काठमाडौ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि विभिन्न खालका आक्रमण भइरहेको र त्यसको सामना गर्न महासङ्घ तयार रहेको बताएको छन् ।
अनलाइन पत्रकार सङ्घको १५औँ स्थापना दिवस तथा ‘निर्वाचनमा के देखियो ?अनलाइन मिडिया र सामाजिक सञ्जालमा सूचना प्रवृत्ति’ विषयक अन्तक्र्रियामा उहाँले व्यावसायिक पत्रकारिताभन्दा पनि युट्युबरका कारणले अनलाइन पत्रकारलाई आक्रमण हँुदै थप चुनौती थपिएको बताए।
अध्यक्ष पोखरेलले भने, “पछिल्लो समयमा साइबर माध्यमबाट विभिन्न आक्रमण भइरहेको छ, स्वतन्त्र पार्टी र स्वतन्त्र व्यक्तिको उदयसँगै यो चुनौती बढ्दै गएको महासङ्घलाई अनुभूति भएको छ ।”
महासङ्घका महासचिव रोशन पुरीले ठूलो लगानीका साथ अनलाइन पत्रकारितामा प्रवेश गरी पत्रकारलाई सेवासुविधा र तलबको प्रलोभनमा राख्दा दिगोरूपमा व्यावसायिक पेशागत सुरक्षा नहुने हुँदा यसबाट बच्न जरुरी रहेको धारणा राख्नुभयो ।
अनलाइन पत्रकार सङ्घका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले अनलाइन पत्रकारमा बढ्दै आएका चुनौतीमा विषयको सुरक्षा र पेशागतरूपमा सुरक्षाजस्ता विषयलाई अबका दिनमा कसरी अगाडि बढाउन सकिन्छ भनेर सोच्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निर्वाचनमा अनलाइन मिडिया र सामाजिक सञ्जालमा प्रसारप्रचार भएको सूचना, परिवर्तित समयसँगै बढ्दै गएको अनलाइनप्रतिको आकर्षण बढ्दै गएको र नयाँ चुनौतीबारे सर्तकता, बनाउनुपर्ने रणनीतिलगायतका विषयमा छलफल भएको थियो ।ंं
निर्वाचनमा अनलाइन मिडिया र सामाजिक सञ्जालबाट हालको निर्वाचनमा मिथ्या तस्विर प्रयोग, भाषणका अंश काटेर भ्रामक बनाउने, आतङ्कित बनाउने मिथ्या सूचना, मिडिया सामग्रीमा छेडछाड गरी भ्रम फैलाउने, अपुष्ट भनाइ, मिथ्या स्क्रिनसटले फैलाएको भ्रम, मिथ्या स्क्रिनसटको लहर, मतदानअघि फैलाइएका भ्रमका बारेमा जानकारी गराइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८३ - १६:०८
भोजपुर। भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आए...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:४२
सर्लाही। मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ । चुरेपा...
बैशाख १३ गते, २०८३ - १५:१७
अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह
बैशाख १३ गते, २०८३ - १५:०२
कालीकोट। कर्णाली करिडोरमा स्काभेटर दुघर्टना हुँदा एक जना बेपता भएका छन् । करिडोर अन्तरगत बाजुराको जगन्नाथ गाउँपालिका–६ लौखूडाँडास्थित कर्णाली करिडो...
बैशाख १३ गते, २०८३ - १४:४५
काठमाडौं । सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल लगायत काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट सुकुमवासी बस्ती खाली गराएको छ। मनोहरा क्षेत्रका बस्ती हटाउन...
बैशाख १३ गते, २०८३ - १४:१६
काठमाडौं । अर्जुननरसिंह केसी ले नेपाली कांग्रेस को संसदीय दलको नेताका लागि आफू निर्वाचन नलड्ने स्पष्ट पारेका छन्। उनले सहमतिका आधारमा नेता चयन गर्न...
बैशाख १३ गते, २०८३ - १४:०२
काठमाडौं । सरकारले उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाएसँगै भूमिहीन तथा सुकुमवासीहरूको स्क्रिनिङ प्रक्रिया सुरु गरेको छ। शनिबार बिहानदेखि नदी किनार...


प्रतिकृया लेख्नुहोस्: