भालुवाङ । देउखुरीमा चितुवाले एकैरातमा १७ वटा बाख्रा मारिदिएको छ । लमही नगरपालिका–१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले बाख्रा मारिदिएको फार्म सञ्चालक अधिकारीले जानकारी दिए ।
“राति कतिबेला फार्ममा पसेर बाख्रालाई आक्रमण गरेछ पत्तै पाइएन, बिहान बाख्रालाई दाना, घाँस दिन गएको बेलामात्र थाहा भयो”, अधिकारीले भने ।
यस्तै लमही नगरपालिका–३ जखेरातालका सुकबहादुर डाँगीका पनि चारवटा बाख्रा चितुवाले मारिदिएको छ । डाँगीले चरिचरनका लागि जङ्गल लगेको थिए । त्यस्तै मङ्गलबार राति नै लमही नगरपालिका–३ का सुकबहादुर कुमालको खोरमै पसेर एउटा बाख्रा बाघले खाइदिएको कुमालको भनाइ छ ।
विगत डेढ महिनाअघिदेखि देउखुरीका विभिन्न सामुदायिक वनमा चितुवाको आतङ्क बढेको छ । सामान्य घर खर्चका लागि पालिएकादेखि व्यावसायिकरूपमै फार्म खोलेर पालिएका बाख्रा चरिचरनका लागि जङ्गल लैजाँदा दैनिकरूपमा चितुवाले खाइदिने गरेको यहाँका बाख्रापालक किसानको गुनासो छ ।
दिनानुदिन बढ्दै गएको चितुवा आतङ्कले किसान चिन्तित र त्रसित बनेका छन् । यसअघि पनि लमही नगरपालिका–३ का लोकमणि बन्जाडेले जङ्गल चराउन लगेका तीनवटा बाख्रा चितुवाले एकै स्थानमा मारिदिएको थियो । चितुवाले बाख्रा मारिदिने त्रासले किसान अचेल बाख्रा लिएर जङ्गल जान छाडेका छन् ।
यता दैनिकजसो चितुवाले वस्तुभाउमाथि आक्रमण गरी क्षति पु¥याउन थालेको किसानले गुनासो गर्न थालेपछि प्रक्रिया पूरा गरेर वन कार्यालयमा निवेदन दिए क्षतिपूर्ति उपलब्ध हुने डिभिजन वन कार्यालय दाङ ९देउखुरी० का सूचना अधिकारी छोटेलाल चौधरीले बताए । बाख्रा लिएर किसान जङ्गल जान छाडेपछि चितुवा गाउँमै पसेर वस्तुभाउमाथि आक्रमण गर्न थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: