Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

भरतपुरमा कसरी भयो रेनु दाहालको विजय सम्भव ?

'लोकतान्त्रिक अभ्यासबाट नै निर्वाचन भएको हो, सत्ताको दुरुपयोग गरिएको छैन'

खबरडबली संवाददाता

काठमाडौं । सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल आफ्ना प्रतिद्वन्द्वीहरूलाई हराउँदै भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित भएकी छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी रेनु दाहाललाई जिताउन गठबन्धनका शीर्ष नेताहरूले चुनावी अभियानका क्रममा भरतपुर दौडाहा गरेका थिए।

अझ सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका एक नेताले पार्टीको निर्णयलाई चुनौती दिँदै उम्मेदवारी दिएपछि त्यहाँको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको थियो।

चुनावमा सत्ताको दुरुपयोग भएको आरोप पराजित पक्षले लगाए पनि गठबन्धनका स्थानीय नेताहरूले अस्वीकार गरेका छन्।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्।

भरतपुर

कति मत ल्याएर जितिन्

आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई १२,४४६ मतको अन्तरले हराउँदै रेनु दाहाल भरतपुरको मेयरमा पुनः निर्वाचित भएकी हुन्। अघिल्लो निर्वाचनमा उनले एमालेका देवी ज्ञवालीलाई झिनो मतान्तरले हराएकी थिइन्।

यसपालि दाहालको मत ५२,०२८ छ भने सुवेदीको ३९,५८२। कांग्रेसको निर्णयविपरीत उम्मेदवार बनेका पूर्वसांसद जगन्नाथ पौडेलले १४,७२८ मत ल्याएका छन्।

पौडेलले उम्मेदवारी दिएपछि दाहालको भोट काटिने डर गठबन्धनका नेताहरूमा रहेको थियो।

उनको उम्मेदवारी फिर्ता गराउन भरतपुर पुगेर कांग्रेसका वरिष्ठ नेताहरू रामचन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाणले गरेको प्रयास विफल भएको थियो।

चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आएका प्रचण्डले गठबन्धनका उम्मेदवार पराजित भए "देश दुर्घटनामा" पर्न सक्ने अभिव्यक्ति दिएपछि त्यसको चर्को आलोचना भएको थियो।

मतपरिणाम आउँदा रेनु दाहाल फराकिलो अन्तरले विजयी बनेकी छन्।

के भन्छिन् रेनु दाहाल? 

दोस्रो पटक महानगरको प्रमुखमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले भरतपुरलाई देशको नमुना सहरको रूपमा विकास गर्ने बताइन्।

उनले अधुरा रहेका विकास निर्माणका कामहरू पूरा गरिने पनि धारणा राखेकी छन्। उनले आफूले मतदाताहरूले दिएको मतको कदर हुने गरी काम गर्ने पनि बताएकी छन्।

तीन उम्मेदवार

अम्रेला स्ट्रीट निर्माण गरेको, नारायणी नदी किनारमा दृश्यावलोकनका लागि पूर्वाधारहरू बनाएको, बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि विशेष विद्यालय स्थापना गरेको सहितका काम भएको उनले बताउने गरेकी छन्।

त्यसबाहेक महानगरका विभिन्न १६ वटा गौरव परियोजना उनको पाँचवर्षे कार्यकालमा अघि बढेको उल्लेख एउटा समीक्षा पुस्तकमा समेटिएको छ।

भरतपुरभित्र रिङरोड र लिङ्करोड निर्माणका लागि आठ अर्ब २० करोड रुपैयाँ र सिटीहल निर्माणका लागि एक अर्ब ८५ करोड रुपैयाँ बजेट छुट्ट्याएर काम भइरहेको जनाइएको छ।

त्यसबाहेक ल्यान्डफिल साइट निर्माणका लागि एक अर्ब २५ करोड रुपैयाँ छुट्याएर काम गरिएको भनिएको छ।

उक्त समीक्षा पुस्तकमा हाल एउटा संस्थाले बजेट अभाव देखाएपछि काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालालाई पनि महानगरको गौरवको परियोजनाका रूपमा राखिएको छ।

नेपाल सरकारबाट निर्णय भएपछि त्यसको निर्माण अघि बढाइने पनि भनिएको छ।

रेनु दाहाललाई विकासप्रेमी मेयर भनेर भनिए पनि यसअघिको पहिलो नगरपरिषद्‌बाट गरिएका अटोल्यान्ड, आकाशेपुल, ल्यान्डफिल साइट लगायतका काम अझै सुरु हुन सकेको छैन।

पराजित उम्मेदवार के भन्छन्

भरतपुर महानगरमा भएको निर्वाचनमा कतिपय अलोकतान्त्रिक गतिविधि भएको दाबी पराजित उम्मेदवार विजय सुवेदीले गरेका छन्।

उनले चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि शीर्ष नेताहरूको दौडधुप र तीनका अभिव्यक्ति अलोकतान्त्रिक भएको उनको भनाइ छ।

भरतपुर महानगरको निर्वाचनमा पार्टीले प्राप्त गरेको मत हेर्दा "अन्तर्घात" भएको भनेर अहिले नै भन्न नसकिने नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउँछन्।

भरतपुर

उनले नेकपा एमालेको मत प्रभावित भने पारिएको आरोप लगाउँदै सत्ता गठबन्धनले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाए।

अर्का पराजित उम्मेदवार पौडेलले चुनावी परिणामबाट आफू निराश नभएको बताए।

उनले भने, "दश दिनको तयारीमा र सकसको बाबजुद पनि यसरी मत पाउनु सकारात्मक हो। यो निराश हुने अवस्था होइन।"

उनले थपे, "निर्वाचनमा सत्ताको चरम दुरुपयोग भएको छ। माओवादीको दबावमा नेपाली कांग्रेस हराएको छ भन्ने अनुभूति भएको छ। चुनाव निष्पक्ष भएन। चुनाव भित्र दर्दनाक पीडाहरू छन्, तिनलाई सुधार गर्नुपर्ने आवश्यक छ।"

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने भरतपुरमा चुनावका क्रममा देखिएका समस्यालाई सम्बोधन गरेर अघि बढ्ने बताएको छ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनाल भन्छन्, "पुराना कांग्रेसहरुले गठबन्धनको खिलाफमा गएपछि केही समस्या देखिएको थियो। निर्वाचनमा केही कमीकमजोरीहरू भएका छन्, तिनलाई व्यवस्थापन गरेर अगाडि बढ्छौँ।"

पाँचदलीय गठबन्धनले निर्वाचनलाई प्रभाव पार्ने कुनै काम नगरेको नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए।

उनी भन्छन्, "लोकतान्त्रिक अभ्यासबाट नै निर्वाचन भएको हो। सत्ताको कुनै पनि दुरुपयोग गरिएको छैन।"

भरतपुर वडा नम्बर १३ की प्रतिभा पाठकले रेनु दाहाले विकास निर्माणतर्फ अघि बढाएका कामले उनको जित सम्भव तुल्याएको बताइन्।

तर अर्का मतदाता दिलबहादुर कुमालले चाहिँ पाँचदलीय गठबन्धनसँग एमाले एक्लैले भिड्नु नै ठूलो कुरा भएको बताए।

भरतपुर महानगर पालिकामा गठबन्धनले २२ वटा वडा अध्यक्ष जितेको छन्। नेकपा एमालेका पाँच र स्वतन्त्रका एक जनाले वडा अध्यक्ष जितेका छन्।

कुल २९ वडा रहेको भरतपुरमा एक २७ हजारभन्दा केही बढी मत खसेको थियो।

को हुन् रेनु दाहाल

रेनु दाहालको परिचय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको छोरीका रूपमा मात्रै सीमित छैन।

उनले आफ्नो परिचय पनि बनाइसकेकी छन्।

उनी वि.सं. २०३३ असार २३ गते चितवनको भरतपुर वडा नं १४ भीमसेनगरमा जन्मिएकी हुन्। माओवादीले सशस्त्र विद्रोह सुरु गरेपछि बुवाआमासँगै घर छाड्नुपर्दा उनले एसएलसी भन्दा माथिल्लो अध्ययन गर्ने अवसर भने पाइनन्।

भरतपुरको चुनावी सभामा प्रचण्डले रेनुको जितले गठबन्धनको भविष्यलाई थप सुनिश्चित गर्ने बताएका थिए

भरतपुरको चुनावी सभामा प्रचण्डले रेनुको जितले गठबन्धनको भविष्यलाई थप सुनिश्चित गर्ने बताएका थिए

 

द्वन्द्वकालमा बुवा प्रचण्ड र आमा सीतासँगै देशभित्रै तथा प्रवासमा विभिन्न स्थानमा पुगेकी रेनु प्रचण्ड दाहाल दम्पतीकी दोस्रो सन्तान हुन्।

युद्धकै समयमा प्रवास भारतमै रहँदा गुल्मीका अनिलकुमार पाठकसँग उनको विवाह भएको थियो।

द्वन्द्वकालीन समयमा भारतका हुँदा पार्टीमा सक्रिय रहेकी उनी अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्य छिन्।

उनी वि.सं. २०६१ देखि २०६३ सम्म रोल्पाको पार्टी सेक्रेटरी समेत भएकी थिइन्। पहिलो संविधानसभा निर्वाचनमा माओवादी ठूलो दल बन्दा उनी संविधानसभा सदस्य बनेकी थिइन्।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको महासचिव बनिसकेकी उनीसँग काठमाण्डूमा पनि पार्टीको जिम्मेवारीमा काम गरेको अनुभव छ।

वि.स‌. २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका देवी ज्ञवालीलाई हराउँदै भरतपुर महानगरको मेयर बनेकी थिइन्।

तर मतगणनाको समयमा मतपत्र च्यात्ने घटना भएका कारण त्यसबेलाको चुनाव विवादित भएको थियो।बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending