Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

सुखदुःखका गफ गर्ने चौतारी बन्दै दिवाकालीन आश्रम

खबरडबली संवाददाता

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्छन् । 

बिहान १० बजे नै आश्रममा पुगिसक्ने उनी त्यहाँ पुगेर गीत गाउने, सुखदुःखका कुरा गर्ने, नाच्ने काममा लाग्छन् । घरमा एक्लै बस्नुभन्दा आश्रममा पुगेर दिन कटाउने उनको दिनचर्या बनिसकेको छ ।

‘घरमा एक्लै बस्दा दिन काट्न गाह्रो, बरु आश्रममा गएपछि मन भुलाउने ठाउँ पनि भएको छ, दिन कटेको पत्तै हुँदैन,’ उनले भने । 

छोराबुहारी कार्यालयको काममा गएपछि घरमा एक्लै बस्दा न्यास्रो लाग्ने भएकाले वाग्लेजस्तै अन्य ज्येष्ठ नागरिक दिवाकालीन आश्रममा पुग्ने गर्छन् । स्थानीय ६५ वर्षीया नारायणी वाग्ले पनि दिवाकालीन आश्रममा नियमित जान्छिन् ।

‘दिवाकालीन आश्रम दिन बिताउने ठाउँ मात्र होइन, सुखदुःखका गफ गर्ने चौतारी बनेको छ,’ उनले भनिन् । 

स्थानीय ९१ वर्षीय मानसिंह दर्लामी पनि नियमित दिवाकालीन आश्रममा आउँछन् । ‘घरमा बस्यो अल्छी लाग्छ, न्यास्रो लाग्छ, बरु आश्रममा आउन थालेदेखि आनन्द महसूस हुन थालेको छ,’ उनले भने ।  उनीहरूका अतिरिक्त यहाँ दैनिक ५० जना ज्येष्ठ नागरिक आउँछन् ।

बिहान १० बजेदेखि ३ बजेसम्म दिवाकालीन आश्रम सञ्चालन गरिएको छ । दिउँसोका समयमा ज्येष्ठ नागरिकलाई भुलाउने ठाउँ बनाउने उद्देश्यसहित दिवाकालीन आश्रम सञ्चालन गरिएको संकीर्तन समूहका अध्यक्ष विष्णु गौतमले जानकारी दिए ।

‘कोही–कोही ज्येष्ठ नागरिक त नातिनातिनीलाई पनि लिएर आउनुहुन्छ, घरमा बस्दा उहाँहरूलाई दिन कटाउन गाह्रो हुने भएपछि दिवाकालीन आश्रम सञ्चालनमा ल्याएका हौं,’ उनले भने । दिवाकालीन आश्रममा आउने ज्येष्ठ नागरिकलाई आश्रमले नै दिवा खाजाको व्यवस्था गरेको छ । 

दिवाकालीन आश्रम हप्ताको ६ दिन सञ्चालन हुने र आइतवार बन्द हुन्छ । ‘शनिवार र चाडपर्वका दिनमा झन् बढी ज्येष्ठ नागरिकको आगमन हुन्छ,’ उनले भने, ‘भजनकीर्तनका लागि वडाभित्रकै टाढा टाढाबाट समूह पनि आउँछन् ।’

ज्येष्ठ नागरिकले एक्लो महसूस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने, एकापसमा भलाकुसारी गर्ने गरी संकीर्तन समूहले दिवाकालीन आश्रम निर्माण गरेको थियो । विभिन्न कारणले बाबुआमाको स्याहारमा छोराछोरीले समय दिन नसकेपछि यहाँका ज्येष्ठ नागरिक सदरमुकामस्थित पञ्चायन मन्दिर, चौतारा लगायतका ठाउँमा जम्मा भएर दिन कटाउन बाध्य भएका थिए । 

‘दिउँसोको समयमा ज्येष्ठ नागरिकलाई दिन कटाउन गाह्रो हुँदै गएको महसूस गर्‍यौं, यसकारण उहाँहरू अन्यत्र ठाउँमा गएर दिन कटाउन थाल्नुभयो,’ उनले भने, ‘त्यसैलाई मध्यनजर गरेर वडाभित्रै दिवाकालीन आश्रम निर्माण गरेका हौं ।’ उनका अनुसार यहाँका ज्येष्ठ नागरिक २०–२५ मिनेट पैदल हिँडेरै राजमार्गको बाटो हुँदै सदरमुकाम जाने गर्दथे । 

वृद्धवृद्धाको सम्मान र अभिरुचिअनुरूप जीवन बिताउनका लागि ज्येष्ठ नागरिकलाई आश्रममा विभिन्न संगीतका सामान उपलब्ध गराइएको छ । ‘वृद्धवृद्धा दैनिक आएर विभिन्न भजनकीर्तन गर्ने, गाउने, बजाउने गर्नुहुन्छ,’ उनले भने । आश्रममा विभिन्न व्यक्तित्वले जन्मोत्सवको अवसरमा आएर सहयोग गर्ने गरेका छन् । 

संकीर्तन समूहले विक्रम संवत् २०७२ सालदेखि कृष्णष्टमीको अवसर पारेर कृष्णझुला कार्यक्रम गर्दै आएको थियो । कार्यक्रममा भक्तजनबाट संकलन भएको दान रकम, देउसीभैलो खेलेर संकलन गरेको रकम र अन्य दानवीरको सहयोगबाट आश्रमको २ तल्लाको भवन निर्माण गरिएको समूहका सचिव शरण खनालले बताए ।

उनका अनुसार भवन निर्माणका लागि ३५ लाख रुपैयाँ खर्च भएको छ । ‘प्रत्येक वर्ष देउसीभैलो खेलेर रकम जम्मा गरेका थियौं, वडा कार्यालयबाट पनि केही सहयोग भएपछि भवन निर्माण सम्पन्न गर्न सक्यौं,’ उनले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending