Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

'बढ्दो अन्तरविरोधले स्वास्थ्य क्षेत्र पनि पूँजीवाद र समाजवादको बीचको लडाइँको क्षेत्र बनिरहेको छ'

खबरडबली संवाददाता

कास्की । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा विद्यमान बढ्दो अन्तरविरोधले स्वास्थ्य क्षेत्र पनि पूँजीवाद र समाजवादको बीचको लडाइँको क्षेत्र बनिरहेको बताएका छन्  ।

पार्टी निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको आजदेखि पोखरामा सुरु भएको दुई दिने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले विज्ञान र प्रविधिको विकासँगै स्वास्थ्य क्षेत्रमा पनि नयाँ नयाँ प्रविधिको विकास भएकाले जनस्वास्थ्यको क्षेत्रमा धेरै ठूलो फड्को हान्ने सम्भावना प्रबल बनेको उल्लेख गरे  । 

उनले पूँजीवादले स्वास्थ्य क्षेत्रलाई व्यापारको विषय बनाउने र जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने प्रवृत्ति कायमै रहेको उल्लेख गरे  । अध्यक्ष दाहालले भने, “समाजमा विद्यमान बढ्दो अन्तरविरोधले स्वास्थ्य क्षेत्र पनि पूँजीवाद र समाजवादको बीचको लडाइँको क्षेत्र बनिरहेको छ ।”

स्वास्थ्यमा भएको प्रगति, यस क्षेत्रमा भएको नयाँ नयाँ प्रयोग र आविष्कारले जनस्वास्थ्यमा गुणात्मक प्रगतिको सम्भावना रहेको पनि उनले औँल्याए  ।

जनस्वास्थ्यकर्मी महासङ्घ तथा यससँग सम्बन्धित सबै घटक सङ्गठन जिम्मेवार बनेर जनस्वास्थ्यलाई सुलभ, सहज भरपर्दो बनाउने र जनतामा जनचेतना फैलाउने दायित्व राम्रोसँग निभाउनुपर्नेमा उनले जोड दिए  ।

अध्यक्ष दाहालले भने, “पूँजीवादी विकृति स्वास्थ्य क्षेत्रमा नराम्रोसँग प्रवेश गरेको छ । जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने क्रियाकलाप अहिले पनि कायमै छ । पूँजीवादी विकृतिलाई नियन्त्रण, विरोध र भण्डाफोर गर्ने दायित्य पनि प्रगतिशील सङगठनको काँधमा छ ।” 

उनले दोस्रो  पटक प्रधानमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा सुधारको निम्ति स्वास्थ्य बीमासम्बन्धी नयाँ नीति ल्याएर लागू गरे पनि चाहेअनुसार अहिले अगाडि बढ्न नसकेको बताए  ।

“स्वास्थ्य बीमा स्वास्थ्य क्षेत्र र जनताका लागि महत्वपूर्ण छ । यसलाई वैज्ञानिक  ढङ्गले व्यवस्थापन नगरिए विकृति र विसङ्गति आउने छ, हाम्रो ध्यान त्यसमा जानु पर्दछ”, अध्यक्ष दाहालले भने । 

उनले स्वास्थ्य क्षेत्रबाट जनतामा चेतना अभिवृद्धि र जागरण ल्याउन महाधिवेशनले ठोस सुझाव दिने र पार्टीसमेत त्यसबाट लाभान्वित हुने विश्वास गरे  । 

नयाँ संविधान निर्माणपछि शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको मौलिक अधिकारका रूपमा परिभाषित गरिए पनि उपयुक्त कानून बन्न नसक्दा कार्यान्वनमा चुनौती देखिएको अध्यक्ष दाहालको भनाइ छ । 

महाधिवेशनमा देशैभरिबाट गरी पाँच सय प्रतिनिधि र ७५ पर्यवेक्षक गरी ५७५ जना प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको महासङ्घका अध्यक्ष डा कृष्णसागर पौडेलले जानकारी दिए  । महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइन्छ ।

स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय, समाजवादोन्मुख स्वास्थ्य नीति, स्वास्थ्य क्षेत्रको विकास एवं स्वास्थ्यकर्मीका पेशागत अधिकारबारे महाधिवशेनमा गहन छलफल गरी कार्यान्वयनका लागि सबल र सक्षम नेतृत्व चयन गरिने अध्यक्ष पौडेलले बताए  ।

विसं २०६३ मा स्थापना भएको सङ्गठन विसं २०६५ मा महासङ्घमा परिर्वतन हुँदै आफ्ना कार्यक्रम अगाडि बढाइरहेको र महासङ्घमा देशभर गरी ५० हजार सङ्गठित सदस्य आबद्ध रहेको महासङ्घका नेता सागर लुइँटेलले जानकारी दिए  ।

नेपाल सरकारको कार्यालयमा आबद्ध स्वास्थ्य स्वयंसेविकादेखि १२ तहका स्वास्थ्यकर्मीसम्म, प्राविधिक शिक्षा लिएका स्वास्थ्यकर्मीदेखि उच्चपदस्थ प्राध्यापकसम्म विभिन्न स्वास्थ्य व्यवसाय गर्ने स्वास्थ्यव्यवसायीदेखि औषधि उत्पादन गर्नेसम्म महासङ्घमा आबद्ध रहेको केन्द्रीय उपाध्यक्ष शिव केसीले जानकारी दिए  ।

देशभर व्यक्तिगतरूपमा स्वास्थ्य पेशामार्फत जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलगायत सशस्त्र युद्धको बेला युद्धमोर्चामा सामेल स्वास्थ्यकर्मीसमेत यस महासङ्घमा आबद्ध छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending