Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

आजबाट सोह्र श्राद्ध सुरु, गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

खबरडबली संवाददाता
राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया धाममा सोह्र श्राद्ध गर्नेको भीड लाग्न थालेको छ ।
 
सोह्र श्राद्धको पहिलो दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्न श्रद्धालुको भीड लागेको हो । राजधानीमा डेरा लिएर बसेकाहरु यहाँ श्राद्ध गर्न आउने गरेको गोकर्णेश्वर नगरपालिका–४ का वडाअध्यक्ष एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयराम महतले जानकारी दिए।
 
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् घर घरमा आरम्भ गरिएको छ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा दुवै तिथि श्राद्ध आजै गर्नुपर्ने उल्लेख थियो । प्रतिपदा तिथि श्राद्धको पिण्डदान दिउँसो ०२ः१९ बजेसम्म गरिसक्नुपर्ने थियो । द्वितीया तिथि श्राद्ध दिउँसो २ः१९ बजेपछि गरिएको हो ।
 
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
 
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउछन् ।
 
कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउछन् । 
 
यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्रा डा भट्टराईले जानकारी दिए। 
 
त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् उनले सुनाए। विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । 
 
यसैगरी यस वर्ष असोज १ गते कुनै पनि तिथिको श्राद्ध नपरेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । भदौ ३१ गते सप्तमी तिथि श्राद्ध परेको छ । अष्टमी तिथि भने असोज २ गते परेको छ । असोज २ गते अष्टमी तिथि बढी परेकाले त्यस दिन अष्टमी श्राद्ध गर्नुपर्ने निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।
 
पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु शास्त्रसम्मत नहुने बताउदै उनले अपराह्नकाल पारेर पिताका तिथिका दिन सोह्र श्राद्ध गर्नुपर्छ । यसका लागि प्रत्येक दिन कुन समयमा श्राद्ध गर्ने भन्ने तालिका बनाएर दिइएको तोयानाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले राससलाई जानकारी दिए। पितृपक्षभर यही तालिकाका आधारमा श्राद्ध गर्न पनि उनले सुझाव दिए। पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

राप्रपाको काठमाडौंमा वृहत् विरोध प्रदर्शन: नवीन समझदारीका लागि दबाब

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यसहित विरोध कार्यक्रम आयोजना गरेको छ। उ...

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश...

रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमा २०२५

पेरिस। सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको ता...

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस...

एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गरिने

काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’...

प्रतिशोध होइन, शाक्यजीकै सहमतिमा सरुवा गरेको हो : कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कसैप्रति प्रतिशोध राखेर काम नगरेको स्पष्ट बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजद्व...

धम्कीबाट डराउँदैनौं, भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासन स्थापनाका उद्देश्यसहित बनेको स्पष्ट गरेकी छन्। उनले भ्रष्टाचारविरुद्ध आ...

अन्तिमपटक चुनाव लड्ने इच्छा छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट नै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। उनले यो चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending