्ष कुर्नुपर्छ। मागअनुसार चालक अनुमति पत्र छाप्न नसक्दा वितरणमा समस्या भएको उनको भनाइ छ। अहिले दैनिक छ हजार चालक अनुमति पत्रको माग छ। तर दैनिक चार हजार अनुमति पत्र मात्र छपाइ हुँदै आएको छ। अझै आठ लाख अनुमति पत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ।

सवारी अनुमति पत्र वितरण सहज बनाउन सरकारले अर्को ‘मास प्रिन्टर’ खरिद गर्ने तयारी गरेको छ। ‘अब हामी छिट्टै मास प्रिन्टर खरिद गर्ने तयारीमा छौं, बोलपत्र आह्वान भइसकेको छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘आठ महिनापछि तीनदेखि सात दिनभित्र सवारी अनुमति पत्र प्राप्त गर्ने वातावरण बनाउन हामी प्रतिबद्ध छौं, आठ महिनामा लाइसेन्स छपाइको सम्पूर्ण समस्या समाधान हुन्छ।’

सम्बन्धित प्रदेशमा चालक अनुमति पत्रको मागअनुसार प्रिन्टर खरिद गर्न प्रदेश सरकारसँग पनि छलफल गरिरहेको उनको भनाइ छ। अहिले बागमती र लुम्बिनी प्रदेशमा चालक अनुमति पत्रको माग उच्च छ। ‘मागअनुसार लाइसेन्स उपलब्ध गराउन नसकी सेवाग्राहीले भोगेको सास्ती, कठिनाइ दृष्टिगत गरी छपाइसँग सम्बन्धित स्मार्ट कार्ड, प्रिन्टर खरिद प्रक्रियाको कार्यायोजना मन्त्रालयले अगाडि बढाएको छ,’ मन्त्री श्रेष्ठले भने।

बाह्र लाख स्मार्ट कार्ड आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत छनोट भएको जर्मनीको कम्पनीसँग गत फागुन १० गते सम्झौता भई शीघ्र आपूर्तिको पहल भइरहेको उहाँले जानकारी दिए। विभागले सवारी अनुमति पत्र छपाइमा देखा परेको समस्याको स्थायी समाधान नभएसम्म विदेश जाने कामदार, विद्यार्थी, शान्ति मिसनमा जाने सेना, प्रहरी र कूटनीतिज्ञलाई अनलाइन निवेदन दिएको तेस्रो दिनभित्र स्मार्ट कार्ड छपाइ गरी उपलब्ध गराउँदै आएको छ।

इम्बोस्ड नम्बर नेपालीमा

उपप्रधानमन्त्री श्रेष्ठले इम्बोस्ड नम्बर नेपालीमा राख्ने योजना बनाइरहेको बताए। ‘इम्बोस्ड अंग्रेजी भाषामा छ, यो नेपाली भाषामा पनि राख्नुपर्छ भनेर बहस भइरहेको छ,’ उनले भने, ‘मन्त्रालयले इम्बोस्ड नम्बरलाई नेपाली राख्ने योजना अगाडि बढाइएको छ।’

इम्बोस्ड नम्बर ‘रिड’ गर्न दुई स्थानमा ‘गेट’ निर्माण गरिने छ। उक्त नम्बर जडान गर्दा लाग्ने शुल्क पनि कम गर्ने तयारी गरिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ। ‘नम्बर जडान गर्दा लाग्ने शुल्क के कति उपभोक्ताबाट लिने भन्नेबारेमा छलफल भइरहेको छ,’ उनले भने।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुलुक जिताएर आएका प्रधानमन्त्रीलाई लाज नमानि भन : प्रचण्ड जिन्दावाद !

खासमा हाम्रो तन्तुमा देश छैन । तन्तु र तत्तुमा देश नभएकाहरु अराजक हुन्छन् । आजकल अराजकता पोख्न केही अमेरीकी साहुका भित्ताहरु उपलव्ध छन् । जसलाई हामीले...

डिशहोमको इन्टरनेटले पायो गुणस्तर चिन्ह

काठमाडौं ।  नेपालमा DTH सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा ISO प्रमाणीकरण प्राप्त गरेको छ । Americo qual...

नक्कलि भुटानी शरणार्थी प्रकरण : यि हुन् पक्राउ परेका १६ अभियुक्त

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन उप्रधानमन्त्रीदेखि बहालवाला सचिव समेत छन् । पक...

कांग्रेस नेता गुरुङ पक्राउ : आठ करोड बढी ठगी

सिन्धुली। नेपाली कांग्रेसका युवा नेता एवं सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा...

इन्डियन प्रिमियर लिग : पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै

काठमाडौं । पन्जाब किंग्सलाई पराजित गरि राजस्थान रोयल्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष चारमा रहदै प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको ...

एक युग प्रचण्ड

मानिसहरु यस्तो ठान्छन कि यो देश आफै चल्दैन । यो ति उडन्ते र घुमन्तेहरुको तर्क हो । जो हातमा साक्षर भएको प्रमाणपत्र बोकेर वावुको अंशले जन्मजात सम्पन्न ...

नेपाल टेलिकमको आम्दानी ६७ करोड २९ लाख बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको चैतसम्मको अवधिमा नेपाल टेलिकमको आम्दानी ६७ करोड २९ लाख रुपैयाँले बढेको छ । टेलिकमले दिएको जानकारी अनुसार गत वर्षको यही अ...

ओम्नी र वाइडबढीको फाइल खोल्ने तयारीमा सरकार

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला स...

काठमाडौंकावासीले जेठ १ गतेबाट मेलम्चीको खानेपानी पिउन नपाउने

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पानी वितरण बन्द गरिने भएको छ । आयोजनाको मुहान तथा हेडवक्र्समा केह...

अभियुक्त भेट्न हिरासत पुगेका खाँडका सहयोगी पूर्व सांसद शेर्पा फरार

काठमाडौं । उच्चपदस्थ व्यक्तिहरूकै संलग्नतामा शरणार्थीका नाममा भएको ठगी घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएपछि कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page