सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस झुठा आश्वासनभन्दा पनि विकासप्रेमी पार्टी भएको बताएका छन्।
सुनसरीको हरिनगर गाउँपालिका–७ घुस्कीमा आज आयोजित पार्टी प्रवेश तथा सुनावीसभामा उनले एमालेका उमेदवारले झुठा सपना देखाएर जनतालाई भुलाउने गरेकाले मुलुकको हित र विकासमा कहिल्यै ध्यान नदिएको बताए।
वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार रहेका सरकारका प्रवक्ता कार्कीले कांग्रेस सपना बाँड्ने पार्टी नभइ सपना पूरा गर्ने पार्टी भएको दाबी गरे।
‘‘विकास विनाको राजनीति खोक्रो नारा मात्रै हुने भएकाले कांग्रेसले जे बोल्छ, त्यो पूरा गर्छ”, मन्त्री कार्कीले बताए।
एमालेले मुलुकमा दुईपटक प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र र प्रजातन्त्रलाई सखाप गर्ने तथा अधिनायकवाद शासन व्यवस्था स्थापित गर्न खोजेको उनको आरोप छ ।
कांग्रेस कुनै एउटा जात, धर्मको पार्टी नभइ सबै जातजाति, भाषाभाषीको साझा पार्टी भएकाले नेपाली जनताको हितका लागि हरेक समयमा जनताको पक्षमा उभिएको मन्त्री कार्कीले दाबी गरे।
मुलुकको विकास, संविधान, लोकतन्त्रको रक्षा र जनताको सुरक्षाको प्रत्याभूति गर्ने पार्टी कांग्रेस भएकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउनका लागि आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: