बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सयौँ शृङ्खलाको अवसरमा यही चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो । नगरपालिकाले २०७४ साउन ६ गते सुरु गरेको समुदायमा आधारित साप्ताहिक हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियान चैत १ गते एक सयौँ शृङ्खला पुग्दैछ । नगरपालिकामा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न त्यस्तो घोषणा गर्न लागिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी गराए ।
हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको एक सयौँ शङ्खलाका अवसरमा नगरपालिकाले बिहीबारदेखि साताव्यापी विविध कार्यक्रमको तयारी गरेको छ । जसअन्तर्गत बिहीबार टेलिभिजन बहस कार्यक्रम, २६ गते विद्यालयस्तरीय वक्तृत्वकला तथा कला प्रदर्शन कार्यक्रम, २७ गते सरसफाइ तथा रक्तदान, २८ गते शैक्षिक सङ्घसंस्थाको परिसर तथा शौचालय सरसफाइ कार्यक्रम, २९ गते लक्षित समुदायमा कम्पोष्टबिन वितरण र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यस्तै, मणिग्राम चोकमा निर्माण गरिएको सयौँ शृङ्खलाको स्मारक उद्घाटन तथा साँझ नगरपालिकाको कार्यालयमा दीपावली गरिने नगरप्रमुख खाणले बताए । अभियानको सयौँ शृङ्खला पुग्ने दिन चैत १ गते मुख्य कार्यक्रमको आयोजना गरिनेछ । जसमा झाँकी प्रदर्शन तथा सम्मान, नो हर्न नगरपालिका घोषणा तथा त्यसै दिनदेखि नगरपालिकामा
उत्पादन हुने कुहिने र नकुहिने फोहोर अलग अलग उठाउन सुरु गरिनेछ । त्यसका लागि जनचेतना अभिवृद्धि गर्न सबै वडामा आफ्नो घर, आँगन, चोक, टोल, सडक, व्यावसायिक प्रतिष्ठान, कार्यालय तथा सार्वजनिक स्थानमा सघन सरसफाइ गर्न नगरवासीलाई अनुरोध गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी गराइन् ।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बालमैत्री नगरपालिका र सरसफाइ अभियानका कारण तिलोत्तमा अरू नगरपालिकाभन्दा अगाडि रहेको दाबी गरे । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायण अर्याल र कार्यपालिका सदस्य सुरेन्द्र श्रीले हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानका बारेमा प्रस्ट्याएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: