काठमाडौ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
आज दुई सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार चार सय २५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ मा खरिदबिक्री भएको छ ।
यस हप्ताको कारोबारमा सुरुका दुई दिन आइतबार र सोमबार दैनिक रु डेढ अर्बभन्दा बढीको कारोबार भएको थियो । आजको कारोबारमा ७८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय नौ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
आज तीनवटा समूहका बाहेक सबै समूहका उपसूचक घटेका छन् । जीवन बीमा समूह शून्य दशमलव ६७, लघुवित्त समूह १२ दशमलव ४० र अन्य समूह आठ दशमलव २८ अङ्कले बढेको छ । बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३५ दशमलव ०३ र निर्जीवन बीमा समूहको उपसूचक २७ दशमलव ०५ अकले घटेको छ ।
त्यस्तै, बैंकिङ समूह पाँच दशमलव ३१, विकास बैंक समूह २३ दशमलव ८६, वित्त समूह एक दशमलव २२, होटल समूह तीन दशमलव १३ र जलविद्युत् समूह आठ दशमलव ७७ अङ्कले घटेको छ । व्यापार समूह छ दशमलव ९८ अङ्कले घट्दा म्युचूअल फन्ड शून्य दशमलव १० र लगानी समूह शून्य दशमलव ५२ अङ्कले घटेको छ ।
आजको कारोबारमा सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता आठ दशमलव १७ प्रतिशतले बढेको छ भने एनएमबि बैंकको शेयर मूल्य प्रतिकित्ता छ दशमलव ०७ प्रतिशतले घटेको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट रु आठ करोड १२ लाख ३४ हजार बराबरको एक लाख ३९ हजार ५०३ कित्ता शेयर किनबेच भएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०७९ - १७:३२
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्र...
माघ २२ गते, २०७९ - १७:०९
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अहिले पत्रकार सम्मेलन गरिरहेका छन् । सरकार छाड्न पार्टीको निर्णयपछि पत्रकार सम्मेलनमा उनले आफूलाई खासगरी...
माघ २२ गते, २०७९ - १६:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले नेपाली राहदानी (पासपोर्ट)को दुरुपयोग नगरेको बताएका छन् । आइतबार राष्ट्रिय स्वतन...
माघ २२ गते, २०७९ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्। आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई...
माघ २२ गते, २०७९ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।आज बकको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने न...
माघ २२ गते, २०७९ - १५:५३
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गरेको छन् । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अ...
माघ २२ गते, २०७९ - १५:३६
रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?
माघ २२ गते, २०७९ - १५:२०
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताएको छन्...
माघ २२ गते, २०७९ - १४:५०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस यतिबेला पानीबाहिरको माछा जस्तै छट्पटाइरहेको बताएको छन् । आइतबार प्रतिनिधिसभाको वि...
माघ २२ गते, २०७९ - १४:३०
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अहिले देशलाई राष्ट्रिय सहमतिको खाँचो रहेको औंल्याएका छन् । प्रतिनि...
प्रतिकृया लेख्नुहोस्: