Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्छ :मन्त्री पौडेल

खबरडबली संवाददाता

पाटन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आदिवासी जनजातिकोे सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्ने बताएको छन् । आदिवासी जनजाति आयोगले ललितपुरमा आज आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा उहाँले खोज, अनुसन्धान, सङ्घर्ष र निरन्तरताबाट सभ्यता र संस्कृतिको जगेर्ना गर्दै सीप, सिर्जनालाई ज्ञान क्षेत्रमा जोडेर समृद्धि हासिल गर्न लाग्नुपर्ने बताए ।

“सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त हुन्छ । सभ्यतासँग संस्कृति जोडिएको हुन्छ । सभ्यता र संस्कृति नै रहेन भने अस्तित्व रहँदैन”, मन्त्री पौडेलले भने, “समाजमा विभिन्न किसिमका विशेषता हुन्छन्, त्यसलाई हामीले ज्ञान क्षेत्रमा जोड्न सकेनौँ भने सभ्यता र संस्कृतिको संरक्षण र विकास पनि हुन सक्दैन र हामी पनि अगाडि बढ्न सक्दैनौँ । विश्वविद्यालयहरूमा यो बहस आवश्यक छ ।”

थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आदिवासी जनजातिको ज्ञानको संरक्षण र संवद्र्धन गर्दै विविधतालाई सम्पत्तिको रूपमा स्वीकार गर्नुपर्ने बताए । “नेपालको विविधतालाई हाम्रो सम्पत्तिको रूपमा स्वीकार गरेर जानुपर्छ, यसलाई अहिले गम्भीरतापूर्वक लिइएको छैन ।” अध्यक्ष चौधरीले भने, “आदिवासी जनजातिका ज्ञान भाषा, संस्कृतिसँग जोडिएका विषय छन्, अहिले भाषा संरक्षण नै चुनौतीपूर्ण अवस्थामा छन् । हामीले भाषिक विकास र संरक्षणका लागि पाठ्यक्रममा भाषालाई समेट्नुपर्ने आवश्यकता छ ।”

राष्ट्रियसभाका सदस्य सुरेश आलेमगरले संवैधानिक अङ्गका रूपमा रहेको आदिवासी जनजाति आयोग आदिवासी जनजाति आन्दोलनको सफलता भएको बताउँदै यसले आफ्ना गतिविधिलाई राज्यको नीति र अभ्यासअनुसार आदिवासी जनजातिको संस्कृति, सभ्यता र ऐतिहासिक परम्पराको संरक्षण, प्रवद्र्धन र व्यापकतामा ध्यान दिने अपेक्षा गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending