Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

धरानका मेयर साम्पाङको श्रमदान अभियान

खबरडबली संवाददाता
धरान । सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई ९साम्पाङ० यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिएका छन्। धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न साना खोलाको पानी सङ्कलन गर्न उनले अभियान नै सुरु गरेका छन् । उनको अभियानमा धराने अधिकांश जनता सहभागी भएका छन् । 
 
धरानको नेतृत्वमा नआउँदासम्म उहाँ हप्ताको सातै दिन जनताको कामका लागि सडकमा देखिन्थे । त्यसबेला उनले गरेको काम र अभियानको चर्चा खासै थिएन । कतिपय उनले चलाएको अभियानमा असफल पनि भए साम्पाङ । तर उनी सफलता नै सफलताको कडी हो भन्ने बुझेर उनले आफ्नो अभियान निरन्तर जारी राखे । 
 
दक्षिण एशियाको उत्कृष्ट अस्पताल तथा शिक्षण संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको बेथिति र जनताले स्वास्थ्य उपचार सेवामा भोग्नुपरेको समस्या समाधानका लागि उनले अभियान चलाए । खानेपानी समस्याका विषयमा उनको अझ बढी चासो र चिन्ता थियो । खानेपानी बोर्डका कार्यकारी निर्देशक, तत्कालीन नगर प्रमुख तिलक राई, धरान उपमहानगरपालिकाका अधिकृत खगेन्द्रप्रसाद खतिवडालाई उनले टेलिफोनमा थर्काएका भिडियो जनताले प्रत्यक्ष हेर्न पाएका थिए । जनताका लागि पदमा बसेका व्यक्तिलाई गरेको खबरदारीले धराने जनताबाट पाउनुभएको गहिरो सहानुभूतिले उनलाई प्रमुख भएर त्यही समस्या समाधान गर्ने स्थानमा पु¥यायो । 
 
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा करिब पाँच हजार मतान्तरले धरान उपमहानगरपालिकाको प्रमुखमा सानदार जीत निकाल्न सके । धरानको कुल मतदाता एक लाख ३२४ जना रहेकामा ६२ हजारले मतदान गरेका थिए । त्यसमध्ये २० हजार ८२१ मतदाताले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पन्छाएर स्वतन्त्र उम्मेद्वार साम्पाङलाई मत दिएका थिए । आर्थिक अवस्था त्यति राम्रो नभएका उनलाई चुनाव खर्च पनि उनीहरुकै समर्थकले जुटाइदिएका थिए । 
 
नेतृत्वमा पुगेपछि जनतासँग गरेको वाचा मात्र बिर्सने कतिपय नेताहरुका लागि उहाँ प्रमुखमा जित्दै गर्दा यस विषयमा निकै सचेत देखिए। उनी प्रमुखको कुर्सीमा बसेपछि पनि धराने जनताको साथ लिएर सडकमै उत्रिएका छन्। जनता पनि उनको साथ छाडेका छैनन् र उहाँका समर्थक, शुभचिन्तक अझ बढेको बताउछन् अभियानका सहयोगी हरि श्रेष्ठ । तीन लाख जनसङ्ख्या बस्ने धरानमा विगतका जनप्रतिनिधिले खानेपानीको विषयमा कसैले ध्यान नदिएको लिएको ऋणको पनि सदुपयोग नभए पनि जनताले स्वतन्त्र उम्मेदवारलाई रोजेको उनको भनाइ छ ।  
 
उनले आफ्नो सम्पूर्ण समय पदीय जिम्मेवारीमै लगाउनुभएको छ । साताको दुई दिन शुक्रबार र शनिबार समर्थक र शुभचिन्तकका साथमा कार्यस्थलमै जानुहुन्छ भने बाँकी दिन उपहानगरको दैनिक र प्रशासनिक कामका लागि दिन्छन् । उनले निर्वाचनमा प्रतिबद्धता जनाएको काम निर्वाचित भएर पदभार ग्रहण गरेकै दिनदेखि कार्यान्वयनका लागि लागे । 
 
धरानको प्रमुख समस्याका रुपमा रहेको खानेपानी समस्या समाधान गर्न पानी व्यवस्थापनका लागि उनले यतिबेला आफ्नो बढी समय खर्चनुभएको स्थानीयवासी बताउँछन् । उहाँले दैनिक गर्ने हरेक कामको जनतालाई आफ्नो फेसबुक पेजबाट जानकारी गराउँदै आएका छन् । आफूले जिताएको जनप्रतिनिधिले के गर्दैछ भन्ने जानकारी फेसबुक पेजबाट जनताले थाहा पाउँदा मतदाता पनि खुसी लागेको धरान १५ का विष्णु लिम्बू बताउछन् । उनी भन्छन्, “त्यही सूचनाका आधारमा जनता आफ्ना जनप्रतिनिधिको काममा सहयोग गर्न जाने गरेका छौँ ।” 
 
नगर प्रमुख भएर आउनेबित्तिकै उहाँले उहाँले खानेपानी स्रोत व्यवस्थापनका लागि प्राविधिक टोलीसहित स्थलगत अध्ययन गरे । धरानका साना खोला र सप्तकोसीबाट पानी ल्याउन अध्ययनका लागि गए । उनले धरानको वडा नं २० मा पर्ने पकुवा खोलामा खेर गइरहेको पानी व्यवस्थापन गर्न पहिलो अभियान चलाए। फेसबुकबाट श्रमदानको आह्वान र पाइप सहयोगका लागि गरेको आह्वानले देश विदेशमा रहनुभएका धराने जनताले सहयोग गरे । धरानमा हुनेले श्रमदान र विदेशमा हुनेले आर्थिक सहयोग गरे । 
 
शनिबार, शुक्रबार र अन्य सार्वजनिक बिदाका दिन प्रमुख आफैँ पुगेर श्रमदान गरे । अन्य दिन धराने जनताले श्रमदान गरेर तीन हप्ताको मेहनतमा पहाड छेडर पकुवाको पानी पाइपमार्फत सर्दुखोला हुँदै धरान–११ स्थित पानेपानीको ट्याङ्कीसम्म जोडिएको छ । सरकारी बजेट हुने हो भने यो करिब रु ६०÷७० लाखको योजना हुने प्राविधिकले बताएका छन् । 
 
पकुवा खोलाको पानी खानेपानीको ट्याङ्कीसम्म ल्याउन सफल भएपछि प्रमुख साम्पाङ सामाजिक सञ्जालबाटै आह्वान गरेर धरान–४ बाट बग्ने निशाने खोलाको पानी व्यवस्थापनमा लागेका छन् । एक सातादेखि उनी धराने जनतासँगै श्रमदान गर्दै आएका छन् । पर्यावरण सन्तुलन कायम गर्न साप्ताहिकरुपमा उहाँ वृक्षरोपण कार्यक्रम बनाएर पाखाभित्तामा फलफूलका बोटबिरुवा रोप्दै आएका छन् । वन, जङ्गल अभाव र भएको वन जङ्गलमा चराचुरुङ्गी, बाँदरलगायत पशुपक्षीले खाने आहाराको अभावले बाँदर सहर पसेको र अन्य पशुपक्षी मासिएको उनको बुझाइ छ । त्यही भएर उनी वृक्षरोपण कार्यक्रममा पनि उत्तिकै समय दिँदै आएका छन् । शुक्रबार उहाँ सार्वजनिकरुपमा लागुऔषधसम्बन्धी सचेतना जगाउन धरानका चोकमा नियमित ‘प्ले कार्ड’ बोकेर ‘नो ड्रक्स’ को अभियान पनि चलाइरहेका छन्।
 
प्रमुख साम्पाङले भविष्यमा कोसीको पानी धरान ल्याउने योजना रहेको र अध्ययन भइरहेकाले उक्त पानीलाई ठूलो जलाशय बनाएर जम्मा गर्ने र त्यसबाट नै बिजुली पनि निकाल्ने आफ्नो अवधारणा सुनाए । त्यसका लागि जलाशय बनाउन भनेर प्रस्तावित ठाउँसम्म प्राविधिक, इञ्जिनीयरलाई अवलोकन गराएका छन् । 
 
पूर्वाञ्चल प्राविधिक कलेका इञ्जिनीयरले कोसीको पानी जम्मा गर्न जलाशय बनाउने ठाउँ उपयुक्त भए पनि त्यस स्थानको सोइल टेष्ट गरेर मात्रअघि बढ्न सुझाव दिनुभएको छ । अहिले वर्षाको समयमा पनि खर्दु खोलाको पानीबाट ४० किलोवाट बिजुली उत्पादन गर्न सकिने र हिउँदमा पाँच÷छ किलोवाटसम्म बिजुली उत्पादन गर्न सकिने सुझाव दिएको प्रमुख साम्पाङले बताए। पकुवा खोलामा जनश्रमदान गरेर पानी ल्याउने प्रमुख साम्पाङको योजना सफल भएपछि कोसी राजमार्गको धरान धनकुटे सडकखण्डमा पर्ने निशाने खोलामा पनि श्रमदान अभियान सुरु गरिएको छ । 
 
जङ्लमा जमिनमुनिको पानी तान्ने पम्प महिनामा दुई÷तीनपटक बिग्रिने र एउटा पम्प बनाउन रु दुई लाखसम्म खर्च हुने गरेको छ । वर्षायाममा खोला खोल्सीमा भएको सतहको पानी ल्याउनसके पम्प चलाइरहन नपर्ने र वर्षायामभरि पम्प बिग्रेर बनाउनु नपर्ने तथा बिजुली चलाएको खर्च जोगिने प्रमुख साम्पाङले बताउछन् । दीर्घकालीन समाधान भने कोसीबाट पानी ल्याउनैपर्ने उहाँ बताउछन् । 
 
उनी खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा आफ्नो स्थान बनाउन सङ्घर्षरत पात्र हुनु छन् । विसं २०३९ फागुन १५ गते खार्ताम्छामा जन्मनुभएका साम्पाङ त्यहीँको शुक्रबारे माविबाट एसएलसी गरेर २०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए। उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरे। अध्ययनकै क्रममा उनले धरानमा एउटा ल्याङ्ग्वेज सेन्टरमा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यसमा पनि चित्त नबुझेपछि अफगानिस्तान गएका उनी त्यहाँबाट फर्किएर पुनःइराकतिर लागे । 
 
विदेशमा छ वर्ष काम गरेपछि नेपाल फर्किएको उनी देशमै केही गर्नुपर्छ भनेर सामाजिक काममा लागे । धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गमा परेका स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उहाँको चर्चा सुरु भएको हो । सडक विस्तारका नाममा नगरवासीलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएसँगै उहाँको परिचय फैलियो र धेरैले उनलाई जनताका पक्षमा बोल्ने अगुवाका रुपमा चिन्न थाले ।
 
सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भएको थियो । भूमिगत खानेपानीका लागि काम सुरु भएर पानी वितरण त भयो तर समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । उहाँले पहिलोपटक हिक्मत गरेर आयोजनाप्रति नै प्रश्न गर्न थाले । खानेपानीमा राजनीतिक दलले गरेका बद्मासीबारे खुलेर विरोध गरे। उनी एक्लै सडकमा उत्रिए। विस्तारै अरुले साथ दिन थालेका थिए । 
 
कतिपय अभियानमा असफलता भए तर कहिल्यै निराश भने भएनन् । सामाजिक, राजनीतिक र स्थानीय तह र सार्वजनिक संस्थामा हुने गरेका विकृति र विसङ्गतिविरुद्ध उहाँले निरन्तर प्रश्न उठाए। आज पनि उनको अभियान जारी छ । 
 
धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उहाँले आवाज बुलन्द पारे। दलको कामबाट दिकदार भएका धराने जनता फाट्टफुट्ट उनको आन्दोलनमा साथ दिन थाले । उनको आन्दोलनबारे राजनीतिक दल, सञ्चारमाध्यामले कुनै चासो नदिए पनि उहाँ निरन्तर खबरदारीमा लागि रह। 
 
राजनीतिक दल र नेताहरू सुध्रिनुपर्छ, भ्रष्टाचार, कमिसन र लुट शासनको अन्त्य हुनुपर्छ भन्ने उनको मान्यता रहेको छ । यस्ता विषयमा उहाँ निरन्तर फेसबुकमा लाइभ गर्दै आएका छन्। प्रमुख भएपछि पनि उहाँ सार्वजनिक चासोका विषय, धरान उपमहानगरपालिकाले गरिरहेको गतिविधि नियमित सामाजिक सञ्जालमार्फत जानकारी गराइ राख्नुभएको छ ।
 
एक दशकदेखि धरानका सडकमा कहिले एक्लै कहिले सानो समूह लिएर प्लेकार्ड, ब्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता छन् । उनले सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका मानिसले पनि भू–माफियासँग मिलेर फेरि जमिन हड्प्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । हर्क साम्पाङ पनि त्यसमा जोडिए । पोलिखे उनको मृत्यु भएपछि त्यो काम साम्पाङले गरे ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले गर्याे अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सरकारको निर्देशन

नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने

आयोग र प्रतिष्ठानलाई खारेज होइन, सुधार गरी सुदृढ बनाइनेछ: प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...

युएईले नेपाललाई दियो १२९ रनको चुनौती : सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...

विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राखौँ : शिक्षामन्त्री पोखरेल

उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...

तीन ऐन संशोधनका विधेयक संसद्मा पेश गर्न सरकारको स्वीकृति

काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई जना नियुक्त

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु (सुचीसहित)

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending