Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

पुल बन्यो, बाटो बनेन : जोखिम मोलेर यात्रा गर्न बाध्य डुडुवाका स्थानीय

खबरडबली संवाददाता

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बने पनि दुवैतर्फका पहुँचमार्ग व्यवस्थित नबनाइँदा स्थानीयवासी दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्।

स्थानीयका अनुसार पुलसँग जोडिने सडकको सतह नमिलाइएकाले पुलमा चढ्न र ओर्लन निकै कठिन छ। प्रवेशद्वार साँघुरो हुनुका साथै कङ्क्रिटका अवरोध राखिएकाले मोटरसाइकल, साइकल र अन्य साना सवारी सञ्चालन गर्नसमेत समस्या भइरहेको छ।

डुडुवा खडैँचाका रामफेरन बर्माले पुल प्रयोग गर्दा सन्तुलन गुम्ने जोखिम सधैँ रहने बताए। विशेषगरी वर्षायाममा सडक चिप्लो हुने भएकाले दुर्घटनाको सम्भावना झन् बढेको उनको भनाइ छ।

स्थानीय रमेश मिश्रले पुल निर्माणपछि सहज आवागमन हुने अपेक्षा गरे पनि अहिले झन् त्रासका बीच यात्रा गर्नुपरेको बताए। उनका अनुसार विद्यार्थी, महिला र ज्येष्ठ नागरिकलाई पुल पार गर्न सबैभन्दा बढी कठिनाइ भइरहेको छ।

स्थानीयले पुलसँग जोडिने सडकको सतह नमिलेकाले पैदलयात्रीदेखि सवारी चालकसम्म सबैलाई समस्या भएको बताएका छन्। पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि आवश्यक सुधार नगरिएको उनीहरूको गुनासो छ।

यता डुडुवा गाउँपालिका–१ का वडाध्यक्ष पटेश्वर कुर्मीले पुल तीन वर्षअघि प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको भए पनि वडा कार्यालय र गाउँपालिकासँग कुनै समन्वय वा सुझाव नलिइएको बताए।

उनका अनुसार खोलामा तटबन्ध गरेर पुल निर्माण गर्नुपर्ने स्थानमा कटान हुने क्षेत्रमा पुल बनाइएकाले दुवैतर्फबाट खोलाले कटान गर्दै जाँदा पहुँचमार्ग बिग्रिएको हो। यही कारण अहिले पुल भएर यात्रा गर्नु नै जोखिमपूर्ण बनेको उनले बताए।

स्थानीयले तत्काल पहुँचमार्ग मर्मत, सडकको सतह मिलाउने र आवश्यक सुरक्षा व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार समयमै सुधार नगरिए ठूलो दुर्घटना हुन सक्ने जोखिम बढ्दै गएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सक्कली बिल लिने उपभोक्तालाई सरकारको उपहार : दैनिक लखपति, महिनामा दुई जनाले पाउने १०–१० लाख

  काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...

कोशी सरकार फेरबदलको बहस तीव्र : कांग्रेस अन्योलमा, वाम गठबन्धनको सम्भावना बलियो

विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरदेखि युरोसम्म कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...

पुल बन्यो, बाटो बनेन : जोखिम मोलेर यात्रा गर्न बाध्य डुडुवाका स्थानीय

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...

आयु सकिएको कोशी ब्यारेज : नयाँ पुलको योजना रोकिँदा बढ्दो जोखिममा लाखौँ नागरिक

काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...

आज पनि देशभर वर्षा, ६ प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने चेतावनी

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...

धनगढीमा २७ लाखभन्दा बढीका प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद

धनगढी । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार...

कालीमाटीको नयाँ मूल्यसूची सार्वजनिक, गोलभेँडा ५० र भारतीय प्याज ५७ रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा...

मोरङमा १४ लाखभन्दा बढीका अवैध सामान बरामद, एक जना पक्राउ

विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका १४ लाख ८६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट...

दुई दिने सार्वजनिक बिदा लागू भएपछि अन्य बिदा पुनरावलोकन हुँदै, अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णयसँगै अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्ने प्रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending