Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

रास्वपाभित्रकाे बहसः भागबण्डा कि सामूहिक नेतृत्व?

आन्तरिक टसलले शक्ति सन्तुलनको परीक्षा

खबरडबली संवाददाता

काठमाडौं । सरकार गठन भएको तीन सातामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नेतृत्व शैली र शक्ति सन्तुलनबारे चर्चा सुरु भएको छ । प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवि लामिछानेबीच तालमेल नमिलेको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ।

चैत १२ गते लामिछानेकै प्रस्तावमा बालेन संसदीय दलको नेता चयन भएका थिए भने चैत १३ गते संविधानको धारा ७६(१०) बमोजिम प्रधानमन्त्री नियुक्त भएका थिए। सरकार गठनपछि मन्त्री, उपसभामुख तथा संसदीय समितिका सभापति चयनका विषयमा दुवै नेताबीच मतभेद देखिएको चर्चा छ।

मन्त्री बनेको १२ दिनमै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरिएपछि पार्टीभित्रै नेतृत्व शैलीमाथि प्रश्न उठेको थियो। साहमाथि पदीय दुरुपयोगको आरोप लागेपछि अनुशासन समितिको सिफारिसका आधारमा सभापति लामिछानेले प्रधानमन्त्रीसमक्ष कारबाही सिफारिस गरेका थिए र प्रधानमन्त्रीले उनलाई पदमुक्त गरेका थिए।

उपसभामुख चयनमा पनि मतभेद सतहमा आएको बताइन्छ। सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण रास्वपाभित्रै रणनीतिक असहमति देखिएको थियो। त्यसक्रममा संसद्मै आलोचना र आरोप–प्रत्यारोपसमेत भएको थियो।

संसदीय समितिका सभापति छनोटका क्रममा पनि निर्णय प्रक्रिया पर्याप्त छलफलविना अघि बढाइएको भन्दै केही नेताहरूले असन्तुष्टि जनाएका छन्। “निर्णय नेतृत्व तहबाटै तय भएर आउँछ, बैठक औपचारिकता जस्तै बन्छ,” एक नेताले असन्तुष्टि जनाए।

सरकार र पार्टी सञ्चालनमा ‘५०–५० भागबण्डा’ भएको चर्चा चलिरहँदा मन्त्री चयनमा प्रधानमन्त्रीको भूमिका प्रभावशाली देखिएको विश्लेषण छ। उद्योग मन्त्रालयका विषयमा समेत प्रारम्भिक प्रस्ताव र अन्तिम निर्णयबीच फरक परेपछि नेतृत्वबीच समन्वयको प्रश्न उठेको हो।

यद्यपि पार्टीका केही नेताहरूले भने सार्वजनिक रूपमा मनमुटाव अस्वीकार गरेका छन्। सहमहामन्त्री विपिनकुमार आचार्यले पार्टीभित्र आधिकारिक असन्तुष्टि नभएको जिकिर गर्दै निर्णय प्रक्रिया नेतृत्वलाई नै सुम्पिएको बताए। “निर्णय गर्ने अधिकार नेतृत्वलाई दिइसकेपछि अहिले असन्तुष्टि जनाउनु उपयुक्त हुँदैन,” उनले भने।

कोषाध्यक्ष लिमा अधिकारीले पनि संसदीय समितिमा भूमिका चाहेको भए पनि पार्टी हितलाई प्राथमिकता दिएको बताइन्।

रास्वपानिकट विश्लेषकहरूका अनुसार प्रधानमन्त्री बालेन र सभापति रविको स्वभाव, कार्यशैली र राजनीतिक अनुभवको अभावका कारण प्रारम्भिक चरणमा तालमेल चुनौतीपूर्ण देखिएको हो। “नयाँ नेतृत्व भएकाले समन्वयमा समय लाग्नु स्वाभाविक हो,” उनीहरू भन्छन्।

हालसम्म औपचारिक रूपमा विभाजन वा गम्भीर दरारको संकेत नदेखिए पनि पार्टीभित्र निर्णय प्रक्रिया, अवसर वितरण र नेतृत्व शैलीबारे बहस तीव्र बन्दै गएको छ। रास्वपाले सामूहिक नेतृत्व र वैकल्पिक राजनीति स्थापित गर्ने लक्ष्य राखेका बेला आन्तरिक समन्वय कसरी मिल्छ भन्ने प्रश्न अब थप महत्वपूर्ण बनेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शान्ति सम्झौतादेखि आजसम्म : किन टुंगिँदैन सङ्क्रमणकालीन न्याय ?

नयाँ सरकारलाई पनि पुरानै चुनौती

हर्क साम्पाङको सरकारलाई खुलापत्र : ‘कानुनी शल्यक्रिया नगरेसम्म विकास सम्भव छैन’

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल सरकार र कानुन मन्त्रालयलाई सम्बोधन गर्द...

सामाजिक सञ्जाल सामग्रीबारे चिकित्सकसँग मेडिकल काउन्सिलको स्पष्टीकरण माग

रुपन्देही ।नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियो सामग्रीका विषयमा रुपन्देहीका एक चिकित्सकसँग स्पष्टीकरण मागेको छ। काउन्सिलल...

कांग्रेस आधिकारिकता विवाद : सर्वोच्चमा बहस सकियो, निर्णय प्रतीक्षामा

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा शुक्रबार सर्वोच्च अदालतमा दुवै पक्षको बहस सकिएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज ...

भालुवाङबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । बिहीबार दिउँसो करिव २ बजेको समयमा भालुवाङस्थित हेलो होटल...

टिकटक समूहद्वारा सुन पसलहरूमा ठगी : नक्कली सुन र बिल प्रयोग

हेटौँडा । सामाजिक सञ्जाल टिकटकमा सक्रिय एक समूहले नक्कली सुनका गहना र काठमाडौँस्थित सुन पसलको नक्कली बिल प्रयोग गरी विभिन्न जिल्लाका सुन पसलहरूमा ठगी ...

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा, हिमालयन सेक्युरिटिजलाई स्पष्टीकरण माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामाबारे जानकारी गराए...

रास्वपाभित्रकाे बहसः भागबण्डा कि सामूहिक नेतृत्व?

आन्तरिक टसलले शक्ति सन्तुलनको परीक्षा

एक्सनमा प्रहरीः गैरकानुनी काममा संलग्न ३ सय बढी पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक सुरक्षालाई मजबुद बनाउन पछिल्लो ६ महिनामा विभिन्न गैरकानुनी कार्यमा संलग्न ३०९ जनालाई नियन्त्रणमा ल...

माडी नदीमा डुबेर सडक मजदुरको मृत्यु

प्यूठान । माडी नदीमा डुबेर एक सडक मजदुरको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-१ स्याउलिवाङका ३५ वर्षीय फरम मल्लको ज्यान गएको हो । नुहाउन खोलामा गएका ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending