तनहुँ । नेपाली कांग्रेस तनहुँले चुनाव लक्षित ‘जनतासँग काङ्ग्रेस अभियान’लाई पालिकास्तरमा सञ्चालन गरेको छ । जिल्लास्तरमा कार्यक्रम गरी शुभारम्भ गरिएको उक्त अभियानलाई जिल्लाका दशवटै पालिकामा सञ्चालन गरिएको हो ।
चार नगरपालिका र छ गाउँपालिकामा एकैसाथ कार्यक्रम गरी पालिकास्तरमा अभियानको शुभारम्भ गरिएको छ । पालिकास्तरमा सकिएपछि अब भदौ १८ गते एकैपटक ८५ वटै वडामा यो अभियान सञ्चालन हुने नेपाली काङ्ग्रेस तनहुँले जनाएको छ ।
नेपाली कांग्रेस व्यास नगरसमितिले आयोजना गरेको शुभारम्भ कार्यक्रममा केन्द्रीय सदस्य शङ्कर भण्डारीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अग्रज नेतादेखि सबैको व्यवस्थापन हुनुपर्ने बताए। चुनावमा पाँच दलबीच गठबन्धन हुने भएकाले पार्टी र गठबन्धनलाई विजयी गराउन इमानदार भएर लाग्नुपर्नेमा भण्डारीले जोड दिए।
भण्डारीले निर्वाचनमा पार्टीले जुन क्षेत्रबाट टिकट दिन्छ सोही क्षेत्रबाट चुनाव लड्न तयार हुनुपर्ने बताए। पार्टीले आवश्यकता अनुसार निर्वाचनमा टिकट दिने र जुनसुकै क्षेत्रबाट पनि निर्वाचन लड्न तयार भएर मानसिकता बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, पार्टीका पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, जनतासँग कांग्रेस अभियानका व्यास नगरका संयोजक प्रा डा कृष्णप्रसाद गौतमलगायतले ‘जनतासँग काङ्ग्रेस अभियान’ मार्फत जनतालाई कांग्रेसमा आकर्षित गर्नुपर्ने बताए।
आकाङ्क्षी उम्मेदवारको राय बुझ्दै
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बन्न पार्टीभित्र आवेदन दिएकाहरुसँग राय बुझ्न थालिएको छ । तनहुँ क्षेत्र नम्बर १ प्रदेश ९क० तर्फ उम्मेदवार बन्न चाहेका प्रत्यक्षतर्फका ११ र समानुपातिकतर्फ २१ जनाले आ–आफ्नो राय प्रस्तुत गरेका छन्।
समानुपातिकतर्फका आकाङ्क्षी कुलचन्द्र वाग्ले, कल्पना पोखरेल, अर्जुनबहादुर अधिकारी, राजकुमार श्रेष्ठ, आशा थापा, साहिदा खातुन, पवित्रा पौडेल, सुशीला शर्मा, ओजराज पौडेल, कृष्ण रुचाल, उदयराज गौली, चिनु पोखरेल, ताराप्रसाद श्रेष्ठ, छत्रराज भण्डारी, विणा कैनी, वृषराज श्रेष्ठ, टेकबहादुर गुरुङ, समुन्द्र गोदार, नारायणी अधिकारी, श्यामकुमारी मौराती र प्रताप गुरुङले आफू उम्मेदवार बन्न चाहेको राय प्रस्तुत गरे।
प्रत्यक्षतर्फका आकाङ्क्षी रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, दिपक भट्टराई, डोवाटे विक, पूर्णबहादुर गुरुङ, सहदेव अधिकारी र शङ्कर पौडेलले पनि आ–आफ्नो आफ्नो राय प्रस्तुत गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: