Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

कोरोनाको निःशुल्क उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमितहरूको उपचारका लागि १७ वटा अस्पताल तोकेको छ । असार ३१ गतेको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको उपचारका लगि अस्पताल तोकेको जनाएको छ ।

कोभिड १९ संक्रमणको मध्यम अवस्था र गम्भीर अवस्था भएका बिरामीहरूको उपचारका लागि सबै प्रदेशमा अस्पताल तोकेको हो । 

जसका लागि प्रदेश १ मा कोसी अस्पताल (विराटनगर) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) लाई तोकिएको छ । त्यसैगरी मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल (जनकपुर) र नारायणी अस्पताल (वीरगञ्ज) लाई उपचारको जिम्मा दिइएको छ । वाग्मती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु), भरतपुर अस्पताल (चितवन), वीर अस्पताल (महाबौद्ध), त्रिवि शिक्षण अस्पताल(महाराजञ्ज), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (लगनखेल) लाई कोभिड उपचारका लागि तोकिएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा) र धौलागिरि अस्पताल (बाग्लुङ), लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल(बुटवल) र भेरी अस्पताल(नेपालगञ्ज) कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(जुम्ला) र सुर्खेत प्रार्देशिक अस्पताल (वीरेन्द्रनगर) साथै सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल (डडेलधुरा) र सेती प्रादेशिक अस्पताल (कैलाली)लाई निःशुल्क कोभिड संक्रमितको उपचार गराउने भन्दै सरकारले जिम्मा दिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा बस दुर्घटना : चालकसहित १० जना घाइते

तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...

भक्तपुरमा विश्वकप फाइनल हेर्दा भएको झडपमा एक युवाको मृत्यु, १८ जना पक्राउ

काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...

गगन थापाको टिप्पणी: २०७२–२०८२ कांग्रेस र मुलुकका लागि ‘अँध्यारा’ वर्ष

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...

एक वर्षमा थोराङ्ला पास भएर ११ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...

भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्रीविरुद्ध आन्दोलन चर्कियो

नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...

मेची राजमार्ग १५ दिनदेखि अवरुद्ध, मेची पहाडमा दैनिक उपभोग्य वस्तुको अभाव

इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७२६ अंकमा पुग्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...

रास्वपा सांसदका लागि महामन्‍त्रीको पाँचबुँदे निर्देशन, निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग अनिवार्य समन्वय गर्नु

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...

निजी अस्पतालका १० प्रतिशत बेड र निजी शैक्षिक संस्थाका १० प्रतिशत सिट कडाइका साथ कार्यान्वयन हुने

काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...

प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट्ने तयारी

काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending