काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरद्वारा अभिनीत एक विज्ञापन पछिल्लो समय व्यापक चर्चा भइरहेको छ ।
सोलार हिटरसम्बन्धी उक्त विज्ञापनमा करिश्माको अभिनय र संवाद निकै बनावटी भएको र उनले दर्शकलाई झुक्काउने काम गरिरहेको भन्दै धेरैले आलोचना गरिरहेका छन् ।
धेरैले नानाथरी टीकाटिप्पणी गरेपछि यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण दिएकी छिन् । उनले कलाकारको नाताले आफ्ना दर्शकलाई झुक्काउने मनसाय कहिल्यै नरहेको पनि बताइन् ।
उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छिन्, ‘त्रुटि मानिस बाटै हुने हो । यसको प्रचार काममा मेरो उपस्थिति रहने भए पनि प्रचार निर्माण सामग्रीमा मेरो हात हुँदैन । ’
उनले थपेकी छिन्, ‘सुझावसम्म दिन सकिन्छ, जुन निर्माण पक्षले लिन पनि सक्नुहुन्छ, नलिन पनि सक्नुहुन्छ । मेरो काम भनेको भने अनुसार गर्ने हो ।’
उक्त विज्ञापनको सुधार हुने पनि उनले बताइन् । उनले दर्शकको प्रतिक्रियालाई असाध्यै सकारात्मक रूपमा लिएको र आफ्ना हरेक क्रियाकलापलाई चासोका साथ हेरेर सुधार्ने मौका दिएको आभार व्यक्त गरेकी छिन् ।
उनले अन्तिममा लेखेकी छिन्, ‘कहिलेकाहीँ हाँस्नु पनि पर्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: