Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

रोनाल्डो आवद्ध भएको अल नासर कस्तो क्लब हो ?

खबरडबली संवाददाता

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरसँग सम्झौता गरे । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले एक महिनाअघि सम्झौता भंग गरेपछि ३७ वर्षे रोनाल्डो अल नासरमा पुगेका हुन् ।

साउदी क्लबसँगको सम्झौता अनुसार उनले वर्षको २० करोड डलर पारिश्रमिक पाउने छन् ।रोनाल्डोलाई २० करोड डलरमा भित्र्याएपछि अल नासले अहिले धेरैको ध्यान तानेको छ र यो क्लब कस्तो हो भन्नेबारेमा खोजी नीति सुरु भएको छ ।

सन् १९५५ मा स्थापित अल नासर साउदी अरबको राजधानी रियादमा रहेको छ । यो क्लब साउदीको शीर्ष डिभिजन क्लब हो । यसले साउदी अरेबियाको शीर्ष लिग साउदी प्रोफेशनल लिग(एसपीएल) खेल्छ । एसपीएलका १८ मध्ये एक क्लब हो अल नासर ।

लिग फुटबलमा साउदीको दोस्रो सफल टिम हो अल नासर । यो क्लबले ९ पटक एसपीएलको उपाधि जितेको छ । यस क्लबले पछिल्लो पटक २०१८–१९ को सिजनमा लिग जितेको थियो । लिगमा अल हिलालले सर्वाधिक १८ पटक उपाधि जितेको छ ।

अल नासरले सन् १९९० मा साउदीको नकआउट कप र ६ पटक किङग्स् कप जितेको छ । लिगमा सर्वाधिक गोलकर्ता रहेका माजिद अब्दुल्लाह पनि अल नासरबाट खेल्छन् । साउदी अरेबियाका पूर्व स्ट्राइकर उनले १८९ गोल गरेका छन् ।

अल नासरको घरेलु मैदान भनेर मसालु पार्कलाई चिनिन्छ, जसको दर्शक क्षमता २५ हजार हो । अल नासर सन् १९९५ मा एसियाको प्रमुख क्लब प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।

त्यसयता क्लबले चार पटक एएफसी च्याम्पियन लिगको उपाधि जितेको छ । प्रतिस्पर्धी क्ल अल हिलालले भने अहिलेसम्म २ पटक मात्र एएफसी च्याम्पियन्स लिग उचालेको छ ।

अल नासरको प्रशिक्षक र टिमका खेलाडी

अल नासरको प्रशिक्षकमा फ्रेन्च प्रशिक्षक रुडी गार्सिया छन् । उनले यसअघि लिली, एएस रोमा, ओलम्पिक मार्सेले र ओलम्पिक लियोनिसको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनी जुनमा अल नासरमा आवद्ध भएका थिए ।

एसपीएल क्लबले ८ जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था छ । जसमध्ये एउटा खेलमा सात विदेशी खेलाडीले मात्र मैदानमा उत्रिन पाउँछन् ।

अल नासरमा विदेशी खेलाडीको रुपमा क्यामरुनका विश्वकप नायक विन्सेन्ट अबुबकर छन् । उनले विश्वकपमा सर्बियाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । समूह चरणको अन्तिम खेलमा ब्राजिललाई हराउनमा उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

अर्का विदेशी खेलाडीको रुपमा कोलम्बियन गोलकिपर डेविट ओस्पिना छन् । उनले पहिले आर्सनल र नेपोलीबाट खेलेका थिए । ब्राजिलका पूर्व मिडफिल्डर लुइज गुस्तावो पनि अल नासरमा छन् ।

अहिलेको प्रदर्शन

लिगमा अल नासर १० औं चरणका खेलपछि दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको अल शबाब भन्दा २ अंकले पछि पर्दै अल नासर दोस्रो स्थानमा छ ।

नासरले २०२३–२४ को एएफसी च्याम्पियनसिप खेल्नका लागि यस पटक लिग च्याम्पियन हुनु पर्छ ।

ल्याउलान् परिवर्तन ?

रोनाल्डोको फुटबल कला र गोल गर्ने क्षमता उत्कृष्ट छ । उनले क्लब फुटबलमा हालसम्म ७०० भन्दा धेरै गोल गरिसकेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा उनले १०० भन्दा बढी गोल गरिसकेका छन् । 

उनी हाल ८१९ स्ट्राइक रेट सहित गोलकर्ताको सुचीमा शिर्ष स्थानमा छन् । पछिल्लो सिजनमा म्यानचेष्टर युनाइटेडमा निकै उतारचढावको बावजुत पनि उनले प्रिमियर लिगमा १८ खेलमा २४ गोल गरेका थिए ।

उनले कतारमा सम्पन्न विश्वकप २०२२ मा पोचुर्गलबाट लगातार पाँच पटक विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । त्यसपछि भने उनले पोर्चुगिज टिमको पहिलो रोजाइमा कम मौका पाए ।

अल नासरमा गोल गर्नेको समस्या भने छैन । टिमले लिगको १० खेलमा जम्मा २४ गोल गरेको छ, जुन शीर्ष स्थानको क्लब अल शबाबको बराबरी छ ।

– अलजजिराबाट ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending