Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

नेपाली भाषाको एकीकरणमा आदिकवि आचार्यको योगदान महत्वपूर्णः मुख्यमन्त्री पोखरेल

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

भानु वाङ्मय प्रतिष्ठान पोखराद्वारा आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले आजभन्दा दुई शताब्दी अघिको अँध्यारो युगमा पनि समाज सुधारका लागि साहस गर्ने आदिकविले रामायणका माध्यमबाट भाषाको एकीकरण गरेको  उल्लेख गरे ।   

उनले भने “गण्डकी प्रदेश आफैँमा महत्वपूर्ण प्रदेश हो । भौगोलिक रुपमा एकीकरण गर्ने पृथ्वीनारायण शाह र भाषाको एकीकरण गर्ने भानुभक्तको जन्मस्थान यही गण्डकी प्रदेश रहेको छ । ”

बहुजातीय, बहुभाषिक, बहुसंस्कृतियुक्त गण्डकी प्रदेशका विविधतालाई यहाँको समृद्धिसँग सरकारले जोड्न चाहेको उनले बताए  । भानु जयन्तीकै अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको जनाउँदै उनले  आगामी दिनमा भानु वाङ्मय प्रतिष्ठान जस्ता सङ्घसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने उनले विश्वास व्यक्त गरे । भानुभक्त जस्ता व्यक्तित्वहरू जन्मिएको गण्डकी प्रदेशलाई सांस्कृतिक एवम् साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने उनले बताए  ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले पोखरा–११ फूलबारीस्थित भानु पार्कमा रहेको आदिकवि भानुभक्तको पूर्ण कदको प्रतिमामा माल्यार्पण गरे । गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा विज्ञान प्रविधिमन्त्री मेखलाल श्रेष्ठले आदिकविको योगदानलाई जीवन्त राख्न प्रदेश सरकारका तर्फबाट निरन्तर साथ र सहयोग हुने विश्वास व्यक्त गरे ।

भानु वाङ्मय प्रतिष्ठानका अध्यक्ष भक्तबहादुर श्रेष्ठले (सरुभक्त) नेपालको भाषिक एकीकरणमा भानुभक्तको विशिष्ट योगदान रहेको बताए । उनले भने, “भाषा, साहित्यको संरक्षण र विकासमा राज्यको ध्यान पुग्नु जरुरी छ ।” 

कार्यक्रममा पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, गण्डकी प्रदेश प्रज्ञा –प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का विखर्ची, पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्राडा कुसुमाकर न्यौपाने, भानु वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष हनिफ मिया, सचिव अम्बिकाप्रसाद भट्टराई, वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा–११ का वडाध्यक्ष प्रेम कर्माचार्य, पूर्ववडाध्यक्ष निर्मल कर्माचार्य, आमा समूहका अध्यक्ष मिठु गुरुङ लगायतले नेपाली भाषा साहित्यको विकासमा आदिकविले पु¥याउनुभएको योगदानको चर्चा गरे ।

उक्त अवसरमा पृथ्वीनारायण क्याम्पसमा नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने ममता भट्टराईलाई भानु वाङ्मय पुरस्कारबाट रु १० हजारसहित सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा पोखरा–११ का पूर्व वडाध्यक्ष निर्मल कर्माचार्यले भानु वाङ्मय प्रतिष्ठानले सञ्चालन गर्ने गरी प्रत्येक वर्ष नेपाली विषयका एकजना शिक्षकलाई सम्मानका लागि एक लाख रुपैयाँको अक्षयकोष राख्ने घोषणा गरे । यसअघि पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकार चोकबाट पोखरा–११ भानु उद्यानसम्म प्रभातफेरी गरिएको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: