नवलपरासी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपरासी पूर्वमा तोकिएका मतदानस्थलमध्ये १३ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् ।
जिल्लामा एक सय १३ वटा मतदानस्थलमध्ये १३ वटा अतिसंवेदनशील, ३७ संवेदनशील र ६३ वटा सामान्यको सूचीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको पहुँचका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले बताए। उनका अनुसार यातायातको सुविधा नपुगेको, भौगोलिक विकटता रहेको ठाउँमा सुरक्षाको जोखिम हुनसक्ने भएकाले अतिसंवेदनशील केन्द्रका रुपमा मानिएको हो । निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायलाई एकीकृृत गरी परिचालन गर्नेगरी सुरक्षा विशेष योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन् ।
सशस्त्र र जनपथ प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाले विशेष फोर्स स्थापना गरेर निर्वाचनको सूक्ष्मरुपमा विश्लेषण गरी सुरक्षा प्रदान गर्ने उनले बताए। निर्वाचनलाई निष्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्न मतदानपूर्व, मतदानको दिन र मतदानपछिको परिणाम घोषणा र विजय ¥यालीसम्मका लागि तीन चरणको सुरक्षा योजना बनाइएको छ ।
नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरीको प्रहरी उपरीक्षकको कमाण्डमा एक निर्वाचन क्षेत्रमा एउटा टोली खटाइने र आवश्यक परे बढीमा २५ मिनेटभित्र नेपाली सेनाको टोली मतदानस्थलमा पुग्ने गरी सुरक्षा योजना बनाइएको छ । मतदान सम्पन्न भएपछि सुरक्षित तरिकाले मतपेटीका गणनास्थलसम्म पु¥याउने, मतगणनास्थल र मतगणना गर्ने कर्मचारी र उम्मेदवारको सुरक्षा र मतपरिणाम आएपछि दलले विजयी ¥यालीका लागि तेस्रो चरणको सुरक्षा व्यवस्था मिलाइएको प्रजिअघिमिरेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...
मंसिर २२ गते, २०८२ - १६:१९
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...
मंसिर २२ गते, २०८२ - १५:५९
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...
मंसिर २२ गते, २०८२ - १५:४६
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...
मंसिर २२ गते, २०८२ - १५:२८
धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...
मंसिर २२ गते, २०८२ - १५:२२
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...




प्रतिकृया लेख्नुहोस्: