कालीकोट। कर्णाली करिडोरमा स्काभेटर दुघर्टना हुँदा एक जना बेपता भएका छन् ।
करिडोर अन्तरगत बाजुराको जगन्नाथ गाउँपालिका–६ लौखूडाँडास्थित कर्णाली करिडोरमा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् भने एक जना सकुशल रहेका छन् ।
आइतबार बिहान कर्णाली करिडोर अवरुद्ध भएको सूचना प्राप्त भएपछि प्रहरी चौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो।
प्रहरीकाअनुसार लौखु जिरो पोइन्ट–कोल्टी खण्डमा नयाँ सडक निर्माणका क्रममा निस्किएको माटो करिडोरमा थुप्रिँदा सडक अवरुद्ध भएको थियो ।
उक्त माटो सफा गर्ने क्रममा कर्णाली प्रदेश ३–०१–००३ क ६३११ नम्बरको स्काभेटर अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल भिरमा खसेको हो ।
दुर्घटनामा स्काभेटरमा सवार कालीकोट जिल्ला नरहरीनाथ गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय महेश रावल बेपत्ता भएको छन् । चालक सोही स्थानका २५ वर्षीय केशव विष्ट र सहचालक सकुशल रहेको प्रहरीले जनाएको छ। घटनापछि कर्णाली करिडोर अझै अवरुद्ध रहेको छ ।
बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको छ । दुर्घटनाग्रस्त स्काभेटर कालिकोट पलातागाउँपालिका–७ निवासी कल बमको रहेको खुलेको छ।
घटनास्थल प्रहरी चौकी जुड्डीबाट करिब १४ किलोमिटर पश्चिममा रहेको जिल्ला प्रहरी कार्यलय कालीकोटका प्रहरी निरिक्षक बरम यादवले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १८:२९
काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...
बैशाख ३० गते, २०८३ - १८:२३
काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...
बैशाख ३० गते, २०८३ - १८:०७
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...
बैशाख ३० गते, २०८३ - १८:०२
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...
बैशाख ३० गते, २०८३ - १३:११
काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...
बैशाख ३० गते, २०८३ - १२:५९
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...
बैशाख ३० गते, २०८३ - १२:५०
काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...
बैशाख ३० गते, २०८३ - १२:४१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...
बैशाख ३० गते, २०८३ - १२:३३
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...
बैशाख ३० गते, २०८३ - १२:२१
काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...



प्रतिकृया लेख्नुहोस्: