Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

जग्गा विवादले अस्पताल भवन निर्माण अलपत्र

खबरडबली संवाददाता

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन अलपत्र परेको छ । गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले वडा नं ४ कुरिनटारमा विसं २०७७ देखि २५ शय्याको अस्पताल बनाउन सुरु गरेको थियो । तर अहिले जग्गा विवाद उत्पन्न भएपछि अस्पताल भवन निर्माण रोकिएको छ ।

तत्कालीन समयमा अस्पताल निर्माण सुरु गर्दा पु¥याउनुपर्ने मापदण्ड पूरा नगरी अस्पताल भवन निर्माण थाल्दा दुई वर्ष बितिसक्दा पनि अस्पताल निर्माणको कामले पूर्णता पाउन नसकेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेटमा रु ५० लाख बजेट विनियोजन गरी सर्वशान्ति क्याम्पसको पछाडिपट्टि सार्वजनिक जग्गामा अस्पताल निर्माण सुरु गरेको थियो । उक्त समयमा बोलपत्र प्रक्रिया गरी भवन निर्माणको काम सुरु गरेका थिए । उतिबेलै भवनको जग राख्ने कामसमेत सकिएको थियो । तर बीचमा जग्गाको स्वामित्वका विषयमा टुङ्गो लाग्न नसकेपछि हालसम्म पनि भवन निर्माणले पूर्णता पाउन सकेको हो ।

गाउँपालिकाले सार्वजनिक जग्गा भनेर निर्माण सुरु गरेको उक्त जग्गा वन कार्यालयले वन क्षेत्रभित्रको जग्गा जनाउँदै अस्पताल निर्माण रोकिदिएपछि अलपत्र परेको हो । करिब रु १० करोड लागत लाग्ने अनुमानका साथ भवन निर्माण सुरु गरिएको थियो । 

तत्कालीन गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले गाउँपालिकाभित्रको जग्गा गाउँपालिकाले जुनसुकै प्रयोजनका लागि प्रयोग गर्न सकिने भएकाले आफूहरूले नागरिकको सुविधाका लागि अस्पताल भवन निर्माण थालेको बताए  । 

नवनिर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले भने, “जग्गा अस्तालको स्वामित्वमा ल्याउनुपथ्र्यो, त्यसो नगरी भवन निर्माण सुरु गर्दा समस्या सिर्जना भएको हो ।” जग्गाको स्वामित्व अस्पतालका नाममा ल्याउने प्रयास जारी रहेको उनले बताए  ।
 
यही आर्थिक वर्षभित्रमा अस्थायी भवन निर्माण गरी १५ शय्याको इच्छाकामना अस्पतालको सेवा भने सुरु गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । उनले भने, “तत्कालका लागि अस्थायी संरचना निर्माण गरी इच्छाकामना अस्पतालको सेवा सुरु गरिनेछ भने रोकिएको भवन निर्माणको कामसमेत जग्गा प्राप्तिको प्रक्रिया पूरा गरी सुरु गर्नेछौँ ।”

सामान्यबाहेक अन्य स्वास्थ्य सुविधा लिनुपरे जिल्ला सदरमुकाम भरतपुर जानुपर्ने बाध्यता रही आएको छ । इच्छाकामना अस्पताल निर्माण भएमा इच्छाकामनासहित गोरखाको गण्डकी र सहिद लखन, तनहुँको आँबुखैरेनी र धादिङको बेनीघाट रोराङ गाउँपालिकाका जनताले समेत सेवा प्राप्त गर्ने जनाइएको छ । यस्तै सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने मुख्य राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड यसै क्षेत्र पर्ने भएकाले यस क्षेत्रमा हुने सवारी दुर्घटनाका घाइतेलाई समेत उपचार गर्न सहज हुने देखिन्छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending