Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

पोखराका मेयरको काठमाडौं र पोखरामा ४ वटा घर, ४० करोड पैसा, ५४ तोला सुन

खबरडबली संवाददाता

पोखरा । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण अनुसार उनले पुर्ख्यौलीबाहेक ५० करोड रुपैयाँ निजी आर्जन गरेका छन् ।

उनले पोखरा र काठमाडौंमा चारवटा घर र जग्गा रहेको खुलाएका छन् । श्रीमती पुष्पाकुमारीको नाममा दुई ठाउँमा घर जग्गा देखाएका छन् । 

पोखरा महानगरपालिका–९ मा २८९ वर्गमिटर जग्गामा उनको दुईवटा घर छ । त्यसको मूल्य ९ करोड २५ लाख रुपैयाँ रहेको आचार्यले उल्लेख गरेका छन् ।

श्रीमती पुष्पाकुमारीकै नाममा काठमाडौं सीता पाइलामा मेयर आचार्यको ९२५ वर्गफिटको २ कित्ता जग्गामा उनको घर छ । जसको मूल्य १ करोड ८५ लाख रुपैयाँ रहेको मेयर आचार्यले खुलाएका छन् ।

पोखरा महानगरपालिका–११ मा आफ्नै नाममा दुई कित्ता जग्गा र घर रहेको मेयर आचार्यले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । तर, त्यहाँ कति क्षेत्रफल छ भन्ने नखुलाएका मेयर आचार्यले त्यसको मूल्य भने ३ करोड ५० रुपैयाँ पर्ने विवरणमा सार्वजनिक गरेका छन् ।

यसैगरी दोलखामा ५८ रोपनी ७ आना जग्गा मेयर आचार्यले खरिद गरेका छन् । जसको मूल्य ८७ लाख रुपैयाँ पर्ने उनले खुलाएका छन् ।

नगद र बैंक मौज्दात गरी १५ लाख नगद मौज्दात राखेका मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ । 

मेयर आचार्यले आफूसँग २ करोड रुपैयाँ बराबरको कार, भ्यान र ३ वटा स्कुटर रहेको खुलाएका छन् । 

जम्माजम्मी ४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सम्पत्ति देखाएका मेयर आचार्यले २ करोड ८५ लाख रुपैयाँ ऋण पनि देखाएका छन् । अहिले ऋणबाहेक ४० करोड, ७६ लाख, ४५ हजार ६ सय रुपैयाँ बराबरको आफूसँग सम्पत्ति रहेको मेयर आचार्यले सार्वजनिक गरेका छन् ।

यस्तै मेयर आचार्यसँग ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

पोखरा पृथ्वीनारायण क्याम्पसको कोषाध्यक्षको जिम्मेवारीमा हुँदा व्यवसाय सुरु गरेका पोखरा मेयर धनराज आचार्यको स्वामित्वमा दुई दर्जन भन्दा बढी व्यवसाय छन् ।

२०४९ सालमा सानो लगानीमा पोखरा महानगरपालिका–१ बगर पृथ्वीनारायण क्याम्पसको गेटबाहिर प्रोभिजनल स्टोर्सबाट व्यवसाय सुरु गरेका मेयर आचार्य ३० वर्षपछि करोडौंको मालिक बने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending