Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने

खबरडबली संवाददाता

कर्णालीअपाङ्गता भएका बालबालिकाको पुनःस्थापना र निःशुल्क औषधि उपचारका लागि वीरेन्द्रनगरमा बाल अस्पताल तथा पुनःस्थापना केन्द्र स्थापना हुने भएको छ । 

विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असोजदेखि वीरेन्द्रनगर–१ चनाबारीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनको तयारी गरेको हो । केन्द्रले तत्काल आधारभूत सेवा प्रदान गर्ने र विस्तारै अस्पतालको रुपमा स्तरोन्नति गर्ने जनाएको छ । जिल्ला समन्वय समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा उक्त केन्द्र सञ्चालन हुनेछ । विकलाङमित्र समूहका संयोजक नित्रबहादुर देउजाले हाल पाँच कोठाबाट पुनःस्थापना र निःशुल्क उपचारसम्बन्धी सेवा प्रदान गरिने बताए । “अपाङ्गता भएका बालबालिकाको उपचारमा सहज पहँुच पु¥याउने उद्देश्यले हामी सेवा विस्तार गर्ने क्रममा कर्णाली प्रदेशमा आइपुगेका छौँ”, उनले भने, “पुनःस्थापना केन्द्रको स्थापना भएपछि अपाङ्गता भएका बालबालिकाको पहिचान, थेरापी र आधारभूत सेवा उपलब्ध गराइनेछ ।”

काभे्रको बनेपामा ३८ वर्षदेखि अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र सञ्चालन गरिरहेको समूहले कर्णालीका विभिन्न स्थानमा पुगेर अपाङ्ता भएका बालबालिकाको उपचार, पुनःस्थापनासम्बन्धी शिविर गर्दै आएको छ । केन्द्रका अनुसार कर्णाली प्रदेशमा अपाङ्गता भएका बालबालिकाको सङ्ख्या सात हजार आठ सय ४२ रहेको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतमा छन् । यहाँ एक हजार छ सय ५२ जना अपाङ्गता भएका बालबालिकालाई पुनःस्थापनाको जरुरी देखिएको छ ।

यसैबीच समूहले असोजको पहिलो सातादेखि सुर्खेतका तीन स्थानमा स्वास्थ्य तथा पुनःस्थापना घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । असोज २ गते चिंगाड गाउँपालिकामा रहेको प्राथमिक उपचार केन्द्र, असोज ३ गते भेरीगङ्गा नगरपालिकाको स्वास्थ्य केन्द्र छिञ्चु र असोज ४ गते वीरेन्द्रनगर–१ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने जनाइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending