Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

आणविक वार्ताबारे युरोपेली वक्तव्य ‘अरचनात्मक’ : इरान

खबरडबली संवाददाता

तेहरान । बेलायत, फ्रान्स र जर्मनीले सन् २०१५ मा भएको आणविक सम्झौतालाई पुनर्जीवित गर्ने इरानको नियतबारे ‘गम्भीर शंका’ व्यक्त गरेको पछिल्लो वक्तव्य ‘अरचनात्मक’ र ‘सद्भावनाको उल्लङ्घन’ भएको इरानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीलाई उद्धृत गर्दै बेलायती समाचार एजेन्सी रोयटर्सले लेखेको छ, “यो आश्चर्यजनक र खेदजनक छ । वार्तालाई अन्तिम रूप दिन वार्ता पक्ष र भियना वार्ताका संयोजकबीच कूटनीतिक संवाद र सन्देशआदानप्रदान जारी रहेको वर्तमान परिस्थितिमा ईयूले यस्तो वक्तव्य जारी गर्नु वार्ताको क्रममा फलदायी दृष्टिकोणको मार्गबाट विचलित भएको देखिन्छ ।

सन् २०१५ मा भएको इरानको आणविक सम्झौताको पुनरुत्थानका लागि वार्तालाई अन्तिम रुप दिन इरानको ‘सद्भाव र गम्भीर सङ्कल्प’को उल्लेख गर्दै उहाँले युरोपेली पक्षलाई ‘सुरुदेखि नै वार्ताको विपक्षमा रहेका र अहिले वार्ता लाई असफल बनाउन सक्दो प्रयास गरिरहेका तेस्रो पक्षको दुष्प्रचारबाट प्रभावित नहुन’ आग्रह गरेका छन्।

प्रवक्ताले युरोपेली देशहरूलाई धम्कीको सहारा नलिन पनि चेतावनी दिएका छन्।

यसअघि शनिबार नै फ्रान्स, जर्मनी र बेलायतले एक संयुक्त वक्तव्य जारी गर्दै इरानले आणविक सम्झौताको उद्धारका लागि इयूले हालै बुझाएको ‘अन्तिम दस्तावेज’ ले दिएको ‘यो महत्वपूर्ण कूटनीतिक अवसरको फाइदा नलिने निर्णय गरेको’ बताएका थिए । 

 सन् २०१५ को जुलाईमा इरानले विश्वका प्रमुख देशहरूसँग आणविक सम्झौता ९जेसीपीओए० मा हस्ताक्षर गरेको थियो र इरानमाथिको प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक कार्यक्रम लाई रोक्न सहमत भएको थियो । यद्यपि, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनलाई सम्झौताबाट फिर्ता गर्दै तेहरानमाथि एकपक्षीय प्रतिबन्धहरू पुनः लागू गर्नुभएको थियो । यसले गर्दा तेहरानले सम्झौता अन्तर्गतका आफ्ना केही प्रतिबद्धताहरू फिर्ता लिएको थियो । 

पाँच महिनाको अन्तरालपछि गत अगस्टको सुरुमा अस्ट्रियामा आणविक वार्ताको पछिल्लो चरण सम्पन्न भएको थियो । अगष्ट ८ मा इयूले जेसीपीओएलाई पुनर्जीवित गर्ने निर्णयको मस्यौदाको ‘अन्तिम पाठ’ अघि सारेको थियो । इरान र संयुक्त राज्य अमेरिकाले हालै अप्रत्यक्ष रूपमा ईयूको प्रस्तावमा विचार आदानप्रदान गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending