काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिको राजीनामा आउनसक्ने बताएका छन्।
पोखरा पुगेर सञ्चारकर्मीहरुसाग कुरा गर्दै उनले राष्ट्रपतिसँग केही दिनअघि भेट हुँदा ठूलै राजनीतिक इस्यु बनाउने पनि देखिएको बताएका हुन्।
प्रचण्डले भने, 'प्रमाणीकरण नगर्ने पनि सम्भावना छ । दोस्रोपटक पनि प्रमाणीकरण गर्नुभएन भने अदालत जाने या राजीनामा गर्नुपर्ने हुन सक्छ । राष्ट्रपतिलाई संविधानले दोस्रोपटक फिर्ता गर्न सक्ने व्यवस्था छैन।'
उनले यसअघि केपी शर्मा ओलीले लगेको अध्यादेशमै भएको व्यवस्था अहिले पनि कायमै रहेको बताए । उनले राज्य व्यवस्था समितिमा वैवाहिक अंगीकृत सात वर्षे प्रावधान राख्नुपर्छ भनेर आफूले नै भनेको भएकाले त्यसमा आफ्नो अडान परिर्वतन हुने बताए।
'यो एमालेको पहलमा होइन, माओवादीको पहलमा यो प्रावधान राख्नु उचित हुन्छ भनेर बहुमतले निर्णय गरेको हो । तर त्यसमा सर्वसम्मत हुन सकेन' उनले थपे।
उनले आफ्नो भारत भ्रमणसँग नागरिकता विधेयकको कुनै साइनो नभएको प्रष्ट पारे।
उनले भने, 'म भारतबाट आएर अघि बढाएको भनियो, त्यसमा पनि सत्यता छैन।'
उनले आफ्नो दिल्ली भ्रमणका बेलामा कुनै पनि नयाँ समझदारी र सहमति नभएको स्पष्ट पारे। भारत भ्रमणपछि अनावश्यक हल्ला फैलाइएको र त्यो काम एमालेका कार्यकर्ताले टिप्पणी गरे।
'आरजुसँग दूतावासमा भेट भएको थिया। सामान्य स्वास्थ्यलाभको कामनाबाहेक केही कुरा भएको होइन। एउटा राजनीतिक दलसँगका मानिसले भारतीयलाई समेत राखेर सहमति भयो भन्ने कुरा गरे । त्यो विल्कुल नियोजित झुटा प्रचार हो' उनले भने, 'हाम्रो पार्टी र मलाई बदनाम गर्ने नियत हो । त्यसपछि चिनियाँ राजदूतले समेत तपाईं र आरजु भारतमा बसेर सहमति गर्नुभयो रे? भनेर चासो राख्नुभयो । मलाई अनौठो लाग्यो ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: