Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

बागलुङमा तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास

खबरडबली संवाददाता

बागलुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आर्थिक वर्ष २०७८/७९ मा मात्रै ४४ कृषिका संरचना तयार भएका छन् । 

उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि कृषि बालीका लागि आवश्यक सिँचाइका संरचना परियोजनाले तयार गरेको हो । यो अवधिमा ६१ यन्त्र तथा उपकरण किसानलाई वितरण गरिएको छ ।

जिल्लाको ताराखोला गाउँपालिकामा आलु भण्डारणका लागि प्लाष्टिक घर निर्माण भएको छ । यो जिल्लामा परियोजना सञ्चालित क्षेत्रमा बितेको आर्थिक वर्षमा तयार भएको सबैभन्दा ठूलो संरचना हो । 

जिल्लाभर १३ साना सिँचाइ आयोजना तयार भएको परियोजना कार्यान्वयन एकाइ बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत सुजित पौडेलले जानकारी दिए। 

तीस आधुनिक बाख्राका खोर र एक पशु आहार नर्सरी स्रोत केन्द्र स्थापना भएका छन् । त्यस्तै यो अवधिमा ४० मिनीटेलर हलो, १९ चापकटर, दाना बनाउने मेसिन दुईवटा किसानलाई हस्तान्तरण गरिएको छ । 

आलुजोन र बाख्राजोन कार्यक्रम सञ्चालनमा रहेको बागलुङमा विभिन्न पकेट तथा ब्लकमार्फत परियोजनाले संरचना निर्माण तथा प्रविधि हस्तान्तरणमा सहयोग गरेको हो । सङ्घीय, प्रदेश र स्थानीय सरकारमार्फत स्रोत परिचालन हुने परियोजनाअन्र्तगत बागलुङमा नौवटा ब्लक र ५७ पकेट क्षेत्रमा कार्यक्रम सञ्चालनमा रहेको उनले बताए। 

“हामीले दुई जिल्ला बागलुङ र पर्वत हेर्ने गरी बागलुङमा कार्यालय राखेर परियोजना चलाइरहेका छौँ”, प्रमुख पौडेलले भने, “बागलुङमा प्राथमिकतामा रहेको दुग्ध उत्पादन जोन कार्यक्रम कार्यान्वयन हुन बाँकी छ, आलुजोन पहिलेदेखि नै चलेको हो भने बाख्राजोन कार्यक्रम पनि अघिल्लो आर्थिक वर्षबाट सञ्चालनमा आएको छ ।”

पकेट कार्यक्रमका लागि स्थानीय तह, ब्लकका लागि प्रदेश र जोन विकासका लागि सङ्घीय सरकारमार्फत बजेट परिचालन हुने उहाँले बताए। उल्लेखित संरचना तथा प्रविधि हस्तान्तरणका लागि रु सात करोड ७४ लाख ६४ हजार खर्च भएको पौडेलले जानकारी दिए। बागलुङमा सबैभन्दा धेरै तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास गरिएको छ । आलु र मकैको १२–१२ र तरकारीका ११ पकेट क्षेत्र विकास भइसकेका छन् ।

जिल्लामा तरकारी, मकै, आलु, बाख्रा र बङ्गुर ब्लक क्षेत्र विकास भएका छन् । तरकारी ब्लक एक, मकै ब्लक चार, आलु ब्लक एक, बाख्रा ब्लक दुई र बङ्गुर ब्लक एकवटा सञ्चालनमा छन् । 

एक सय तीनवटा समूह तथा सहकारीमार्फत १९० यन्त्र तथा उपकरण किसानका हातमा पुगेकाले कृषि उत्पादन लागतमा कमी आएको र बाँझो जग्गाको उपयोग बढ्न थालेको उहाँले दाबी गरे। 

ताराखोलामा निर्माण भएको रष्टिक घरमा १० मेट्रिक टन आलु भण्डारण गर्न सकिने भएकाले किसानले उपयुक्त समयमा उपयुक्त मूल्य लिएर आलु बिक्री गर्न सक्ने उनले बताए। 

बाख्राजोन कार्यक्रम सुरु भएको बागलुङमा बाख्राको नश्ल सुधारमा परियोजनाको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । खोर व्यवस्थापन र नश्ल सुधारमा परियोजना सहयोगी बन्दा उत्पादन बढ्ने वरिष्ठ कृषि अधिकृत पौडेलको धारणा थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending