Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

भरतपुरमा कसरी भयो रेनु दाहालको विजय सम्भव ?

'लोकतान्त्रिक अभ्यासबाट नै निर्वाचन भएको हो, सत्ताको दुरुपयोग गरिएको छैन'

खबरडबली संवाददाता

काठमाडौं । सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल आफ्ना प्रतिद्वन्द्वीहरूलाई हराउँदै भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित भएकी छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी रेनु दाहाललाई जिताउन गठबन्धनका शीर्ष नेताहरूले चुनावी अभियानका क्रममा भरतपुर दौडाहा गरेका थिए।

अझ सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका एक नेताले पार्टीको निर्णयलाई चुनौती दिँदै उम्मेदवारी दिएपछि त्यहाँको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको थियो।

चुनावमा सत्ताको दुरुपयोग भएको आरोप पराजित पक्षले लगाए पनि गठबन्धनका स्थानीय नेताहरूले अस्वीकार गरेका छन्।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्।

भरतपुर

कति मत ल्याएर जितिन्

आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई १२,४४६ मतको अन्तरले हराउँदै रेनु दाहाल भरतपुरको मेयरमा पुनः निर्वाचित भएकी हुन्। अघिल्लो निर्वाचनमा उनले एमालेका देवी ज्ञवालीलाई झिनो मतान्तरले हराएकी थिइन्।

यसपालि दाहालको मत ५२,०२८ छ भने सुवेदीको ३९,५८२। कांग्रेसको निर्णयविपरीत उम्मेदवार बनेका पूर्वसांसद जगन्नाथ पौडेलले १४,७२८ मत ल्याएका छन्।

पौडेलले उम्मेदवारी दिएपछि दाहालको भोट काटिने डर गठबन्धनका नेताहरूमा रहेको थियो।

उनको उम्मेदवारी फिर्ता गराउन भरतपुर पुगेर कांग्रेसका वरिष्ठ नेताहरू रामचन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाणले गरेको प्रयास विफल भएको थियो।

चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आएका प्रचण्डले गठबन्धनका उम्मेदवार पराजित भए "देश दुर्घटनामा" पर्न सक्ने अभिव्यक्ति दिएपछि त्यसको चर्को आलोचना भएको थियो।

मतपरिणाम आउँदा रेनु दाहाल फराकिलो अन्तरले विजयी बनेकी छन्।

के भन्छिन् रेनु दाहाल? 

दोस्रो पटक महानगरको प्रमुखमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले भरतपुरलाई देशको नमुना सहरको रूपमा विकास गर्ने बताइन्।

उनले अधुरा रहेका विकास निर्माणका कामहरू पूरा गरिने पनि धारणा राखेकी छन्। उनले आफूले मतदाताहरूले दिएको मतको कदर हुने गरी काम गर्ने पनि बताएकी छन्।

तीन उम्मेदवार

अम्रेला स्ट्रीट निर्माण गरेको, नारायणी नदी किनारमा दृश्यावलोकनका लागि पूर्वाधारहरू बनाएको, बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि विशेष विद्यालय स्थापना गरेको सहितका काम भएको उनले बताउने गरेकी छन्।

त्यसबाहेक महानगरका विभिन्न १६ वटा गौरव परियोजना उनको पाँचवर्षे कार्यकालमा अघि बढेको उल्लेख एउटा समीक्षा पुस्तकमा समेटिएको छ।

भरतपुरभित्र रिङरोड र लिङ्करोड निर्माणका लागि आठ अर्ब २० करोड रुपैयाँ र सिटीहल निर्माणका लागि एक अर्ब ८५ करोड रुपैयाँ बजेट छुट्ट्याएर काम भइरहेको जनाइएको छ।

त्यसबाहेक ल्यान्डफिल साइट निर्माणका लागि एक अर्ब २५ करोड रुपैयाँ छुट्याएर काम गरिएको भनिएको छ।

उक्त समीक्षा पुस्तकमा हाल एउटा संस्थाले बजेट अभाव देखाएपछि काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालालाई पनि महानगरको गौरवको परियोजनाका रूपमा राखिएको छ।

नेपाल सरकारबाट निर्णय भएपछि त्यसको निर्माण अघि बढाइने पनि भनिएको छ।

रेनु दाहाललाई विकासप्रेमी मेयर भनेर भनिए पनि यसअघिको पहिलो नगरपरिषद्‌बाट गरिएका अटोल्यान्ड, आकाशेपुल, ल्यान्डफिल साइट लगायतका काम अझै सुरु हुन सकेको छैन।

पराजित उम्मेदवार के भन्छन्

भरतपुर महानगरमा भएको निर्वाचनमा कतिपय अलोकतान्त्रिक गतिविधि भएको दाबी पराजित उम्मेदवार विजय सुवेदीले गरेका छन्।

उनले चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि शीर्ष नेताहरूको दौडधुप र तीनका अभिव्यक्ति अलोकतान्त्रिक भएको उनको भनाइ छ।

भरतपुर महानगरको निर्वाचनमा पार्टीले प्राप्त गरेको मत हेर्दा "अन्तर्घात" भएको भनेर अहिले नै भन्न नसकिने नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउँछन्।

भरतपुर

उनले नेकपा एमालेको मत प्रभावित भने पारिएको आरोप लगाउँदै सत्ता गठबन्धनले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाए।

अर्का पराजित उम्मेदवार पौडेलले चुनावी परिणामबाट आफू निराश नभएको बताए।

उनले भने, "दश दिनको तयारीमा र सकसको बाबजुद पनि यसरी मत पाउनु सकारात्मक हो। यो निराश हुने अवस्था होइन।"

उनले थपे, "निर्वाचनमा सत्ताको चरम दुरुपयोग भएको छ। माओवादीको दबावमा नेपाली कांग्रेस हराएको छ भन्ने अनुभूति भएको छ। चुनाव निष्पक्ष भएन। चुनाव भित्र दर्दनाक पीडाहरू छन्, तिनलाई सुधार गर्नुपर्ने आवश्यक छ।"

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने भरतपुरमा चुनावका क्रममा देखिएका समस्यालाई सम्बोधन गरेर अघि बढ्ने बताएको छ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनाल भन्छन्, "पुराना कांग्रेसहरुले गठबन्धनको खिलाफमा गएपछि केही समस्या देखिएको थियो। निर्वाचनमा केही कमीकमजोरीहरू भएका छन्, तिनलाई व्यवस्थापन गरेर अगाडि बढ्छौँ।"

पाँचदलीय गठबन्धनले निर्वाचनलाई प्रभाव पार्ने कुनै काम नगरेको नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए।

उनी भन्छन्, "लोकतान्त्रिक अभ्यासबाट नै निर्वाचन भएको हो। सत्ताको कुनै पनि दुरुपयोग गरिएको छैन।"

भरतपुर वडा नम्बर १३ की प्रतिभा पाठकले रेनु दाहाले विकास निर्माणतर्फ अघि बढाएका कामले उनको जित सम्भव तुल्याएको बताइन्।

तर अर्का मतदाता दिलबहादुर कुमालले चाहिँ पाँचदलीय गठबन्धनसँग एमाले एक्लैले भिड्नु नै ठूलो कुरा भएको बताए।

भरतपुर महानगर पालिकामा गठबन्धनले २२ वटा वडा अध्यक्ष जितेको छन्। नेकपा एमालेका पाँच र स्वतन्त्रका एक जनाले वडा अध्यक्ष जितेका छन्।

कुल २९ वडा रहेको भरतपुरमा एक २७ हजारभन्दा केही बढी मत खसेको थियो।

को हुन् रेनु दाहाल

रेनु दाहालको परिचय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको छोरीका रूपमा मात्रै सीमित छैन।

उनले आफ्नो परिचय पनि बनाइसकेकी छन्।

उनी वि.सं. २०३३ असार २३ गते चितवनको भरतपुर वडा नं १४ भीमसेनगरमा जन्मिएकी हुन्। माओवादीले सशस्त्र विद्रोह सुरु गरेपछि बुवाआमासँगै घर छाड्नुपर्दा उनले एसएलसी भन्दा माथिल्लो अध्ययन गर्ने अवसर भने पाइनन्।

भरतपुरको चुनावी सभामा प्रचण्डले रेनुको जितले गठबन्धनको भविष्यलाई थप सुनिश्चित गर्ने बताएका थिए

भरतपुरको चुनावी सभामा प्रचण्डले रेनुको जितले गठबन्धनको भविष्यलाई थप सुनिश्चित गर्ने बताएका थिए

 

द्वन्द्वकालमा बुवा प्रचण्ड र आमा सीतासँगै देशभित्रै तथा प्रवासमा विभिन्न स्थानमा पुगेकी रेनु प्रचण्ड दाहाल दम्पतीकी दोस्रो सन्तान हुन्।

युद्धकै समयमा प्रवास भारतमै रहँदा गुल्मीका अनिलकुमार पाठकसँग उनको विवाह भएको थियो।

द्वन्द्वकालीन समयमा भारतका हुँदा पार्टीमा सक्रिय रहेकी उनी अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्य छिन्।

उनी वि.सं. २०६१ देखि २०६३ सम्म रोल्पाको पार्टी सेक्रेटरी समेत भएकी थिइन्। पहिलो संविधानसभा निर्वाचनमा माओवादी ठूलो दल बन्दा उनी संविधानसभा सदस्य बनेकी थिइन्।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको महासचिव बनिसकेकी उनीसँग काठमाण्डूमा पनि पार्टीको जिम्मेवारीमा काम गरेको अनुभव छ।

वि.स‌. २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका देवी ज्ञवालीलाई हराउँदै भरतपुर महानगरको मेयर बनेकी थिइन्।

तर मतगणनाको समयमा मतपत्र च्यात्ने घटना भएका कारण त्यसबेलाको चुनाव विवादित भएको थियो।बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...

घर घरमै चिकित्सा सेवा पुर्‍याउँदै डा चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: