Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

सहुलियत मूल्यको चामलले विपन्नलाई राहत

खबरडबली संवाददाता

झापा । सहुलियत मूल्यमा चामल पाएपछि खुसी हुँदै विर्तामोड नगरपालिका¬–४ की ७५ वर्षीया नन्दा राजवंशी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको विर्तामोड कार्यालयबाट नातिलाई बोकाएर घरतर्फ हिँडिन् । उनले केही दिनदेखि निगुरो बेचेर चामल किन्ने पैसाको जोहो गरेको बताइन् ।

राजवंशीसँगै चारआली जङ्गलमा निगुरो खोजेर विर्तामोडमा बिक्री गर्ने ठग्ना राजवंशी पनि दसैँका लागि चाहिने चामल सोही कार्यालयबाट खरिद गरेको बताए । “बजारमा भन्दा यहाँ सस्तो छ”, राजवंशीले भने, “किलोमा सात रुपियाँ बच्छ, त्यसले नुन तेल आउँछ । वर्षेनी यहीँबाट लान्छु ।” सहुलियत मूल्यको चामलले हुने खानेलाई भन्दा विपन्नलाई राहत पुगेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड विर्तामोड कार्यालयमा सहुलियत मूल्यको चामल खरिदका लागि दसैँ सुरु भएदेखि नै उपभोक्ताको भीड लागेको छ । यहाँ चामल किन्न मजदुर र विपन्न वर्गका परिवार धेरै आउँछन् । असोज १ गतेदेखि चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा कार्यायलले उपभोक्तालाई चामल बिक्री सुरु गरेता पनि दसैँ सुरु भएपछि मात्र भीड लाग्न थालेको छ । 

कार्यालयले दुई सय क्वीन्टल चामल सहुलियत मूल्यमा बिक्री गर्न राखेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए  । कार्यालयबाट हाल दैनिक ६०÷७० जनाले चामल खरिद गर्ने गरेका छन् । हालसम्म ५० क्वीन्टल चालम बिक्री भइसकेको छ । उनले भने, “दसैँ सुरु भएपछि चामल किन्नेको भीड बढ्न थाल्यो ।” भीडलाई व्यवस्थित गर्न कार्यालयले कुपन सिस्टम लागू गरेको छ ।

सरकारले यसपटक चामलमा प्रतिकेजी रु सात छुट दिएको छ । कार्यालयले बासमती, स्टिम जिरा मसिनो र अलुवा सोना मन्सुली चामल सहुलियत मूल्यमा बिक्री गरेको छ । बासमती चामलको बजार मूल्य रु एक सय सात, सोना मन्सुलीको रु ४९ र स्टिम जिरा मसिनाको रु ६८ रहेकोमा सबैमा रु सात कम गरेर कार्यालयबाट बिक्री भएको छ ।

चामल खरिदकर्ताले एक पटकमा तीनै प्रकारका चामल एक÷एक बोरा खरिद गर्न सक्छन् । एउटै प्रकृतिको चामल भने एक बोरा मात्र खरिद गर्ने सकिने व्यवस्था मिलाइएको छ । सहुलियत मूल्यको चामल खरिद गर्न आउने उपभोक्ताले राष्ट्रिय परिचय खुल्ने कागजात ल्याउनुपर्छ । असोज १ गतेदेखि दसैँ, तिहार र छठलाई लक्षित गर्दै बिक्री सुरु गरिएको चामल कात्तिक १५ गतेसम्म बिक्री हुनेछ । कार्यालयले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चामल बिक्री गर्छ । यस कार्यालयबाट सहुलियत मूल्यको चामल पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ  पठाइन्छ ।

सरकारले उपभोक्तलाई चाडपर्वमा खाद्यवस्तु, चामल, गहुँ, दाल, चिउरा, आटाको पिठो, तोरीको तेल, सनफ्लावर तेल सहुलियत मूल्यमा बिक्री गर्न अनुमति दिए पनि विर्तामोड कार्यालयमा भने चामल मात्र रहेको प्रमुख राईले जानकारी दिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE