डोटी । डोटीमा केही दिनयतादेखि भइरहेको लगातारको वर्षातले यहाँका ग्रामीण क्षेत्रका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि यहाँका गाउँघरमा खाद्य सङ्कटको अवस्था सृजना भएको छ । वर्षातले ठाउँठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका हुन् । वर्षाले यहाँका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सवारी साधन सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए।
सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण यहाँका जोरायल, गड्सेरा, दिपायल नापानी, बोगटान, धुर्कोट, मुडभारा, नारीदाङ, गैरा–धुर्कोट सडकमा यातायात अवरुद्ध छन् । सडक अवरुद्ध भएर सवारी साधन चल्न समस्या भएपछि यहाँका गाउँघरका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि समस्या हुँदै आएको नारिदाङका स्थानीयवासी लक्ष्मणबहादुर माझीले बताए। उनले भने, “वर्षाले गाउँका सडक बन्द भए हामीलाई दैनिक उपभोग्य वस्तु खरिदका लागि पनि समस्या भएको छ, सामान्य नुन र तेल किन्न पनि हिँडेर दिपायल पुग्नुपर्ने बाध्यता छ ।”
वर्षाका कारण अवरुद्ध भएका सडक सञ्चालनका लागि पहल भए पनि वर्षा नरोकिएका कारण खुलाउन नसकिएको सडक डिभिजन कार्यालय दिपायल कुल्पातेले जनाएको छ । गाउँका सडकमा यातायातका साधन सञ्चालन हुन बन्द भएपछि अहिले यहाँका किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको बोगटान फुड्सिल गाउँपालिका–५ का किसान देवबहादुर बोहराले बताए । उनले भने, “गाउँमा साग तरकारी तथा फलफूल प्रशस्त मात्रामा फलेका छन्, बिक्री गर्न बजार लैजान सक्ने अवस्था नभएर सबै बारीमै कुहिन थाले, किसानलाई समस्या भयो ।”
लामो समयदेखिको वर्षातले गाउँका सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा किसानलाई झनै सास्ती हुँदै आएको छ । यतिमात्र नभई सडक अवरुद्ध भएका कारण यहाँका गाउँघरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको उग्रतारा यातायात प्रालि दिपायल शाखाका प्रमुख किष्णराज भट्टले बताए। उनले भने, “वर्षातले सडक अवरुद्ध भए, गाउँमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सकिएको छैन, गाउँमा खाद्य सङ्कटको अवस्था सृजना भएको छ ।” यतिमात्र नभई लगातारको वर्षाका कारण यहाँका नदी तथा खोलामा बाढी आएका कारण जोखिम निम्तिन सक्ने भन्दै स्थानीयवासीहरुमा त्रास उत्पन्न भएको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी मोहनबहादुर पातलीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १९:४९
जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...
आषाढ़ १८ गते, २०८३ - १९:४१
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...
आषाढ़ १८ गते, २०८३ - १३:२९
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:०२
काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...
आषाढ़ १८ गते, २०८३ - १२:५२
धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...



प्रतिकृया लेख्नुहोस्: