Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

याकखर्कमा चौरीको आलो रगत पिउनेको भीड

खबरडबली संवाददाता

गलेश्वर । हिमाली जिल्ला मुस्ताङको ठिनीस्थित याकखर्कमा जारी चौरी र याकको  आलो रगत पिउने मेलामा सर्वसाधारणको भीड लागेको छ । साउन ४ देखि सुरु भएको उक्त मेलामा दैनिक १०० बढी मानिस चौरी र याकको आलो रगत पिउन आउने गरेको स्थानीय चौरी पालक किसानको भनाइ छ । 

मुस्ताङ, म्याग्दी, पर्वत र पोखराबाट समेत मानिस चौरीखर्कमा पुगेर रगत पिइरहेका स्थानीय इन्द्रसिंह शेरचनले जानकारी दिए । स्थानीयवासी शेरचनका अनुसार हिमाली लेकमा पाइने शक्तिवद्र्धक जडीबुटी यार्सागुम्बा, जटामसी, निरमसी,  कुटुकी, वन लसुन, पाँचऔँले, जिम्बुलगायत जडीबुटी खाने भएकाले याक र चौरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने विश्वासका साथ मानिस चौरी रगत पिउन आउने गर्दछन् । 

यसरी चौरी र याकको आलो रगत खानाले यौनशक्ति वृद्धिहुने, ग्यास्टिक, गानोगोला, कमजोरीपना, सुगर र प्रेसरलगायत रोग निको हुने स्थानीयवासीको भनाइ छ । तर, यस विषयमा चिकित्सक भने मौन छन् । उनीहरूका अनुसार स्वास्थ्य परीक्षण नगरिकन कुनै पनि जीवको रगत र मासु सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

मुस्ताङको सदरमुकाम जोमसोमदेखि ठिनीहुँदै करिब एक घण्टाको पैदलयात्रा पछि याक खर्कमा पुग्न सकिन्छ । प्राकृतिक सुन्दरताले युक्त नमखुलेकको याकखर्क अहिले रोमाञ्चक र पीडादायी दुवै किसिमका दृश्य एकै साथ देखिएका याकखर्कमा पुग्नुभएका राजन सापकोटाले बताए  ।

सिमसिम पानी परेको बेलामा नमखुलेक र याकखर्कको सुन्दरताले लोभ्याउने भए पनि याकचौरीको घाँटी चक्कुले रेटेर निकालेको रगतको धारा गिलासमा भरेर  पिएको दृश्य भने निकै पीडादायी लाग्ने उनको भनाइ छ । चौरी मेलामा किसानले पालेका २५० भन्दा बढी चौरी र याकलाई ल्याइएको छ । ती याक र चौरीलाई तालिमप्राप्त सिपालु मान्छे (स्थानीय भाषामा आम्जी) ले घाँटीमा नशा पत्ता लगाई चापो (एक किसिमको चक्कु)ले नशा काटेर रगत निकाल्ने गर्दछन् । रगत निकाली सकेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौरी छाडिन्छ ।

यहाँका खर्कमा प्रत्येक वर्ष साउन र वैशाख गरी दुई पटक आलो रगत निकालेर बिक्री गर्नका लागि नै चौरीको रगत पिउनले मेला आयोजना हुँदै आएको छ । घरपझोङ गाउँपालिकाको नमखलेक र थासाङ गाउँपालिकाको मार्चे लेकमा पनि अहिले चौरीको रगत निकाल्ने मेला सञ्चालन भएको छ ।

नमखुलेखको याकखर्क निलगिरी हिमालको फेदमा रहेको छ । यो क्षेत्र प्राकृतिक सुन्दरताले समेत चित्ताकर्षक छ । हिमालको काखमा पुगेर विशुद्ध प्राङ्गारिक जडीबुटी खाएका याक र चौरीको रगत पिउँदै हिमाली सौन्दर्यमा रमाउन पाउँदा निकै आनन्द हुने याकखर्कमा पुगेर चौरीको रगत पिएर फर्किनुभएका म्याग्दीका युवा सन्तोष सुवेदीले बताए  ।

कमाउँदै चौरीपालक किसान

मुस्ताङका चौरी र याकपालक किसान वर्षको दुई पटक हिमाली खर्कमा लाग्ने मेलामा चौरी र याकको आलो रगत बिक्री गरेर आम्दानी लिन पाएका छन् । मानवीय संवेदना, मानव स्वास्थ्यका लागि उपयुक्त वा अनुपयुक्त के छ, भन्ने दृष्टिकोणबाट जसरी हेरिए पनि किसानका लागि भने यो मेला पैसा कमाउने माध्यम बनेको छ ।

यस भेगका चौरी खर्कमा झण्डै ३०० को हाराहारी याक र चौरी पालिएका  स्थानीय बासिन्दा तथा चौरीपालक किसान पुरन गौचनले बताए  । स्थानीय बासिन्दा एवं चौरीपालक किसान भूपेन्द्र शेरचनका अनुसार याक र चौरी पाल्ने किसानका लागि आलो रगत निकालेर बेच्ने कार्य वैकल्पिक आम्दानीको स्रोत पनि हो । एउटा वयस्क याक तथा चौरीबाट न्यूनतम १५ देखि अधिकतम ३५ गिलाससम्म रगत निकालेर प्रतिगिलास दुई सयमा बेच्ने गरिएको चौरीपालक किसान शेरचनको भनाइ छ । 

मुस्ताङमा नै याकचौरीको मूल्य बढिरहेको छ ।  चिसो भूगोल र जङ्गली प्राङ्गारिक जडीबुटी खाएर हुर्काइएका याक र चौरीको मासु स्वादिलो र पोषिलो हुने हुनाले मासुको समेत उच्च माग हुनेगरेको किसानले बताएका छन् । चौरीबाट उत्पादित दूधबाट दही, घ्यु, चिज र छुर्पीलगायत परिकार बनाएर बिक्री गर्ने गरिन्छ ।

पशुमाथिको निर्मम शोषण

स्वाद, उपचार, मनोरञ्जन र व्यापारको दृष्टिकोणले जतिसुकै राम्रो मानिए पनि कुनै पनि जीवित पशुको घाँटी चक्कुले रेटेर रगतको धारा निकाली, गिलासमा भरेर पिउनु मानवीय दृष्टिकोणले कत्ति पनि उचित नभएको र यस्तो कार्य अवोध पशुमाथि मानिसले गरेको निमर्म शोषण भएको पाका मानिसको भनाइ रहेको छ ।

विज्ञानले चिकित्सा क्षेत्रमा नयाँनयाँ खोज र अनुसन्धान गरी असाध्य रोगको औषधि, खोप लगायतका उपचारसँग सम्बन्धित हरेक कुरा पत्ता लगाइसक्दा पनि मानिसले आफ्नो स्वास्थ्य र उपचारकै नाउमा अवोध जीवित पशुको रगतसमेत पिउनु मानवीय संवेदना र धार्मिक दृष्टिकोणले पनि कत्ति उचित नभएको ७५ वर्षीय दधिलाल रिजालले बताए  ।

डा खगेन्द्रराज सापकोटाका अनुसार चक्कुले चौरीको घाँटी रेटेर निकालिएको आलो रगत तत्कालै गिलासमा भरेर पिउनाले मानवका स्वास्थ्यका लागि सुरक्षित हुन मान्यता छ । आलो रगत पिएमा शारीरिक फुर्ति बढ्ने, गानोगोला, ग्यास्ट्रिक, कमलपित्त, मर्केको, सुन्निएको र पेटसम्बन्धी रोग निको हुने अन्धविश्वास पनि कायमै छ । तर, मासु विज्ञानमा ताजा रगत खान योग्य वस्तु वा भागको रूपमा परिभाषित गरिएको छैन ।

बरू रगतमा विभिन्न विषाक्त पदार्थका अवशेष रहेका हुन्छन् भनिएको छ । सामान्य शारीरिक प्रक्रियाअनुसार सङ्क्रमण गराउने हानिकारक विषाक्त तत्व रगतको शुद्धीकरण प्रक्रियापछि बाहिर जान्छन् । यसकारण तातो ताजा रगत पिउनाले रगतमा हुने हानिकारक विषाक्त तत्वका कारण मानव स्वास्थ्यमा जोखिम खडा गर्न पनि सक्छन् ।

यसले पशुबाट मानवमा सङ्क्रात्मक रोग सर्ने मात्र नभइ वातावरणबाट पशुमा पनि सङ्क्रात्मक रोग फैलिने सम्भावना पनि उत्तिकै हुन्छ । यो परम्पराले दुवै मानव स्वास्थ्य र पशु कल्याणको पक्षलाई समीक्षा गर्नुगर्ने र पशु प्रजातिलाई यो दर्दनाक अवस्था र एउटा जङ्गली भोजबाट मुक्ति दिलाउने आधार तयार पार्न बाटो दिन सक्नुपर्दछ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending