म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि करिब रु छ अर्ब करोड बजेट खर्च भइसकेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्मको सडक विस्तार गर्न विसं २०७४ देखि सुरु भएको आयोजनामा रु पाँच अर्ब ८४ करोड खर्च भएको हो ।
विसं २०७२ मा भएको नाकाबन्दीपछि तत्कालीन सरकारले चीनसँग व्यापार तथा पारवाहन मार्ग विस्तार गर्ने दीर्घकालीन उद्देश्यले सडक आयोजना सुरु गरेको थियो । रु सात अर्ब ५५ करोड कूल लागत अनुमान गरिएको सो आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख जगत प्रजापतिले बताए । “सडकतर्फ ८० प्रतिशत र पुलतर्फ ६६ प्रतिशत भौतिक प्रगति भएको छ,” उनले भने “सडकतर्फ रु ६ अर्ब ३१ करोड र पुलतर्फ रु एक अर्ब २४ करोड बजेट खर्च भई कामसमेत भइरहेका छन् ।” सरकारले आर्थिक वर्ष २०७९/८० मा यस आयोजनालाई रु एक अर्ब ३८ करोड ७६ लाख विनियोजन गरेको छ ।
थपिएका मालढुङ्गा–बेनी १३ किमी र जोमसोम कागबेनी १३ किमी सडक कालोपत्र गर्ने योजना गत वर्षदेखि सुरु भएको हो । यसअघि बेनी गलेश्वर ४ किमी सडक स्तरोन्नतिको जिम्मा पूर्वाधार विकास कार्यालयले लिएकामा सो सडक पनि अहिले कालीगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ । जोमसोम कोरला ११० किमी सडकको सातमध्ये छवटा खण्डको काम सम्पन्न भई कालीगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ । साथै चराङ छोसेर २५ किमी सडकको भौतिक प्रगति ९० प्रतिशत छ । उक्त सडक चालु आर्थिक वर्षभित्र सकिने आयोजना प्रमुख प्रजापतिले बताए ।
योसँगै जोमसोम कोरला सतवटै खण्डको ग्राभेल सकिने भएको छ । जोमसोम–कोरला सडकको समग्र भौतिक प्रगति ९८ प्रतिशत छ । उक्त सडक ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्न रु दुई अर्ब ६५ करोडमा विभिन्न कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो ।जोमसोम कोरला सडकअन्तर्गत पहिलो खण्डको जोमसोम कागबेनी १३ किमी अस्फाल्ट कालोपत्र विस्तार गर्न आर्थिक वर्ष २०७८÷७९ मा रु २८ करोड १४ लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले १० महिनामा तीन प्रतिशत मात्र भौतिक प्रगति गरेको छ ।
पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्म १३ किमी सडक स्तरोन्नतिसहित अक्फाल्ट कालोपत्र गर्न रु ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । अहिले मालढुङ्गा बेनी १३ किमी सडकको भौतिक प्रगति २० प्रतिशत रहेको आयोजनाले जनाएको छ । कोरला नाका जोड्ने (बेनी जोमसोम कोरला) सडकमा १९ वटा पुल रहेको आयोजनाले जनाएको छ । जसमध्ये पाँचवटा पुल सम्पन्न भइसकेको र बाँकी १४ वटा पुल निर्माणधीन अवस्थामा छन् । कोरला सडकअन्तर्गत म्याग्दीतर्फ दुईवटा र मुस्ताङतर्फ तीनवटा पुल निर्माण भएको आयोजना प्रमुख प्रजापतिले बताए ।म्याग्दी खण्डको राहुघाट खोला र म्याग्दी दानाको घट्टे खोलामा पक्की पुल निर्माण भएको छ । मुस्ताङ खण्डतर्फ लेते खोला, स्याङ खोला र पान्डा खोलामा पुल निर्माण भएको आयोजनाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: