Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

प्रचण्डले भने : राष्ट्रपतिको राजीनामा आउनसक्छ, प्रमाणीकरण नभए अदालत जान्छौँ

‘आरजुसँग भारतमा सहमति भयो रे! कुरा चिनियाँ राजदूतले सोध्दा अनौठो लाग्यो’

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिको राजीनामा आउनसक्ने बताएका छन्।

पोखरा पुगेर सञ्चारकर्मीहरुसाग कुरा गर्दै उनले राष्ट्रपतिसँग केही दिनअघि भेट हुँदा ठूलै राजनीतिक इस्यु बनाउने पनि देखिएको बताएका हुन्। 

प्रचण्डले भने, 'प्रमाणीकरण नगर्ने पनि सम्भावना छ । दोस्रोपटक पनि प्रमाणीकरण गर्नुभएन भने अदालत जाने या राजीनामा गर्नुपर्ने हुन सक्छ । राष्ट्रपतिलाई संविधानले दोस्रोपटक फिर्ता गर्न सक्ने व्यवस्था छैन।'

उनले यसअघि केपी शर्मा ओलीले लगेको अध्यादेशमै भएको व्यवस्था अहिले पनि कायमै रहेको बताए । उनले राज्य व्यवस्था समितिमा वैवाहिक अंगीकृत सात वर्षे प्रावधान राख्नुपर्छ भनेर आफूले नै भनेको भएकाले त्यसमा आफ्नो अडान परिर्वतन हुने बताए। 

'यो एमालेको पहलमा होइन, माओवादीको पहलमा यो प्रावधान राख्नु उचित हुन्छ भनेर बहुमतले निर्णय गरेको हो । तर त्यसमा सर्वसम्मत हुन सकेन' उनले थपे।

उनले आफ्नो भारत भ्रमणसँग नागरिकता विधेयकको कुनै साइनो नभएको प्रष्ट पारे। 

उनले भने, 'म भारतबाट आएर अघि बढाएको भनियो, त्यसमा पनि सत्यता छैन।'

उनले आफ्नो दिल्ली भ्रमणका बेलामा कुनै पनि नयाँ समझदारी र सहमति नभएको स्पष्ट पारे। भारत भ्रमणपछि अनावश्यक हल्ला फैलाइएको र त्यो काम एमालेका कार्यकर्ताले टिप्पणी गरे। 

'आरजुसँग दूतावासमा भेट भएको थिया। सामान्य स्वास्थ्यलाभको कामनाबाहेक केही कुरा भएको होइन। एउटा राजनीतिक दलसँगका मानिसले भारतीयलाई समेत राखेर सहमति भयो भन्ने कुरा गरे । त्यो विल्कुल नियोजित झुटा प्रचार हो' उनले भने,  'हाम्रो पार्टी र मलाई बदनाम गर्ने नियत हो । त्यसपछि चिनियाँ राजदूतले समेत तपाईं र आरजु भारतमा बसेर सहमति गर्नुभयो रे? भनेर चासो राख्नुभयो । मलाई अनौठो लाग्यो ।'

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending