Khabar Dabali १३ मंसिर २०७९ मंगलवार | 29th November, 2022 Tue

अध्यक्ष ओली भन्छन्– एमालेले कसैसँग गठबन्धन गर्दैैन

गठबन्धनले देशलाई पछाडि धकेल्ने काम गरेको छ

Golden Oak
खबरडबली संवाददाता

जनकपुरधाम  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने बताएका छन् । नेकपा (एमाले) धनुषाले आज आयोजना गरेको बृहत् जनसभामा उनले आफ्नै एजेण्डा र उद्देश्यका साथ एमाले एक्लै चुनावमा जाने र कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारे ।

आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले एमालेलाई कुनै फरक नपार्ने जिकिर गर्नुहुँदै अध्यक्ष ओलीले एमालेप्रति बढ्दै गएको आकर्षणका कारण आफ्नो दलले निर्वाचनमा बहुमत ल्याउने जिकीर गरे  । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, “एमाले कसैसँग गठबन्धन गर्दैन ।” 

एमाले श्रमिक, सुकुम्बासी र भूमिहीन र मधेसीहरूकै पार्टी भएको दाबी गर्नुहुँदै अध्यक्ष ओलीले एमाले पार्टी मधेसीको पार्टी हो, पहाडीया र हिमालीलगायत आम नेपालीको पार्टी भएको जिकिरसमेत गरे । उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए  ।

आगामी निर्वाचन सामान्य निर्वाचन नभई मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने निर्वाचन भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनबाट एमालेको सरकार नबने मुलुक सङ्कटमा फस्ने दाबीसमेत गरे । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले मात्र समृद्धिको लक्ष्य पूरा गर्नसक्ने बताउँदै भने, “गठबन्धनले देशलाई पछाडि धकेल्ने काम गरेको छ, नेपालीले देखेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना केवल एमालेले मात्र पूरा गर्न सक्छ ।”

नागरिकता विधेयकको नाममा गठबन्धन सरकारले भ्रम फैलाउने काम गरेको आरोप उनले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी मात्र संसद्मा विधेयक आए आफ्नो पार्टीले सहज रुपमा पारित गर्न दिने स्पष्ट पारे  ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन अपडेटः २५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकलकाे जित, अन्य काे-काे छन् ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सि...

पाल्पा क्षेत्र नं १ मा एमालेका आचार्य विजयी

रामपुर  । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी भएका छन्  ।  आचार्यले ३१ हजार एक सय तीन म...

अध्यक्ष लामिछाने भन्छन्– जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज य...

पाल्पा–२ बाट २७ हजार ८१७ मतका साथ एमालेका गैरे विजयी

तानसेन । पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी भएका छन्  ।    गैरेले २...

मतदाता शिक्षा प्रभावकारी नहुँदा डोटीमा साढे ८ हजार मत बदर

डोटी । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा...

ड्रोन आक्रमणमा परेर ३ जना यमनी सैनिक मारिए

आडेन । हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा परेर यमनको सरकार कम्तीमा पनि तीन जना सैनिक मारिएका समाचारमा जनाइएको छ ।प्राप्त समाचारअनुसार यहाँका हुथी व...

गुल्मी–१ : एमालेका प्रदीप ज्ञवालीलाई हराउँदै कांग्रेसका डा चन्द्र भण्डारी विजयी

रेसुङ्गा । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि...

झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी

झापा । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा ९एमाले०ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्...

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत ?

काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ने...

धनुषा–३ (२) मा एमालेका ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित

महेन्द्रनगर । धनुषाको निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा (एमाले)का दीपेन्द्रकुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित भएक्ँ छन््  । निकटतम प्रतिस्पर्धी...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page