स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरवासीलाई बैंकसम्म जान समस्या परेको जनाउँदै नगरपालिकाले घरमा पुगेर सो भत्ता वितरण गर्न थालेको हो ।
नगरकार्यपालिकाको यही यही असार १६ को पहिलो बैठकले घरमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकालाई भत्ता उपलब्ध गराइएको उनले जानकारी दिए ।
“ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई गाउँ–गाउँबाट बजारमा रहेको बैंकसम्म आउन निकै समस्या भएकाले घर–घरमै लगेर भत्ता उपलब्ध गराएका हौँ”, उनले भने, “यो अभियानमा नगरप्रमुख, उपप्रमुख तथा सम्बन्धित वडाका निर्वाचित वडाध्यक्ष तथा सदस्यको उपस्थितिमा वितरण भएको हो ।”
ग्रामीण भेगबाट बैंकसम्म पुग्नुपर्ने, बैंकमा पुगेर लाइन बस्नुपर्ने समस्या हट्नुका साथै गाडी भाडासमेत बचत भएको उनले बताए । सामाजिक सुरक्षा भत्ता लिएर घर–घरमा पुग्दा यहाँका नागरिक एकातर्फ खुसी छन् भने अर्कातर्फ उनीहरुको कुरा, गुनासो, सुझाव प्रत्यक्ष सुन्न र कार्यान्वयनमा लैजानका लागि हामी जनप्रतिनिधिलाई पनि सहज हुने उनको भनाइ थियो ।
गाउँ–गाउँमा रहनुभएका ज्येष्ठ नागरिक बैंकसम्म पुग्न समस्या हुने तथा बैंकमा पुगेर घण्टौँसम्म लाइन लाग्नुपर्दा सास्ती हुने भएकाले वडामार्फत सहजीकरणका लागि व्यवस्थापन मिलाइएको वडा नं ७ का अध्यक्ष ताराप्रसाद अर्यालले बताए । “सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वडाका सबैको दस्तखतसहितको चेक सङ्कलन ग¥यौँ”, उनले भने “वडाका भत्ता प्राप्त गर्नेको नामावलीसहित वडाको सिफारिस, नगरपालिकाले बैंकलाई गरिदिएको सिफारिसका आधारमा बैंकबाट रकम बुझेर घर–घरमै लगेर वितरण गरेका हौँ ।”
घरमै सामाजिक सुरक्षा भत्ता पाएपछि बजारमा रहेको बैंकसम्म जानुपर्ने बाध्यता हटेको भिरकोट–७ का ज्येष्ठ नागरिक गङ्गाराम अर्यालले बताए । “८४ वर्षको भएँ, भत्ता बुझ्न बयरघारी बजारमा रहेको बैंकमा जानुपथ्र्यो, बूढो मान्छे भनेको बेलामा गाडी पाइँदैन”, उनले भने, “जान आउनै गाडी भाडा रु एक हजारदेखि एकहजार पाँच सय लाग्थ्यो, एक पाइलै नहिँडीकन घरमै पाएपछि उक्त रकम पनि बचत भयो ।”
आफूहरुले भोट हालेर जिताएका जनप्रतिनिधिले यसरी घर–घरमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गरिदिँदा निकै चित्त बुझेको अनुभव ज्येष्ठ नागरिक अर्यालले सुनाए । “बैंकसम्म जान आउन परेन, बैंकमा पनि लामो लाइन हुन्थ्यो, बूढाबूढीलाई सास्ती हुन्थ्यो”, ज्येष्ठ नागरिक अर्यालले भने, “मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यले बैंकसित समन्वय गरेर घरमै ल्याएर दिनुभयो, यसले गर्दा हामीलाई सजिलो भयो ।”
भिरकोटमा भत्ताका लागि कूल तीन हजार नौ ९१ रहेका पञ्जीकरण शाखाका अपरेटर विजय गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो तथ्याङ्कानुसार नगरपालिकाभित्र ७० वर्षमाथिका ज्येष्ठ नागरिक भत्ता पाउनेहरू रु एक हजार नौ ४०, ज्येष्ठ नागरिक (दलित) तीन सय १०, ज्येष्ठ नागरिक एकल महिला पाँच सय ४०, विधवा (आर्थिक सहायता) पाँच सय ३३, पूर्ण अपाङ्गता एक सय चार, अतिअशक्त एक सय ४९, दलित बालबालिका चार सय १५ छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: