Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

वैशाख यता बागलुङमा चट्याङबाट ५ जनाको मृत्यु

खबरडबली संवाददाता

बागलुङ । वैशाख यता मात्रै बागलुङमा चट्याङबाट पाँच जनाले ज्यान गुमाइसकेका छन् । बागलुङमा चट्याङबाट बर्सेनि ठूलो जनधनको क्षति भइरहेको छ । चट्याङबाट बच्न नागरिक सेचत हुन आवश्यक छ ।  

जिल्लामा मनसुन जन्य प्राकृतिक प्रकोप बढ्दो अवस्थामा रहँदा विपद् व्यवस्थापन कार्यको तयारी थालिएको छ । भनिन्छ–‘विपति बाजा बजाएर आउँदैन ।’ त्यसैले हरेक वर्षायामसँगै अपुरणीय जनधनको क्षति हुन्छ । यस्तो क्षतिमा स्थानीय सरकार, सरोकारवाला र स्वयं आमनागरिकले पूर्ववत् सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान दिनसके विपत्ति रोक्न सकिने ठाउँमा नियन्त्रणसमेत गर्न सकिन्छ भने विपत्ति रोक्न नसकिने अवस्थामा क्षति न्यूनीकरण गर्न सकिन्छ । 

त्यसैले मनसुनको समयमा जिल्ला विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापनको पूर्वतयारी गर्ने गरेको पाइन्छ । जिल्लाभरमा जोखिमयुक्त क्षेत्रको पहिचान, त्यसको संवेदनशीलताको आधारमा वर्गीकरण, जोखिम प्रभावित क्षेत्रका नागरिकलाई स्थान्तरण या सचेतता, सहयोग, विपद् या भवितव्यमा उद्धारका लागि जनशक्ति, यन्त्र उपकरण र स्रोत साधनको यथोचित व्यवस्थापनमा भएको खण्डमा विपद्जन्य घटनामा केही भए पनि कम हुनेछन् । 

जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन समितिको बैठकबाट विपद् न्यूनीकरणका लागि सम्पूर्ण सरोकारवाला निकायलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिए । 

“विपद् व्यवस्थापनको तयारी जुनसुकै समयमा  गरिन्छ तर बर्सातको समयमा अली बढी सचेत हुनै आवश्यक छ, हामीले सबै पालिकामा रहेका विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाएका छौँ, विपद्का लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आफ्नै तयारी गरिरहेका छन्”, सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “विपद्जन्य घटनाबाट कम क्षति हुनलाई पूर्वतयारी आवश्यक छ, स्थानीय तहमा भएका औजार, उपकरण, दमकल तथा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न भनिएको छ, जहाँ विपद्को घटना हुन्छ त्यही पालिकामा भएको संरचना परिचालन हुन्छ, आवश्यक परे जिल्लास्तरीय विपद् व्यवस्थापन समिति परिचालन हुन्छ ।”

विपद्का घटना न्यूनीकरणका लागि सबै स्थानीय तहमा क्विक रेस्पोन्स टिमसमेत बनाइएको छ । बागलुङ जिल्ला प्रशासनले लाइफलाइन सडकका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरलाई नियमित सञ्चालन, विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने डोजर, एस्काभेटर, एम्बुलेन्स, दमकललगायतका स्रोत साधन तत्कालै पठाउन मिल्ने गरी तयारी अवस्थामा राख्न सडक डिभिजन, अस्पताल  तथा आयोजना कार्यालयलाई निर्देशन गरिएको छ भने पालिकालाई आफ्नो पालिकाभित्रको पहिरो पन्छाउन सहयोग पुग्ने आवश्यक उपकरण तयारी अवस्थामा राख्न भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षा निकायलाई तयारी अवस्था राखिएको, स्वास्थ्यकर्मीको समूह तयार गरिएको बताउँदै उद्धारमा कुनै समस्या नहुनेगरी आवश्यक पूर्वतयारी गरिएको जनाएको छ । 

विपद् हुन नदिनका लागि सचेत रहने, भइहालेमा क्षति न्यूनीकरण गर्नका लागि तत्कालै सूचना प्रभाव गर्ने र जोखिमपूर्ण स्थानमा बढी तयारी गर्ने गरिएको छ तर चट्याङबाट बच्न नागरिक स्वयं सचेत हुन आवश्यक छ । चट्याङ पर्दा चिसो स्थानमा नबस्ने र सकेसम्म घर बाहिर ननिस्कने गर्नुपर्दछ । 

जिल्लाको ढोरपाटन, निसीखोला, जैमिनी गलकोटलगायत जिल्लाका २७ वडा पहिरोको उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिको अध्ययनले देखाएको छ तर विपद् जुनसुकै स्थान र कम सम्भावना भएको स्थानमा झनै ठूलो घटना घट्न सक्ने भएकाले सबै विपद्जन्य निकायलाई तयारी अवस्थामा राखिएको हो । 

विपद् व्यवस्थापनका लागि जिल्लामा विपद् गुल्ममा १२५ तालिम प्राप्त प्रहरी तयारी अवस्थामा राखिएको, जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको संयोजनमा २५ जना प्रहरी तयारी अवस्थामा राखिएको र जिल्लाका सबै इलाका प्रहरी कार्यालयमा सानो समूहमा विपद्का लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । 

“प्रहरी तयारी अवस्थामा छ मनसुनको समयमा प्रहरीले आवश्यक उपकरणसहित राखिएको छ, प्रहरी मात्रै हैन अन्य सुरक्षा निकाय सेना तथा सशस्त्र प्रहरीले विपद्को आफ्नै तयारी गर्ने गरेका छन्”, उनले भने, “आगलागी, पहिरो तथा अन्य आकस्मिक विपद्को समयमा कसरी काम गर्ने भन्ने विषयमा प्रहरीलाई समय–समयमा तालिमसमेत दिइएको छ, विपद्को समयमा सबै सुरक्षा निकाय र स्थानीय सरकार मिलेर काम गर्ने योजना छ ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending