लमजुङ । नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ लमजुङ प्रदेश (ख) बाट सिफारिस भएका छन् । नेकपा (एमाले) लमजुङको आज बेँसीसहरमा आयोजित पाँचौँ पूर्ण बैठकले गुरुङलाई प्रदेशमा उठाउने निर्णय गरेको हो ।
उक्त बैठकले गुरुङसहित एमाले जिल्ला अध्यक्ष रहेका कृष्णप्रसाद अधिकारीलाई पनि सिफारिस गरेको छ । यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालालाई आठ हजार ६६ मतअन्तरले हराउँदै वाम गठबन्धनका उम्मेदवार बनेका गुरुङ प्रदेश सदस्यमा निर्वाचित भएका थिए । गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गरेका थिए ।
क्षेत्र (क) को प्रत्यक्षतर्फ एमाले गण्डकी प्रदेश कमिटीका सचिव एवं प्रदेशसभा सदस्य धनञ्जय दवाडी, राजकुमार विष्ट र जीतबहादुर गुरुङको नाम सिफारिस गरेको छ । यसअघि प्रदेश (क) बाटै दवाडी निर्वाचत भएका थिए ।
एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेको लमजुङमा प्रत्यक्षतर्फ एमालेबाट केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले र जिल्ला पार्टी सचिव सुभास पौडेलको नाम सिफारिस भएको छ । विसं २०७० मा लमजुङ क्षेत्र नं १ बाट नेपाली कांग्रेस लमजुङका नेता डा टकराज गुरुङलाई हराउँदै घले संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रतिनिधिसभा समानुपातिकतर्फ केन्द्रीय सदस्य टुकाभद्र हमाल, कल्पना थापा, प्रेमबहादुर दुराको नाम सिफारिस भएको छ । प्रदेश (क) र (ख) मा समानुपातिकतर्फ– प्रेमबहादुर घले, मोहनहरि पौडेल, महेन्द्रलाल श्रेष्ठ, बमबहादुर थापा, फूलबहादुर थापा, नन्दराम विक, रञ्जित कुमाल, अमृत तामाङ, रामहरि दवाडी, गणेश पाण्डे, लक्ष्मी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया थापा मगरको नाम सिफारिस गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: