Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

पोखरा महानगर: कांग्रेस २३, एमाले ९ र स्वतन्त्र एक वडामा विजयी

खबरडबली संवाददाता

कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको सबै वडाका अन्तिम मत परिणाम घोषणा गरिएको छ ।

महानगरका ३३ वडाको परिणाम सार्वजनिक हुँदा यस पटक नेपाली कांग्रेसले अघिल्लो पटकभन्दा राम्रो सफलता हात पारेको छ । महानगर प्रमुख र उपप्रमुखमा केन्द्रबाट गठबन्धनको निर्णय भएर सोहीअनुसार उम्मेदवार उठाए पनि वडामा केहीमा तालमेल र केहीमा दलहरुबीच एक्लाएक्लै प्रतिस्पर्धा भएको थियो । गठबन्धनबाट महानगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले)का मञ्जुदेवी गुरुङ विजयी भए  ।

उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका कोपिला रानाभाट पराजित भए पनि महानगर वडामा अघिल्लो निर्वाचनको तुलनामा कांग्रेसले दोब्बरभन्दा बढीले सफलता प्राप्त गरेको छ । वडामा कांग्रेस केहीमा एकल र केहीमा माओवादी केन्द्रलगायतका दलहरुसँग चुनावी तालमेल गरेर निर्वाचन लडेको थियो ।

विसं २०७४ को पहिलो स्थानीय तह सदस्य निर्वाचनमा महानगरका ११ वडा जितेको कांग्रेस यसपटक २३ वडामा विजयी हुँदा अघिल्लो पटक २२ वडा जितेको नेकपा(एमाले) भने नौ वडामा खुम्चिएको छ । एमालेले पहिला आफूले जितेका अधिकांश वडा गुमाउँदा कांग्रेसबाट एक वडामात्र खोस्न सफल भयो । पोखरामा स्वतन्त्र एक उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

कांग्रेसका तर्फबाट पोखरा वडा नं २ को वडाध्यक्षमा दिवसमान प्रधानाङ्ग, वडा नं ३ मा प्रकास उदास, वडा नं ४ मा देवकृष्ण पराजुली, वडा नं ७ मा राममोहन आचार्य, वडा नं ९ मा दीपेन्द्र मरासिनी, वडा नं १० मा राजेश गुरुङ, वडा नं ११ मा प्रेमप्रसाद कर्माचार्य, वडा नं १२ मा सन्तोष बास्तोला र वडा नं १३ मा किरण बराल निर्वाचित भएका  छन् । 

यसैगरी वडा नं १४ को वडाध्यक्षमा बोधराज कार्की, वडा नं १६ मा अमृत शर्मा तिमिल्सिना, वडा नं १८ मा शिवप्रसाद तिमिल्सिना, वडा नं १९ मा पुष्पेन्द्र पाण्डे, वडा नं २३ मा राजकाजी गुरुङ, वडा नं २४ मा भरतबहादुर अधिकारी, वडा नं २५ मा मोतिप्रसाद तिमिल्सिना, वडा नं २६ मा नरेन्द्र थापा, वडा नं २७ मा पूर्णकुमार गुरुङ, वडा नं २८ मा श्रीकृष्ण लामिछाने, वडा नं ३० मा दुर्गाप्रसाद सुवेदी, वडा नं ३१ मा ढकनाथ कँडेल, वडा नं ३२ मा अक्कलबहादुर कार्की र वडा नं ३० मा रामचन्द्र अधिकारी  विजयी भए  ।

एमालेका तर्फबाट पोखरा वडा नं १ मा साहारा प्रधान, वडा नं ५ मा विष्णुप्रसाद बराल, वडा नं ६ मा विष्णुबहादुर भट्टराई, वडा नं ८ मा रुद्रप्रसाद बराल, वडा नं १५ मा तोरण बानियाँ, वडा नं १७ मा राधिका शाही, वडा नं २० मा गङ्गा केसी, वडा नं २१ मा दीपकप्रसाद सुवेदी र वडा नं २९ मा श्रीप्रसाद गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन्  । 

पोखरा–२२ मा भने स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भए । स्वतन्त्र उम्मेदवारी दिए पनि बराललाई सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले दलका तर्फबाट उम्मेदवारी फिर्ता लिएर सहयोग गरेका थिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: