काठमाडौं । सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल लगायत काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट सुकुमवासी बस्ती खाली गराएको छ। मनोहरा क्षेत्रका बस्ती हटाउने क्रम अझै जारी रहेको छ।
हटाइएका सुकुमवासीहरूलाई कीर्तिपुर लगायतका स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको छ। सम्पर्कमा आएका व्यक्तिहरूलाई ‘स्क्रिनिङ’ प्रक्रियामा सहभागी गराएर अस्थायी सेल्टरमा सारिएको हो।
सम्पर्कमा आएका सुकुमवासीहरूलाई कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा राखिएको छ। यसबाहेक, अन्य विस्थापितहरूलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र र ललितपुरको बोडेस्थित कृषि विकास बैंक को तालिम केन्द्रमा राख्ने व्यवस्था गरिएको छ।
अस्थायी सेल्टरमा बसेकाहरूलाई काठमाडौं महानगरपालिकाले खानाको व्यवस्था गरेको छ। शनिबार साँझ र आइतबार बिहान बाहिरबाट ल्याइएको प्याकेट खाना वितरण गरिएको थियो भने बिहान चिया र बिस्कुट पनि उपलब्ध गराइएको थियो।
यद्यपि, केही सुकुमवासीहरूले पर्याप्त खाना नपाएको गुनासो गरेका छन्। मध्यान्ह १२ बजे खाना वितरण गरिए पनि एक प्याकेटले पेट नभरिने भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्। वर्षौंदेखि बसोबास गर्दै आएको स्थान छाड्नुपरेको पीडासँगै आधारभूत आवश्यकतामा कमी हुँदा उनीहरूको चिन्ता र आक्रोश बढेको देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८३ - १६:१८
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुल...
बैशाख १३ गते, २०८३ - १६:०८
भोजपुर। भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आए...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:४२
सर्लाही। मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ । चुरेपा...
बैशाख १३ गते, २०८३ - १५:१७
अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह
बैशाख १३ गते, २०८३ - १५:०२
कालीकोट। कर्णाली करिडोरमा स्काभेटर दुघर्टना हुँदा एक जना बेपता भएका छन् । करिडोर अन्तरगत बाजुराको जगन्नाथ गाउँपालिका–६ लौखूडाँडास्थित कर्णाली करिडो...
बैशाख १३ गते, २०८३ - १४:४५
काठमाडौं । सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल लगायत काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट सुकुमवासी बस्ती खाली गराएको छ। मनोहरा क्षेत्रका बस्ती हटाउन...
बैशाख १३ गते, २०८३ - १४:१६
काठमाडौं । अर्जुननरसिंह केसी ले नेपाली कांग्रेस को संसदीय दलको नेताका लागि आफू निर्वाचन नलड्ने स्पष्ट पारेका छन्। उनले सहमतिका आधारमा नेता चयन गर्न...


प्रतिकृया लेख्नुहोस्: