Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

आधाजसो एचआइभी सङ्क्रमित ‘एआरटी उपचार’बाट टाढै

खबरडबली संवाददाता

झापा । जिल्लामा रहेका एचआईभी सङ्क्रमितमध्ये आधाजसोले मात्र सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको एन्टी रेक्टोभाइरल थेरापी (एआरटी) औषधि नियमित सेवन गरेको पाइएको छ । एआरटीले सङ्क्रमितको शरीरमा रोगप्रतिरोधक शक्ति बढाएर दीर्घजीवी र स्वस्थ बनाउन मद्दत पु¥याउँछ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र झापा शाखाले मेची अस्पतालमा रहेको आफ्नो कार्यालयमार्फत चार सय ३० सङ्क्रमितलाई नियमित रुपमा एआरटी औषधि खुवाउँदै आएको जनाएको छ । जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या औषधि खाइरहेकाको भन्दा दोब्बर अर्थात् आठ सय ३६ छ ।

“केन्द्रमा आएर औषधि लिन थालेकालाई नियमित गराउन पनि धेरै मेहनत गर्नुपरेको छ,” केन्द्रकी प्रमुख कञ्चन नेपाली भन्छिन्–“औषधि खान आइदिनुहोस् भनेर हामी फोन गर्छौँ, एसएमएसबाट खबर पनि पठाउँछौँ ।” औषधि सेवन गर्न नआएर लुकेर बसिरहेका आधाजसो सङ्क्रमितलाई उपचारको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेको उनले बताइन् ।

सन् २००७ देखि नै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले मेची अस्पतालबाट निःशुल्क रुपमा एआरटी सेवा उपलब्ध गराउँदै  आएको छ । छिमेकी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङबाटसमेत औषधिका लागि यहाँ धाउनेहरु छन् । मेची अस्पतालमा एआरटी औषधिका लागि नियमित सम्पर्कमा रहेकामा दुई सय ७२ पुरुष, एक सय ८९ महिला, १४ बालबालिका र चार समलिङ्गी छन् । समलिङ्गीलाई औषधि खुवाउने अलग्गै सुविधा उपलब्ध छ ।
“हरेक महिना छ जनासम्म नयाँ सङ्क्रमित औषधिका लागि सम्पर्कमा आउँछन्, औषधि लिइरहेका केहीले हरेक महिना सम्पर्क टुटाउने गरेका पनि छन्,” उनले भनिन्,  “औषधिका लागि आउने १८ देखि २५ वर्ष र ३० देखि ४५ वर्ष उमेर समूहका बढी छन् ।”

गतवर्ष ८६ जनाले औषधि सेवन टुटाएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । अध्ययनका लागि तेस्रो मुलुक जाने र रोजगारीका लागि भारत जाने सङ्क्रमितले औषधि टुटाउने गरेका हुन् । सरकारी नियमअनुसार केन्द्रमा दर्ता भएका सङ्क्रमितलाई सामान्यतया एकपटकमा एक महिनाको औषधि उपलब्ध गराइन्छ तर नियमित औषधि खाइरहेकालाई डेढमहिनासम्मको औषधि पनि दिइएको पाइन्छ ।

एचआईभी सङ्क्रमित पत्ता लगाउने, जाँच गर्ने, औषधि उपलब्ध गराउने र औषधि खाइरहेकामा भाइरल लोड परीक्षण कार्य गर्दै आएको केन्द्रले आम्दा नेपाल, लवकुश आश्रम र लिड नेपालमार्फत सङ्क्रमितको पहिचान गर्दै आएको छ । सिधैँ सम्पर्कमा आउनेलाई समेत केन्द्रबाट आवश्यक परीक्षणपश्चात् औषधि दिइने गरिएको छ । पछिल्लो समय एचआइभी सङ्क्रमितको उपचारमा सरकारले निःशुल्क जाँच र उपचारको व्यवस्था गरे पनि जनचेतनाको अभाव र पहिचान खुल्ने डरले कैयन सङ्क्रमितले उपचारको लाभ लिन सकिरहेका छैनन् ।

भद्रपुरस्थित लवकुश आश्रमकी प्रमुख रञ्जु शर्मा एआरटी उपचार प्रभावकारी भएको जनाउँदै झापामा सरकारी आँकडाको दोब्बर एचआइभी सङ्क्रमित भएको जिकिर गरिन्  ।

“सबै संक्रमितहरु सम्पर्कमा छैनन् औषधि खान पनि आएका छैनन्,” एचआइभी सङ्क्रमितको सेवामा सक्रिय उनले भनिन्, “आफ्नो गाउँठाउँमा परिचय खुल्छ भनेर झापाका सङ्क्रमित विराटनगर, धरान र काठमाडौँ पुगेर औषधि लिने गरेको पनि पाइएको छ ।” एआरटीको नियमित सेवनले जीवनसाथीलाई सङ्क्रमित हुनबाट बचाउने र स्वस्थ बच्चा जन्माउन मद्दत पुग्ने हुँदा यो औषधिको सेवन गराउन सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको प्रमुख शर्मा बताइन्  ।एचआइभी सङ्क्रमितलाई उपचारका लागि  सम्पर्कमा आउँदा उनीहरुलाई निःशुल्क एआरटी औषधि मात्र नभएर नवीकरण गरिरहनु नपर्ने स्वास्थ्य बीमा पनि निःशुल्क उपलब्ध हुने उनले जानकारी दिइन् । 

देशभर दश हजार सङ्क्रमित उपचार बाहिरै

नेपालमा हाल ३० हजारको हाराहारीमा एचआइभी सङ्क्रमित रहेको र तीमध्ये २० हजार मात्र उपचारको दायरामा आएको तथ्याङक छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालले सन् २०३० सम्ममा एचआइभी सङ्क्रमण न्यूनीकरण गर्ने अन्तरराष्ट्रिय प्रतिबद्धता जनाएको छ । सो अनुसार सरकारले सन् २०२१ देखि २०२६ सम्मका लागि एनएचएसपी नामक रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । हरेक वर्ष ९५ प्रतिशत सङ्क्रमितको पहिचान, उपचार र भाइरल लोड कम गर्ने रणनीतिक योजनाको उद्देश्य  छ ।

नेपाल सरकारले एचआइभी सङ्क्रमितका लागि एआरटीमार्फत दैनिक छ डलर मूल्य बराबरको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । औषधिले कति काम गरिरहेको छ भनेर हरेक छ महिनामा भाइरल लोड जाँच गर्नका लागि जिल्लाबाट काठमाडौँमा नै नमूना पठाउनुपर्ने झञ्झट हट्नसकेको छैन । पछिल्लो समय होटलमा हुने असुरक्षित यौन सम्पर्क र लागुऔषध प्रयोगकर्ताले प्रयोग गर्दै आएको असुरक्षित सुईका माध्यमबाट एचआइभी सङ्क्रमण बढ्दो पाइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending