काठमाडौ । नेपाल पुलिस क्लब लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई छ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले दिएको एक सय ८९ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३७ दशमलव एक ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।
पुलिसको जितमा दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ४३ रनको योगदान दिए । त्यस्तै आरिफ शेखले ३५ रन बनाए भने सुनिल धमलाले ३६ तथा कुशल भुर्तेलले ३२ रन बनाए । त्यस्तै अमित श्रेष्ठले २८ रन बनाए । बलिङतर्फ लुम्बिनीका अनिल खरेलले दुई तथा दुर्गेश गुप्ता र मोहमद हुसेनले समान एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ८८ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७४ रनको योगदान दिए । त्यसैगरी विशालविक्रम केसीले ३० रन जोडे भने प्रज्वल थापाले २३ रन बनाए । दुर्गेश थापा र मोहमद हुसेनले समान ११–११ रन जोडे ।
लुम्बिनीलाई एक सय ८८ रनमा समेट्ने क्रममा पुलिसका दीपेन्द्रसिंह ऐरी एक्लैले चार विकेट लिए । त्यस्तै सागर ढकाल र करण केसीले समान दुई–दुई विकेट झारे । जितसँगै पुलिस तीन खेलमा छ अङ्क जोड्दै समूह ‘बी’को शीर्षस्थानमा रहेको छ । पराजित लुम्बिनी दुई खेलमा दुई अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - १७:११
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त डा। भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीविरुद्...
बैशाख ४ गते, २०८३ - १७:०६
वीरगञ्ज। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित...
बैशाख ४ गते, २०८३ - १६:५६
काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति तथा दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन...
बैशाख ४ गते, २०८३ - १६:४०
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेको छन्। शिक्...
बैशाख ४ गते, २०८३ - १६:२४
काठमाडौं । पछिल्लो समय गुण्डागर्दी नियन्त्रणका लागि आक्रामक अभियान सञ्चालन गरेको प्रहरीले संलग्न व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पार्न थालेको छ। जि...
बैशाख ४ गते, २०८३ - १६:१५
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्र...
बैशाख ४ गते, २०८३ - १६:०८
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने घ...
बैशाख ४ गते, २०८३ - १५:५४
काठमाडौं । संघीय संसद्अन्तर्गतका १२ वटै संसदीय समितिहरूले सभापति चयन गरेसँगै पूर्णता पाएका छन्। शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियाबाट १० वटा समितिमा ...
बैशाख ४ गते, २०८३ - १५:३६
काठमाडौँ। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस...
बैशाख ४ गते, २०८३ - १५:१९
तनहुँ। सङ्घीय सरकारले आगामी शैक्षिक सत्रका लागि तय गरेको समयतालिकालाई चुनौती दिँदै तनहुँका स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरक...


प्रतिकृया लेख्नुहोस्: