काठमाडौ । प्रधानसेनापति प्रभुराम शर्माले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार प्रदान गरेको छन् ।
गण्डकी प्रदेशका विभिन्न स्थानमा सञ्चालन भएका विभिन्न खेल विधामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने त्रिभुवन आर्मी क्लबमा आबद्ध खेलाडी र प्रशिक्षकलाई पुरस्कार र सम्मान प्रदान गरिएको हो ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा महारथी शर्माले स्वर्ण पदक प्राप्त १४ खेलाडी र ३२ जना प्रशिक्षकलाई प्रधानसेनापति प्रशंसा निशान पदक प्रदान गरे ।
प्रतियोगिताका नयाँ राष्ट्रिय कीर्तिमानधारी आठ खेलाडीको पदोन्नतिका साथै २६ औँ विश्व मिलिटरी तेक्वान्दो प्रतियोगिता २०२२ मा पदक प्राप्त तीन जना खेलाडीलाई पुरस्कार प्रदान गरियो ।
बलाधिकृत रथी सरोजप्रताप राणाले प्रतियोगिताका रजत पदक तथा बलाध्यक्षरथी सीताराम खड्काले कास्य पदक विजेतालाई पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कास्य प्राप्त गर्दै त्रिभुवन आर्मी क्लब राष्ट्रिय च्याम्पियन भएको थियो ।
सो अवसरमा सेनाप्रमुख शर्माले राष्ट्रिय खेलकुदमा पाएको सफलताबाट सेनाले गौरवान्वित महसुस गरेको बताउनुभयो । उनले भने, “आर्मी क्लब राष्ट्रिय खेलकुद क्षेत्रको मेरुदण्डका रूपमा रहेको यथार्थलाई पुष्टि गर्न प्रतियोगिताबाट मद्दत पुगेको छ । अन्तर्राष्ट्रिय खेल जगत्मा खेलकुदका माध्यमबाट नेपालको छवि बढाउन हरहमेसा प्रयासरत छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: