चितवन । चाडपर्व नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाले संयुक्त बजार अनुगमन थालेको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्वच्छ बजार कायम राख्न महानगरले आफ्नो क्षेत्रभित्र हुने स्थानीय बजारमा अनुगमन थालेको हो । मङ्गलबार नारायणगढ क्षेत्र र बुधबार भरतपुरको बसपार्क क्षेत्रमा अनुगमन गरिएको छ ।
महानगरको नियमित कार्यक्रमअनुसार नै बजार अनुगमन गरिएको महानगरका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । मङ्गलबार उनकै नेतृत्वमा बजार अनुगमन गरिएको थियो । “हामीले दैनिक नियमित कार्यतालिकाअनुसार बजार अनुगमन गरेका छौँ”, कार्यवाहक नगरप्रमुख अधिकारीले भने, “एकपटकलाई सजग गराएर सुध्रिने मौका दिएका छौँ, अर्कोपटक आउँदा फेरि पनि यस्तै गल्ती दोहोरिएको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही हुन्छ ।”
बुधबार भरतपुरको केन्द्रीय बसपार्कमा रहेका पसलको अनुगमन गरियो । भरतपुर–९ केन्द्रीय बसपार्कमा रहेको न्यू सन्तोष हेयर कटिङ शैलुन, ज्योति कस्मेटिक एण्ड गिफ्ट सेन्टर, सिजन जनरल स्टोर्स, रचना किराना पसल, आर्जन स्टोर्स, बन्धु भेट फर्मा, विके फेन्सी एण्ड कस्मेटिक, सङ्कल्प फेसन कलेक्सन, एसके फेसन कलेक्सन, पशुपति दूध डेरी, रश्मी मासु पसल, लक्ष्मी प्रोभिजनल, गुरुङ मासु पसल, रोशनी फ्रेस हाउस र अपार कास्की स्टोर्स एण्ड दूध डेरी पसलको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा दर्ता नवीकरण, बिलबिजक अद्यावधिक र सरसफाइमा ध्यान दिन व्यवसायीलाई सचेत गराइएको छ । यस्तै म्याद गुज्रेका सामान नष्ट र सम्बन्धित कम्पनीलाई फिर्ता गर्न निर्देशन दिइएको भरतपुर महानगर उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार एकाइ प्रमुख थानेश्वर सापकोटाले जानकारी दिए ।
उनले दुई दिनको अनुगमनका क्रममा गत वर्षभन्दा सुधार गरेको पाइएको बताए । “अधिकांश पसलले मूल्यसूची राखेको पाइयो, सरसफाइमा पनि तुलनात्मक सुधार भएको छ”, उनले भने । गत वर्ष माछा, मासु र खाद्य पदार्थ नष्ट नै गर्नुपरेको भन्दै उनले यस वर्ष त्यति धेरै समस्या नभेटिएको बताए ।
बुधबार महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख श्यामराज देवकोटाको नेतृत्वमा गरिएको अनुगमनमा महानगरपालिकाका सरोकारवाला निकायको सहभागिता रहेको थियो । मङ्गलबारको अनुगमनका क्रममा मासुमा अखाद्य रङ, आलु प्याजका बोरामा तौल कम, समयावधि सकिएको चामलका बोरा, बिनादर्ता पसल सञ्चालन, तिलको तेलमा मिसावट, बेकरी घिउमा अखाद्य वस्तु मिसाइएको भेटिएको थियो ।
अनुगमन टोलीले भरतपुर–२ बालकुमारी सब्जी मन्डीमा मुखिया मिट सप्लायर्स, राजकपुर श्रेष्ठको माछा पसल र नेपाल मिट सप्लायर्समा अनुगमन गरेको हो । यस्तै भरतपुर–३ को आलु मन्डीमा पनि टोलीले विभिन्न पसलमा अनुगमन तथा निरीक्षण गरेको थियो । साइराम सब्जी भण्डार, जगदम्बा आलु स्टोर्स, राजलक्ष्मी आलु स्टोर्स र न्यू पशुपति भण्डार तथा भरतपुर–३ आन्नद मार्गमा रहेको मन्जुश्री ट्रेडर्समा पनि अनुगमन गरिएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बजार अनुगमनलाई थप कडाइका साथ प्रभावकारी बनाएर लैजानुपर्ने बताए । उनले भने, “अब महानगर एक्सनमा जान्छ, गल्ती गर्ने व्यवसायीलाइ एकपटक सुध्रिने मौका दिन्छौँ, तर पुनः अर्कोपटक अनुगमनमा आउँदा सुधार भएको नपाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: