Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सामुदायिक वनमा बेसारको व्यावसायिक खेती

खबरडबली संवाददाता

झापा । झापाका दक्षिण क्षेत्रका सामुदायिक वनले व्यावसायिकरूपमा बेसार खेती सुरुआत गरेका छन् । कचनकवल र हल्दिबारी गाउँपालिकाभित्र रहेका १४  सामुदायिक वनमध्ये पाँचवटाले बेसार खेती गरेका हुन् ।

वनभित्र रहेको माइकेनियाँ झार फाँडेर बेसार खेती गरिएको सामुदायिक वन महासङ्घ कचनकवल गाउँपालिकाका अध्यक्ष भीम लुइँटेलले बताए । उनले   कचनकवलभित्र रहेका तीनवटा सामुदायिक वन उपभोक्ता समितिले छ हेक्टर जमिनमा बेसार खेती गरिरहेको जानकारी दिए । 

गत वर्ष फरेस्ट एक्सन नेपालको सहयोग र सहकार्यमा उनले माइकेनियाँ झारको नियन्त्रण हुने र हात्तीले समेत नबिगार्ने हुँदा बेसार खेती थालिएको बताए । “आम्दानीको स्रोत पनि भयो”, उनले भने, “बेसार आफैँ पनि मलिलो बिरुवा हुँदोरहेछ । यसको खेती सुरु भएपछि वर्षौँदेखि माइकेनियाँ झारले उम्रिन नदिएका नयाँ बिरुवासमेत आफैँ उम्रन थाले ।”

उनले सामुदायिक वनकै अतिविपन्न परिवारका उपभोक्तालाई छानेर वनमा बेसार खेतीका लागि प्रोत्साहन गर्ने गरेको बताए । हाल वनमा बेसार खेती राम्रोसँग फस्टाएको उनको भनाइ छ । उनका  अनुसार कचनकवल गाउँपालिकाभित्र रहेका दुर्गाभिट्टा, अभिमुक्तेश्वर, त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिले क्रमशः चार हेक्टर र एक–एक हेक्टर जमिनमा बेसारको व्यावसायिक खेती गर्दै आएका छन् । 

यसैगरी हल्दिबारी क्षेत्रका रातमाटे र पाथीभरा सामुदायिक वनले समेत बेसार खेती गर्दै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ हल्दिबारीका अध्यक्ष हेमराज काफ्लेले बताए । उनका  अनुसार वन क्षेत्रमा परीक्षणका लागि चार–चार कठ्ठामा बेसार खेती गरिएको छ । “थोरै लगानीमा धेरै आम्दानी हुने, मल र पानीसमेत चाहिने हुँदा बेसार खेती उपयुक्त भएको महसुस गरेका छौँ”, उनले भने, “उपभोक्ताले उत्पादन गरेको बेसार उनीहरूलाई दिने र सो क्षेत्रमा उम्रिएका नयाँ बिरुवा भने खाली रहेको वन क्षेत्रमा सारिने गरिएको छ । वन क्षेत्रमा नयाँ बिरुवा उमार्ने उपयोगी खेती पो भयो बेसार ।”

उनले  बिरुवा लगाएको एक वर्षमै उत्पादन दिन थालेको जनाउँदै भने, “अन्य वन क्षेत्रमा पनि लगाउने तयारी गरिरहेका छौँ ।” हात्ती र माइकेनियाँ झारका कारण आजित भएका सामुदायिक वनहरु बेसार खेतीका लागि प्रेरणा दिने फरेस्ट एक्सनसँग यतिबेला खुसी छन् ।  आगामी दिनमा पालिकाभित्र रहेको सातवटै सामुदायिक वनमा व्यावसायिकरूपमा बेसार खेती गर्ने योजना रहेको उनले सुनाए  ।

डिभिजन वन कार्यालय झापाले अन्य सामुदायिक वनहरूले पनि खाली रहेको अर्थात् साना बिरुवा भएको क्षेत्रमा बेसार खेती गर्दा उपयुक्त हुने जनाएको छ । कार्यालयका निमित्त प्रमुख जीवनकुमार पाठकले बेसार खेतीका लागि जमिन खनजोत गर्दा सो क्षेत्रमा वर्षौँदेखि उम्रिन नसकेका साल, हर्रो, बर्रो, कदमलगायतका बिरुवासमेत उम्रिएको बताए । 

जिल्लामा कृषि सहकारी, निजी क्षेत्रका सङ्घसंस्थाले विगतदेखि नै व्यावसायिक बेसार खेती गर्दै आए पनि सामुदायिक वनहरुले भने पहिलोपटक खेतीको अभ्यास गरेको उनले जानकारी दिए  ।

जिल्लामा बेसारको व्यावसायिक खेती गर्ने पहिलो दमक नगरपालिकास्थित मानसरोवर कृषि सहकारी संस्था रहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । सो सहकारीले आर्थिक वर्ष २०७६÷७७ बाट बेसार खेतीको सुरुआत गरेको हो । 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले जिल्लामा गत आर्थिक वर्ष २०७८÷७९ मा दुई सय २० हेक्टर क्षेत्रमा बेसारको व्यावसायिक खेती भएको बताए । उनले  केन्द्रले बेसार खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षदेखि किसानलाई प्रोत्साहनस्वरुव अनुदान दिने बताए । 

उनले बलौटे दोमट, कालो, रातो र चिम्ट्याइलो माटोमा बेसारको खेती हुने गरेको बताए  । पानी नजम्ने जग्गामा चैत र वैशाख महिना बिरुवा लगाउन उपयुक्त हुने उनको भनाई छ । बेसार हाम्रो दैनिक भान्सामा मसलाका रूपमा प्रयोग हुने एक प्रकारको धुलो हो । बेसारलाई चिकित्सा विज्ञानले भिटामिन तथा खनिज लवणको उत्तम स्रोतको रुपमा लिने गरेको पाइन्छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies