बागलुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आर्थिक वर्ष २०७८/७९ मा मात्रै ४४ कृषिका संरचना तयार भएका छन् ।
उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि कृषि बालीका लागि आवश्यक सिँचाइका संरचना परियोजनाले तयार गरेको हो । यो अवधिमा ६१ यन्त्र तथा उपकरण किसानलाई वितरण गरिएको छ ।
जिल्लाको ताराखोला गाउँपालिकामा आलु भण्डारणका लागि प्लाष्टिक घर निर्माण भएको छ । यो जिल्लामा परियोजना सञ्चालित क्षेत्रमा बितेको आर्थिक वर्षमा तयार भएको सबैभन्दा ठूलो संरचना हो ।
जिल्लाभर १३ साना सिँचाइ आयोजना तयार भएको परियोजना कार्यान्वयन एकाइ बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत सुजित पौडेलले जानकारी दिए।
तीस आधुनिक बाख्राका खोर र एक पशु आहार नर्सरी स्रोत केन्द्र स्थापना भएका छन् । त्यस्तै यो अवधिमा ४० मिनीटेलर हलो, १९ चापकटर, दाना बनाउने मेसिन दुईवटा किसानलाई हस्तान्तरण गरिएको छ ।
आलुजोन र बाख्राजोन कार्यक्रम सञ्चालनमा रहेको बागलुङमा विभिन्न पकेट तथा ब्लकमार्फत परियोजनाले संरचना निर्माण तथा प्रविधि हस्तान्तरणमा सहयोग गरेको हो । सङ्घीय, प्रदेश र स्थानीय सरकारमार्फत स्रोत परिचालन हुने परियोजनाअन्र्तगत बागलुङमा नौवटा ब्लक र ५७ पकेट क्षेत्रमा कार्यक्रम सञ्चालनमा रहेको उनले बताए।
“हामीले दुई जिल्ला बागलुङ र पर्वत हेर्ने गरी बागलुङमा कार्यालय राखेर परियोजना चलाइरहेका छौँ”, प्रमुख पौडेलले भने, “बागलुङमा प्राथमिकतामा रहेको दुग्ध उत्पादन जोन कार्यक्रम कार्यान्वयन हुन बाँकी छ, आलुजोन पहिलेदेखि नै चलेको हो भने बाख्राजोन कार्यक्रम पनि अघिल्लो आर्थिक वर्षबाट सञ्चालनमा आएको छ ।”
पकेट कार्यक्रमका लागि स्थानीय तह, ब्लकका लागि प्रदेश र जोन विकासका लागि सङ्घीय सरकारमार्फत बजेट परिचालन हुने उहाँले बताए। उल्लेखित संरचना तथा प्रविधि हस्तान्तरणका लागि रु सात करोड ७४ लाख ६४ हजार खर्च भएको पौडेलले जानकारी दिए। बागलुङमा सबैभन्दा धेरै तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास गरिएको छ । आलु र मकैको १२–१२ र तरकारीका ११ पकेट क्षेत्र विकास भइसकेका छन् ।
जिल्लामा तरकारी, मकै, आलु, बाख्रा र बङ्गुर ब्लक क्षेत्र विकास भएका छन् । तरकारी ब्लक एक, मकै ब्लक चार, आलु ब्लक एक, बाख्रा ब्लक दुई र बङ्गुर ब्लक एकवटा सञ्चालनमा छन् ।
एक सय तीनवटा समूह तथा सहकारीमार्फत १९० यन्त्र तथा उपकरण किसानका हातमा पुगेकाले कृषि उत्पादन लागतमा कमी आएको र बाँझो जग्गाको उपयोग बढ्न थालेको उहाँले दाबी गरे।
ताराखोलामा निर्माण भएको रष्टिक घरमा १० मेट्रिक टन आलु भण्डारण गर्न सकिने भएकाले किसानले उपयुक्त समयमा उपयुक्त मूल्य लिएर आलु बिक्री गर्न सक्ने उनले बताए।
बाख्राजोन कार्यक्रम सुरु भएको बागलुङमा बाख्राको नश्ल सुधारमा परियोजनाको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । खोर व्यवस्थापन र नश्ल सुधारमा परियोजना सहयोगी बन्दा उत्पादन बढ्ने वरिष्ठ कृषि अधिकृत पौडेलको धारणा थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: