काठमाडौ । प्रधानसेनापति प्रभुराम शर्माले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार प्रदान गरेको छन् ।
गण्डकी प्रदेशका विभिन्न स्थानमा सञ्चालन भएका विभिन्न खेल विधामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने त्रिभुवन आर्मी क्लबमा आबद्ध खेलाडी र प्रशिक्षकलाई पुरस्कार र सम्मान प्रदान गरिएको हो ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा महारथी शर्माले स्वर्ण पदक प्राप्त १४ खेलाडी र ३२ जना प्रशिक्षकलाई प्रधानसेनापति प्रशंसा निशान पदक प्रदान गरे ।
प्रतियोगिताका नयाँ राष्ट्रिय कीर्तिमानधारी आठ खेलाडीको पदोन्नतिका साथै २६ औँ विश्व मिलिटरी तेक्वान्दो प्रतियोगिता २०२२ मा पदक प्राप्त तीन जना खेलाडीलाई पुरस्कार प्रदान गरियो ।
बलाधिकृत रथी सरोजप्रताप राणाले प्रतियोगिताका रजत पदक तथा बलाध्यक्षरथी सीताराम खड्काले कास्य पदक विजेतालाई पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कास्य प्राप्त गर्दै त्रिभुवन आर्मी क्लब राष्ट्रिय च्याम्पियन भएको थियो ।
सो अवसरमा सेनाप्रमुख शर्माले राष्ट्रिय खेलकुदमा पाएको सफलताबाट सेनाले गौरवान्वित महसुस गरेको बताउनुभयो । उनले भने, “आर्मी क्लब राष्ट्रिय खेलकुद क्षेत्रको मेरुदण्डका रूपमा रहेको यथार्थलाई पुष्टि गर्न प्रतियोगिताबाट मद्दत पुगेको छ । अन्तर्राष्ट्रिय खेल जगत्मा खेलकुदका माध्यमबाट नेपालको छवि बढाउन हरहमेसा प्रयासरत छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: