Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

आज साउनको पहिलो सोमबार, शिवालयमा बिहानैदेखि नै चहलपहल

खबरडबली संवाददाता

बागलुङ । आज साउनको पहिलो सोमबार । यहाँका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यस वर्ष पाँच सोमबार परेका छन् ।

साउनमा शिवको व्रत र पूजाआजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ । विशेष गरी महिलाले यसलाई बढी महत्व दिन्छन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा बिहान ३ बजेदेखि नै चहलपहल सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले बताए  ।

“बिहानैदेखि भक्तजनको भीड लागेको छ, भक्तजनको सहजता र सुविधाका लागि आवश्यक सबै प्रबन्ध मिलाएका छौँ”, उनले भने, “दुई वर्ष कोभिडले प्रभाव पारे पनि अहिले मन्दिरमा राम्रो चहलपहल छ, उमङ्गको वातावरण छ ।”

अध्यक्ष जिसीले पूजाको व्यवस्थापनका लागि प्रहरी र स्वयंसेवक खटाइएको बताउनुभयो । भक्तालुको सुविधालाई हेरेर खानेपानीको निःशुल्क प्रबन्ध गरिएको छ । विसं २०५८ मा निर्मित उक्त मन्दिरमा बर्सेनि शिवरात्रि र साउने सोमबारमा विशेष पूजाआजा हुने गर्छ ।

बागलुङ –९ तित्याङस्थित शिवालय मन्दिरमा पनि भक्तजनको चहलपहल देखिएको छ । बागलुङ बजार र आसपासका गाउँबाट भक्तालु शिवको पूजाआरधाना गर्न त्यहाँ आउँछन् । काठखोला गाउँपालिका–५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारमा विशेष पूजाआजा हुन्छ ।

विसं २०४० मा दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले स्थापना गर्नुभएको उक्त मन्दिरमा ५०० किलोको शिवलिङ्ग छ । भारतको नर्मदा नदीबाट ल्याएर उक्त शिवलिङ्गलाई त्यहाँ प्रतिस्थापन गरिएको हो । उक्त मन्दिरमा बर्सेनि जेठ ११ मा भगवान् शिवको रथयात्रा पनि निकाल्ने गरिन्छ । शिवरात्रि, बालाचर्तुरदशीलगायतका पर्वमा त्यहाँ धार्मिक मेला लाग्छ ।  

गलकोट–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिरसहित यहाँका सबै शिवालयमा साउने सोमबारभर भक्तालुको भीड लाग्छ । सिद्धेश्वरमा शिवलिङ्ग मण्डप पनि निर्माण गरिएकाले भक्तजन आकर्षित हुने गरेका छन् ।

ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो महिनामा गरिने शिवको व्रत पूजा फलदायी हुन्छ । यस दिन आफू र आफ्नो परिवारको भलो चिताएर व्रत बस्ने गरिन्छ । सोमबारे व्रत बसेर पार्वतीले महादेव स्वामी पाएको धार्मिक ग्रन्थमा उल्लेख छ । शिवलाई देवाधिदेव महादेवका रुपमा पुजिन्छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending