Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

विद्यार्थी आकर्षणको केन्द्र बन्दै ‘महाकवि देवकोटा नमूना मावि’

खबरडबली संवाददाता

परासी । सामुदायिक विद्यालय भन्नासाथ पढाइ कमजोर हुन्छ, भन्ने बुझाइका कारण धेरै अभिभावक निजी विद्यालयप्रति आकर्षित छन् । तर शैक्षिक गुणस्तर सुधार गर्दै पछिल्लो पटक सामुदायिक विद्यालय पनि अब्बल बनिरहेका छन् । धेरै सामुदायिक विद्यालय निजी विद्यालयलाई चुनौती दिने अवस्थामा पुगेका छन् ।  

यसैको ज्वलन्त उदाहरणको रुपमा नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०को सुनवल नगरपालिका–४ स्थित महाकवि देवकोटा नमूना माध्यामिक विद्यालय यतिबेला विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ । विद्यालयले गुणस्तरीय शिक्षा दिँदै उत्कृष्ट नतिजा ल्याउन थालेपछि विद्यार्थीको चाप ह्वात्तै बढेको विद्यालयका प्रधानाध्यापक खेमलाल शर्मा जोशी बताउछन् । यो विद्यालय जिल्लाकै अब्बल र नमूना विद्यालयको रुपमा स्थापित छ । 

“यस विद्यालयमा विद्यार्थीको चाप अत्याधिक छ, कक्षा कोठा अभावले सबै विद्यार्थी भर्ना गर्न असमर्थ छौँ, कक्षागत आवश्यक सङ्ख्या किटान गरी प्रवेश परीक्षामार्फत भर्ना गर्ने अभ्यास गरिरहेका छौँ”, उनले भने। 

शैक्षिक सत्र २०७१ देखि उच्च शैक्षिक नतिजा लगातार पाँच वर्षसम्म प्राप्त गरी नेपाल सरकारले निर्धारण गरेका सूचक पूरा गरी जिल्लाकै अग्रणी नमूना विद्यालय विकासमा छनोट भई सोही अनुसार यस विद्यालयले पाँच वर्षे विद्यालय सुधार गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिरहेको छ । हाल यस विद्यालयमा करिब दुई हजार ३०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शिक्षक र कर्मचारी गरी १०३ जना कार्यरत छन् । यो विद्यालय सङ्घीय सरकारबाट जिल्लाकै पहिलो नमूना विद्यालयमा छनोट भएको थियो, भने गतवर्ष लुम्बिनी प्रदेश सरकारबाट उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा घोषित भएको थियो । 

विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म अङ्ग्रेजी माध्यममा तथा कक्षा ११ र १२ मा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुने गरेको छ भने कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, शिक्षा, मानविकी र कानुन सङ्कायका कक्षा सञ्चालनमा रहेको प्रधानाध्यापक शर्माले बताए।

यसका साथै डिप्लोमा ईन अटोमोबाइल इञ्जिनीयरिङ९३६ महिने०, छोटो अवधिको प्राविधिकधार तर्फको तालीम, खुल्ला एसइई, प्राविधिक धारतर्फको पुरक पाठ्यक्रम पनि सञ्चालनमा छ । उत्कृष्ट व्यवस्थापन, शिक्षकको मेहनत, आवश्यकता अनुसारको भौतिक पूर्वाधार, बालमैत्री, अपाङ्गतामैत्री र छात्रा मैत्री वातावरणलगायतका कारण विद्यालय अब्बल बन्दै गएको प्रअ शर्माको भनाइ छ । 

“सिकाइ उपलब्धिलाई वृद्धि गरी कक्षा दोहो¥याउने विद्यार्थी दर घटाइएको छ, गुणस्तरीय शिक्षाका लागि शिक्षणमैत्री भौतिक पूर्वाधार निर्माण गरिएको छ, नतिजा विश्लेषण तथा परामर्शलाई प्रभावकारी गराइएको छ”, उनले भने। 

विद्यालयले प्रतिस्पर्धी, सक्षम र रोजगार उन्मुख नागरिक उत्पादनमा जोड दिएको उल्लेख गर्दै उहाँले विद्यालयलाई अब्बल बनाउन वार्षिक तथा दैनिक पाठ योजना बनाइ शिक्षण गर्ने गरिएको, शिक्षकलाई विषयगत पेसागत तालिम दिने गरिएको, प्रविधिको उच्चतम प्रयोगमा अग्रसर गराइएको छ । मुलुककै उत्कृष्ट विद्यालयमध्येको एक शैक्षिक गन्तव्य बनाउने उद्देश्यका साथ आफूहरु अघि बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्याल बताउछन् । 

“यस विद्यालयलाई यस क्षेत्रको शैक्षिक हवको रुपमा विकास गर्दै भ्रमणयोग्य शैक्षिक गन्तव्यको रुपमा विकास गर्दै लैजाने मूख्य उद्देश्य हो, बालमैत्री वातावरण, साधारण र प्राविधिक शिक्षामा उच्चतम् सिकाइ उपलब्धि सुनिश्चित गरी प्रतिस्पर्धी, रोजगार उन्मुख, नैतिक र असल नागरिक उत्पादन गर्ने नमूना र नेतृत्वदायी संस्थाको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ”, उनले भने।

 विद्यालयलाई थप व्यवस्थित र शैक्षिक हवको रुपमा विकास गर्न प्राविधिक शिक्षातर्फ थप न्यूनतम चार कोठा, आधारभूत तह तथा विज्ञान कक्षामा न्यूनतम तीन वटा स्मार्ट कक्षाको लागि विद्यार्थीमैत्री आवश्यक आधुनिक फर्निचर तथा अन्य सामग्रीसहितको स्मार्ट कक्षाको व्यवस्थापन, आधुनिक प्रविधिका फर्निचरसहितको कक्षा कोठा व्यवस्थापन, विद्यालयको पश्चिमतर्फ तुरियाखोलामा तटबन्ध गर्नुपर्ने, मण्टेश्वरी कक्षामा एसी जडान गर्नुपर्ने आवश्यकता देखिएकोले तीनै तहका सरकारबाट सहयोगको अपेक्षा राखिएको अध्यक्ष अर्यालले बताए। 

विसं २०१६ मा तत्कालीन सरस्वती प्राविको रुपमा स्थापना भई हाल महाकवि देवकोटा माविको रुपमा परिचित सो विद्यालय तीन ठाउँमा सञ्चालनमा छ । सुनवल–१, ४ र १० मा रहेका छुट्टाछुट्टै भवनबाट एकैपटकमा ५१ कक्षा सञ्चालन हुने गरेको छ । विद्यालयको प्रशासनिक व्यवस्थापन सहज बनाउन एक प्रधानाध्यापक, दुई सहायक प्रधानाध्यापक, तहगत र विषयगत संयोजक तोकी जिम्मेवारी बाँडफाँड गरिएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरि सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशत बढ्दै

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...

राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार  प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending