Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

सुकुमवासीको स्क्रिनिङ सुरु, रंगशालामा स्वास्थ्य सेवा उपलब्ध

खबरडबली संवाददाता

काठमाडौं । सरकारले उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाएसँगै भूमिहीन तथा सुकुमवासीहरूको स्क्रिनिङ प्रक्रिया सुरु गरेको छ। शनिबार बिहानदेखि नदी किनारका बस्तीहरू खाली गराइएपछि वास्तविक सुकुमवासीको पहिचानका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा डेस्क स्थापना गरिएको हो।

स्क्रिनिङका क्रममा रंगशाला पुगेका सुकुमवासीहरूलाई शारीरिक तथा मानसिक स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। काठमाडौं महानगरपालिका ले स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य परीक्षण गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले जनाएको छ।

हालसम्म कम रक्तचाप भएका ६ जना (४ पुरुष, २ महिला), ढाड तथा जोर्नी दुखाइ भएका २ पुरुष, टाउको दुखाइ भएका २४ जना ९१८ पुरुष, ६ महिला०, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना तथा अन्य विभिन्न समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ।

यस्तै, मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइएको छ। बहुविवाहको समस्या भोगिरहेका, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका तथा रोजगारीमा रहेका अभिभावकहरूले आफूले भोगिरहेका मानसिक समस्याबारे परामर्श लिएका छन्।

स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसाल का अनुसार पारिवारिक र रोजगारीसम्बन्धी चिन्ता, बालबालिकाको शिक्षालाई निरन्तरता दिने विषय लगायत कारणले सुकुमवासीहरूमा मानसिक तनाव उच्च देखिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...

बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे, स्थानीय खुसी

सर्लाही। मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ ।  चुरेपा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह

कर्णाली करिडोरमा स्काभेटर दुर्घटना, एक जना बेपत्ता

कालीकोट। कर्णाली करिडोरमा स्काभेटर दुघर्टना हुँदा एक जना बेपता भएका छन् । करिडोर अन्तरगत बाजुराको जगन्नाथ गाउँपालिका–६ लौखूडाँडास्थित कर्णाली करिडो...

पेटभरि खाना नपाइएको भन्दै कीर्तिपुरमा सुकुमवासीको आक्रोश

काठमाडौं । सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल लगायत काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट सुकुमवासी बस्ती खाली गराएको छ। मनोहरा क्षेत्रका बस्ती हटाउन...

संसदीय दलको नेतामा अर्जुननरसिंह केसी नलड्ने

काठमाडौं । अर्जुननरसिंह केसी ले नेपाली कांग्रेस को संसदीय दलको नेताका लागि आफू निर्वाचन नलड्ने स्पष्ट पारेका छन्। उनले सहमतिका आधारमा नेता चयन गर्न...

सुकुमवासीको स्क्रिनिङ सुरु, रंगशालामा स्वास्थ्य सेवा उपलब्ध

काठमाडौं । सरकारले उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाएसँगै भूमिहीन तथा सुकुमवासीहरूको स्क्रिनिङ प्रक्रिया सुरु गरेको छ। शनिबार बिहानदेखि नदी किनार...

कोलम्बियामा बम आक्रमण : ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

बोगोटा। कोलम्बियाको काउका विभागस्थित काजिबियो नगरपालिकामा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने बीसभन्दा बढी व्यक्ति घाइते भएका ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending