वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले दूधको उत्पादनका आधारमा प्रतिलिटर १५ रुपैयाँका दरले किसानलाई रु ४६ लाख ९९ हजार अनुदान दिएको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै पाँच लाख ७९ हजार ९३४ लिटर दूधमा प्रतिलिटर १५ रुपैयाँका दरले किसानलाई रु ४६ लाख ९९ हजार अनुदान दिएको गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए ।
गल्याङ नगरपालिकाभित्रका विभिन्न दूग्ध सङ्कलन केन्द्रमा नेपाल सरकारको दूग्ध विकास संस्थानले निर्धारण गरेको मूल्यमा दूध उपलब्ध गराउने किसानलाई उत्पादनका आधारमा प्रोत्साहनस्वरूप प्रतिलिटर रु १५ उपलब्ध गराउने निर्णयानुसार गत आवमा सो बराबरको रकम दिइएको उनले बताए ।
“सामूहिक वा व्यक्तिगतरूपमा दूध उत्पादन गर्नतर्फ किसानलाई आकर्षित गराउनका लागि प्रोत्साहनस्वरूप प्रतिलिटर दूधमा रु १५ अनुदानको व्यवस्था गरेका छौँ”, उनले भने, “उत्पादित दूध तथा दूग्धजन्य पदार्थको बजारीकरणको जिम्मा पनि नगरपालिकाले लिनेछ, उत्पादित दूध बिक्री हुँदैन कि भन्ने चिन्ता नलिनुहोस् ।”
नगरपालिकाले चालु आव २०७९र०८० का लागि पनि दूध उत्पादनका आधारमा अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै रु एक करोड विनियोजन गरेको उनले बताए । नगरपालिकाले किसानलाई उत्पादनका आधारमा अनुदान रकम उपलब्ध गराउँदै आएको नगरउपप्रमुख हेमा न्यौपानेले बताए । दूध उत्पादन तथा दूग्धजन्य पदार्थको उत्पादनमा जोड दिइएको र उत्पादित दूध तथा दूग्धजन्य पदार्थको बिक्री वितरणको जिम्मा नगरपालिकाले लिएकाले पनि यहाँका पशुपालक किसान उत्साहित भएर अगाडि बढेको उपप्रमुख न्यौपानेको भनाइ थियो ।
किसानले अनुदान प्राप्त गर्ने र बजारीकरणको समस्या नभएपछि उत्पादन वृद्धि गर्नतर्फ लागेको उपप्रमुख न्यौपानेले जानकारी दिए । गल्याङ नगरपालिकाका विभिन्न १८ दूग्ध सङ्कलन केन्द्रमा आबद्ध एक हजार ३३ किसानलाई नगरपालिकाले प्रतिलिटर रु १५ का दरले अनुदान रकम उपलब्ध गराएको पशु शाखा प्रमुख सुशील अर्यालले जानकारी दिए ।
यहाँका किसानले उत्पादन गरेको दूधमध्ये ४७ हजार ७५० लिटर दूध स्थानीय बजारमै खपत भएको छ । स्थानीय बजारमा खपत भएर बाँकी रहेको पाँच लाख ३२ हजार १८४ लिटर दूध जिल्लाबाहिर बुटवल दूग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा बिक्री भएको शाखा प्रमुख अर्यालले बताए ।
“किसानले उत्पादन गरेको दूध आफूलाई पायक पर्ने जुन सङ्कलन केन्द्रमा ल्याउनु हुन्छ सोही केन्द्रमार्फत चार पटक अनुदान रकम भुक्तानी गरेका हौँ”, शाखा प्रमुख अर्यालले भने, “नगरपालिकाले दूधमा अनुदानसँगै पशुपालन गर्ने व्यावसायिक किसानका लागि ब्याजमा चार प्रतिशत अनुदान, निःशुल्क पशु बीमा, निःशुल्क घाँसको बीउ वितरण गर्नुका साथै महामारीजन्य रोगका विरुद्ध निःशुल्क खोप अभियान सञ्चालन गर्दै आएका छौँ ।”
नगरपालिकाले उपलब्ध गराएको अनुदानतर्फ बढी दूध बिक्री गर्नेमा फर्मतर्फ विन्दवासिनी दूग्ध उत्पादक फर्म र व्यक्तिगतरूपमा नरमाया गुरुङ रहेकी छन् । एकातिर दूधको उचित मूल्य पाइने र अर्कोतिर उत्पादित दूधको बजारीकरणको कुनै समस्या नभएपछि पशुपालनमा उत्साह थपिएको व्यावसायिक पशुपालक किसान रनमाया गुरुङले बताइन् । “अनुदान रकमले व्यवसायप्रति थप हौसला र उत्प्रेरणा जगाएको छ, यो पेशाबाट निक्कै खुसी र सन्तुष्ट पनि छु ।”
किसानलाई थप व्यावसायिक बनाउँदै आत्मनिर्भरतर्फ अगाडि बढाउनका लागि टेवा पुग्ने विश्वास विन्दवासिनी दूग्ध उत्पादक फर्मका सञ्चालक दूग्ध व्यवसायी ईश्वर बस्यालको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: