Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

डा भट्टराई र नारायणकाजी श्रेष्ठद्वारा गोरखाबाट मतदान

खबरडबली संवाददाता

गोरखा । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेको छ ।

डा भट्टराईले आज बिहान करिब ११ः३० बजे प्रतिनिधिसभा  तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेको हो ।

त्यस्तै पूर्व उपप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि गोरखाको सिरानचोक गाउँपालिकास्थित परोपकार आदर्श माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेको छन् । श्रेष्ठले बिहान ७स्४९ बजे मतदान गरेको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठ मतदानका लागि शनिबार नै गोरखा आइपुगेकोा थिए । 

त्यस्तै पूर्व स्थानीय विकासमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सचिव हितराज पाण्डेले पनि गृहजिल्ला गोरखाको पालुङटार नगरपालिका पौवाटारस्थित बीरभद्र प्राथामिक विद्यालयको (ख) मतदान केन्द्रबाट मतदान गरेका छन्। 

गोरखा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सांसद हरिराज अधिकारीले गण्डकी गाउँपालिकाको दर्बुङको भगवती माध्यामिकस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महेश बस्नेतलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ बुझाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रे...

सिमकोटमा खानेपानीको अभाव

हुम्ला। जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खान...

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ। रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सञ्चालन हुने 'उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम' को एघारौँ संस्करण आइतबारदेखि सुरु...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगायो

सुनसरी । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ। धरानमा आज बसेको केन्द्रीय समिति बैठकले नाम टुंगो लगाएको जानकार...

जेनजी प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छ...

प्रधानमन्त्री कार्कीले ओलीलाई गुण्डु पुगेर दिइन् समवेदना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनका निवास पुगेकी छन्। केहीबेरअघि उनी श्...

बालेन शाहलाई संसदीय दलको नेता बनाउने रास्वपाको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिरहेको जनाएको छ। पार्टीभित...

रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो, को - को परे ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। आज बसेको सचिवालय बैठ...

बर्दियामा २९ जना उम्मेद्वारको जमानत जफत

गुलरिया। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियाका दुई ओटा निवार्चन क्षेत्रमा भाग लिएका ३६ जना उम्मेद्वार मध्ये २९ जना उम्मेद्वारको जमानत ज...

नेपालमा पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौँ । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: