महोत्तरी । जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको भन्दै चारदेखि आठ दिनसम्मको बिदा दिएका हुन् ।
जिल्लाका जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले पुस १९ गतेदेखि पुस २६ गतेसम्म आठ दिनको बिदा सूचना निकालेका छन्। त्यसैगरी मटिहानी, भङ्गाहा, लोहारपट्टी, औरही र बलवा नगरपालिका तथा सोनमा गाउँपालिकाले पनि मंगलबारदेखि २२ गतेसम्म चार दिन बिदा दिने सूचना जारी गरेका छन् ।
यसअघि मनराशिशवा र रामगोपालपुर नगरपालिकाले आइतबार नै पुस २२ गतेसम्मको बिदा सूचना गरेका थिए। जिल्लाका १५ स्थानीय तहमध्ये ११ ले विद्यालयमा जाडो बिदाको सूचना जारी गरिसकेका छन्। स्याँठ चल्न थालेपछि विद्यालय केही दिनका लागि बिदा दिएको स्थानीय तहका कार्यालयले जारी गरेका सूचनामा उल्लेख छ।
जिल्लाका बर्दिबास र गौशाला नगरपालिका तथा महोत्तरी र एकडारा गाउँपालिका मात्र विद्यालयमा बिदा दिएका छैनन्। तर त्यहाँका विद्यालयमा पनि विद्यार्थीको उपस्थिति स्वात्तै घटेको छ । यीमध्ये महोत्तरी र एकडाराले मंगलबार बिदा दिने तयारी गरेका छन्।
जिल्लामा उत्तरी क्षेत्रका बर्दिबास र गौशालाभन्दा मध्य र दक्षिणी क्षेत्रका अन्य ठाउँमा हुस्सु र स्याँठ चल्ने क्रम बढ्ता रहेको सर्वसाधारणले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८२ - ०९:०७
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार ती अभियुक्तहरुलाई सार्व...
फाल्गुन १ गते, २०८२ - ०८:४६
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन्। ...
फाल्गुन १ गते, २०८२ - ०८:३९
बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ। राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय ज...
फाल्गुन १ गते, २०८२ - ०८:३४
काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिक...
फाल्गुन १ गते, २०८२ - ०८:३०
काठमाडौं । नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तीन तहको सरकारको परिकल्पना गरेको छ । तीनवटै सरकारका लागि प्रत्येक पाँच वर्षमा आवधिक निर्वाचन गराउनु...
फाल्गुन १ गते, २०८२ - ०८:१४
काठमाडौँ । बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनमा (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ। २९९ सिटका लागि भएको प्रतिस्पर्धामध्ये हालसम्म घोषणा भए...
फाल्गुन १ गते, २०८२ - ०८:०६
म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकै पटक व्यवस्थित गर्न आयोजना निर्माण सुर...
फाल्गुन १ गते, २०८२ - ०७:५१
रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार,...
फाल्गुन १ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । ज...
फाल्गुन १ गते, २०८२ - ०७:२२
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी फागुन तीन गते परेको शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन साझेदारहरूलाई विगतको कमजोरी जोहोरीन नदिन आग्र...



प्रतिकृया लेख्नुहोस्: